स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैनः इन्जिनियर्स एसोसियसन
Home News मुख्य समाचार

स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैनः इन्जिनियर्स एसोसियसन

इन्जिनियर खबर - Sept. 20, 2025 1180 views
images/health-ministry-1758356405.jpg
images/health-ministry-1758356405.jpg
Text Size

नेपाल इन्जिनियर्स एसोसियसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ। एसोसियसन अध्यक्ष सुवासचन्द्र बरालले जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताएको हो।

images/health-ministry-1758356405.jpg

शनिबार सो मन्त्रालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जबाफ दिने क्रममा उनले सर्वोच्च अदालतको पनि उत्तरतिरको भाग कामै नलाग्ने अवस्थामा रहेको बताए।

images/health-ministry-1758356405.jpg

‘स्वास्थ्य मन्त्रालयको भवनको अवस्था हेर्दा यसको वालहरुमा त्यति क्षति नभए पनि अरु पूर्ण क्षति भएको अवस्था छ। जसले गर्दा यसलाई हाललाई प्रयोग गर्न अत्यन्त जोखिम छ। त्यस्तै गरेर हामी केही समय अघि सर्वोच्च अदालत हेर्‍यौं। यसको पनि उत्तरपट्टिको भाग बढि जोखिम छ। त्यसकारण यसमा पनि काम गर्न गाह्रो छ। त्यही भवनको दक्षिणतिरको भाग केही कम क्षति भएको कारणले काम गर्न सहज हुने सुझाव दिएका छौं,' उनले भने।

images/health-ministry-1758356405.jpg

जस्तो सिंहदरबारको भवनहरु हेर्दा पनि केही ठाउँमा बढि क्षति भएको तर धेरैजसो ठाँउ क्षति नभएको पनि उनले बताए। लामो समयसम्म आगो रहिरहेको ठाउँमा बढि ड्यामेज भएको अवस्था रहेको उनले बताए।

images/health-ministry-1758356405.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *