एनभिए र एनआइएमबी बैंकबीच सहमति, एनबिएसँग गरेको सर्भिस ड्राफ्ट आजदेखि लागु हुने
Home News मुख्य समाचार

एनभिए र एनआइएमबी बैंकबीच सहमति, एनबिएसँग गरेको सर्भिस ड्राफ्ट आजदेखि लागु हुने

इन्जिनियर खबर - Sept. 27, 2025 133 views
images/nva-nimb-aggrement-1-1536x806.jpg
images/nva-nimb-aggrement-1-1536x806.jpg
Text Size

मुल्यांकनकर्ता इन्जिनियरहरुको आन्दोलन स्थगित,एनआइएमबी बैंकसँग ७ बुंदे सहमति

images/nva-nimb-aggrement-1-1536x806.jpg

काठमाडौं,१० असोज । नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) बीच भद्र सहमति भएको छ ।एनआइएमबी बैंकसँग आजैदेखि लागु हुने गरी लिखित रुपमा सहमति भएको एनभिएका सचिव इ.रविन्द्र अधिकारीले बताए । उनका अनुसार सम्झौतापछि एनभिएले नेपाल बैंकर्स एशोसिएसनसँग गरेको सर्भिस ड्राफ्ट आजदेखि लागु हुनेछ ।

images/nva-nimb-aggrement-1-1536x806.jpg

सम्झौता पत्रमा बैंकका तर्फबाट कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डे र एनभिएको तर्फबाट अध्यक्ष इ.संजयकुमार महतोले हस्ताक्षर गरेका छन् भने साक्षीहरुमा एनआइएमबी बैंकका राजेश शर्मा र शुशिल पराजुली, एनभिएका इ.प्रज्ञान घिमिरे र इ.रविन्द्र अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सहमति भएसँगै एनभिएले विभिन्न माग राखी एनआइएमबी बैंकविरुद्ध यसअघि घोषणा गरेका आन्दोलनका सम्पुर्ण कार्यक्रम आजकै मितिबाट फिर्ता भएका छन् ।

यी हुन् एनभिएको एनआइएमबी बैंकसँग भएको सहमतिका बुंदाहरु

१.मुल्यांकन कर्ताको काम कर्तव्य र अधिकार एनआइएमबी बैंकको सर्भिस ड्राफ्ट को एनेक्समा लेखिए अनुसार हुनेछ ।

२. एनआइएमबी बैंकले अब उपारान्त कुनै पनि मुल्यांकन कर्तालाई कालोसूची लगायतका कार्बाही गर्नु अघि एनभिएसँग प्रयाप्त रुपमा छलफल गरि र सुस्म अनुसन्धान गरि गर्नेछ। यस अघिका विभिन्न कारबाहीका सिफारिसहरु आजै बाट खारेज गरिएको छ। यस सहमतिले कानुनी प्रक्रियाद्वारा निचोडमा पुगिसकेका कारर्बाहिलाई भने असर गर्ने छैन।

३.एनआइएमबी बैंकले कात्तिक मसान्त भित्र नयाँ मुल्यांकनकर्ता नियुक्ती गर्न सार्बजनिक सूचना जारी गर्नेछ । नियुक्तिको लागि योग्यता र अनुभव तोक्न बैंक स्वतन्त्र छ भने एनभिएले त्यसमा कुनै हस्तक्षेप गर्नेछैन। त्यसले एनभिएले भने बमोजिम धेरै मुल्यांकनकर्ता भएको र काम नपाएको गुनासोको सुनुवाइ हुनेछ। अहिले मुल्यांकन कर्ताको रुपमा रहेका र भबिस्यमा नरहन सक्ने मुल्यांकन कर्ताले सुचिकृत हुदा राखेको रकम मुद्दती अबधी सकिनासाथ फिर्ता लान सक्नेछन। भबिस्यमा मुल्यांकन कर्ताको रुपमा नरहे पनि बैंकले ती मुल्यांकन कर्तालाई गर्ने व्यबहार सहमति न. २ बमोजिम नै हुनेछ।

४. एनभिए र एनआइएमबी बैंकबिच सहमति भए बमोजिमको मुल्यांकन परामर्श शुल्क तत्काल लागू हुनेछ भने ठुला परियोजनाहरुको शुल्क मुल्यांकन कर्ता र ऋणिको आपसी सहमतिमा तय हुनेछ। त्यसमा बैंकले समन्वय पुर्ण भुमिका खेल्नेछ। तर समय सापेक्ष दुबै पक्षको सहमतिमा भबिस्यमा मुल्यांकन शुल्क परिवर्तन गर्न दुबै पक्ष सहमत छन।
५. सहमति न. १ मा लेखे बमोजिम मुल्यांकन कर्ताको काम कर्तव्य र अधिकार रहने छ भने बैंक को हित चिताइ काम गर्नु मुल्यांकन कर्ताको उत्तरदाहित्व रहनेछ।

६. सहमति न. २ मा भनिए बमोजिम गर्न दुबै पछ सहमत छन।

७. एनभिएले विभिन्न माग राखी एनआइएमबी बैंकविरुद्ध यसअघि घोषणा गरेका आन्दोलनका सम्पुर्ण कार्यक्रम आजकै मिति बाट फिर्ता लिनेछ।

सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन एनभिएले विभिन्न वहाना बनाएर मुल्यांकनकर्ताहरुलाई दुख दिएको भन्दै गत साउन १२ गतेदेखि पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै देशभरका एनआइएमबी बैंकका शाखा कार्यालयहरुमा काम ठप्प पारेर आन्दोलनमा उत्रिएको थियो । देशभरका इन्जिनियरिङ्ग संघसंस्थाहरुले एनआएइमबी बैंकविरुद्धको एनभिएको आन्दोलनप्रति संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै ऐक्यवद्धता जनाएका थिए । एनआइएमबी बैंकविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएर सहयोग गर्ने सम्पुर्ण इन्जिनियरिङ्ग संघ संस्थाहरुलाई एनभिएले धन्यवाद दिएको छ ।

 

images/nva-nimb-aggrement-1-1536x806.jpg

images/nva-nimb-aggrement-1-1536x806.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *