विद्युत विकास विभागमा पहिलोपटक महिला महानिर्देशक
Home News मुख्य समाचार

विद्युत विकास विभागमा पहिलोपटक महिला महानिर्देशक

इन्जिनियर खबर - Sept. 27, 2025 213 views
images/manadevi-shrestha-1758900478.jpg
images/manadevi-shrestha-1758900478.jpg
Text Size

काठमाडौं । विद्युत विकास विभागको नेतृत्व पहिलोपटक महिलाले पाएकी छिन् । ऊर्जामन्त्री कुलमान घिसिङले मनदेवी श्रेष्ठलाई विद्युत विकास विभागको महानिर्देशक नियुक्त गरेका छन् । 

हाल उनी विभागमा हाइड्रोपावरतर्फको सुपरिटेन्डेन्ट इन्जिनियर छिन् । घिसिङले हाल महानिर्देशक रहेका जीवछ मण्डललाई हटाएर श्रेष्ठलाई जिम्मेवारी दिएका हुन् ।

मण्डलले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा कार्यसम्पादनमा शून्य अंक दिएका थिए । उनी तत्कालीन ऊर्जामन्त्री दीपक खड्काका प्रिय थिए । सोही कारण उनले विभागमा अवसर पाएका थिए ।  

अहिले मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन् । आयोगमा यसअघि कुलमान घिसिङले सचिवसरहको सेवा सुविधा दिने गरी प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि सरुवा गरेका थिए । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *