किर्ते हस्ताक्षर गरी इन्जिनियर सौरभ निरौलाको सरुवा, आठ महिना देखि जिम्मेवारी बिहिन
Home News मुख्य समाचार

किर्ते हस्ताक्षर गरी इन्जिनियर सौरभ निरौलाको सरुवा, आठ महिना देखि जिम्मेवारी बिहिन

इन्जिनियर खबर - Oct. 7, 2025 1296 views
images/Copy_of_Engineer_Khabar.jpg
images/Copy_of_Engineer_Khabar.jpg
Text Size

छिपहरमाई गाउँ पालिका, पर्सामा कार्यरत रहँदा ई. सौरभ निरौला (सातौ तह, सिभिल सेवा) को हस्ताक्षर दुरूपयोग गरी किर्ते सरुवा माग गरिएको पाइएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, जनकपुरधाम ले मिति २०८१/०९/०२ मा ई.सौरभ निरौलालाई आफु कार्यरत रहेको छिपहरमाई गाउँ पालिका, पर्साबाट पोखरीया नगरपालिका, पर्सामा सरुवा गरेको थियो।  सरुवा भएपछि ई. निरौलालाई  २०८१/१२/१४ मा रमाना दिइएको थियो। रमाना दिइएको पोखरिया नगरपालिकामा हाजिर हुन जाँदा नगरपालिकाले आफ्नो नगरपालिकाको सहमति बिना सरुवा गराएको, दरबन्दी नभएको भन्दै हाजिर नगराए पछि उनी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनकपुर पुगेका थिए।  मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनकपुर पुग्नु भन्दा पहिला सम्म उनलाई प्रदेश सरकारले नियमित सरुवा गराएको होला भन्ने थियो। तर मन्त्रीपरिषदको कार्यालयले उनलाई एउटा सरुवा सम्बन्धमा विषयक देखायो, जसमा उनकै नामबाट अरु कसैले किर्ते गरी निवेदन दर्ता गराएका रहेछन्। 

images/Copy_of_Engineer_Khabar.jpg

images/Copy_of_Engineer_Khabar.jpg

२०८१/०८/०२ मा उनकै नामबाट अरु कसैले सरुवा सम्बन्धमा विषयक पत्र दर्ता गराएका रहेछन्। उक्त पत्रमा लेखिएको छ, "अब मलाई पोखरिया नगरपालिका, पोखरिया पर्सामा सरुवा गराइदिनु हुनका लागी मन्जुरी साथ यो निवेदन पेश गरेको छु।" उक्त पत्र २०८१/०८/०६ मा कार्यालयमा दर्ता नम्बर: २००९ मा दर्ता भएको छ। सोही पत्रको आधारमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनकपुरले एक महिना पछि २०८१/०९/०२ मा उनलाई पोखरिया नगरपालिका, पोखरिया पर्सामा सरुवा गरेको रहेछ।  

उक्त पत्र आफुले नलेखेको र अरु कसैले आफ्नो हस्ताक्षर दुरूपयोग गरी किर्ते गरेको भन्दै ई. निरौलाले २०८२/०२/०५ मा (दर्ता नम्बर ३१५५) किर्ते सरुवा बदर गरी पाउँ भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, जनकपुरधाममा निवेदन दर्ता गराएका छन्। २०८१/०८/०२ मा ई. निरौलाले लेखेको भनेको पत्र र २०८२/०२/०५ मा निरौलाले लेखेको पत्रमा भएको हस्ताक्षर समेत मिलेको छैन। 

मुद्दा अदालतमा बिचराधीन 
ई. सौरभ निरौलाले आफ्नो नाममा अरु कसैले निवेदन दिएर किर्ते सरुवा गराएको भन्दै उच्च अदालत जनकपुर, अस्थायी इजालस, बिरगंजमा मुद्दा दर्ता गराएका छन्। असार २० मा उत्प्रेरणायुक्त परमादेश जारी गर्दै  बिरगंज इजालसले आगामी असोज २९ मा तारेख तोकेको छ।

जुनियरलाई नि. प्रमुख प्रशासकीय बनाउन षड्यन्त्र: ई. निरौला 
यता ई. सौरभ निरौलाले आफु भन्दा जुनियर कर्मचारीलाई नि. प्रमुख प्रशासकीय अधिकृत बनाउन षड्यन्त्र गरिएको बताएका छन्। आफु कार्यरत रहेको छिपहरमाई गाउँ पालिका, पर्सामा आफु भन्दा जुनियरलाई हाकिम बनाउन नियतवश यस्तो गरिएको उनले बताए। सरकारले सरुवा गरिदिएको जुनसुकै ठाउँमा जान आफु तयार रहेको तर नियतवश कसैले किर्ते गरेकाले आफुले न्याय पाउनु पर्ने उनले बताए। दुई वर्ष अघि मात्र उनको इनरुवा नगरपालिकाबाट सरुवा भएको थियो। बिगत ८ महिना देखी जिम्मेवारी बिहिन बनाए पनि अदालतले न्याय दिनेमा आफु विश्वस्त रहेको उनले बताए। उनले यति बेला संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनाल सहित विभिन्न सरोकारवालाहरुलाई मेल मार्फत गुनासो गरिरहेका छन्। 

images/Copy_of_Engineer_Khabar.jpg

पोखरियामा इन्जिनियर माग
यता ई. सौरभ निरौलालाई हाजिर गर्न नदिएको पोखरिया नगरपालिका, पोखरिया पर्साले सेवा करारका लागी दरखास्त आह्वान गरेको छ। २०८२/०५/३१ मा सुचना जारी गर्दै करार सेवामा छैठौ तहमा इन्जिनियर माग गरेको हो। 

images/Copy_of_Engineer_Khabar.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *