इन्जिनियरिङको १० औँ लाइसेन्स परिक्षामा कति हुदैछन सहभागी?
Home News मुख्य समाचार

इन्जिनियरिङको १० औँ लाइसेन्स परिक्षामा कति हुदैछन सहभागी?

इन्जिनियर खबर - Oct. 11, 2025 5270 views
images/558942161_24670146929343301_7712558480525161997_n.jpg
images/558942161_24670146929343301_7712558480525161997_n.jpg
Text Size

नेपाल इन्जिनियरिङ परिषद्ले संचालन गर्न लागेको १० औँ साधारण दर्ता वाला इन्जिनियरको लाइसेन्स परिक्षामा फर्म भर्ने म्याद सकिएको छ।

images/558942161_24670146929343301_7712558480525161997_n.jpg

भाद्र २३ गते भएको जेन जी आन्दोलनले गर्दा आश्विन २४ बाट हुने भनिएको परिक्षा स्थगित भएको थियो र फारम भर्ने म्याद समेत आश्विन ५ सम्मलाई तोकिएको थियो।

images/558942161_24670146929343301_7712558480525161997_n.jpg

काउन्सिलका अनुसार  दशौं साधारण दर्ता वाल इन्जिनियरको लाइसेन्स परिक्षा कार्तिक १६ गते देखि पोखरा केन्द्रमा र कार्तिक २१ गते देखि काठमाडौँ केन्द्रमा हुनेछ। काठमाडौँ केन्द्रमा ५०७३ परीक्षार्थीले फारम भरेका र पोखरा केन्द्रमा ४४८ परीक्षार्थीले फारम भरेको परिषदका रजिष्ट्रार ई. ध्रुब राज भट्टराईले जानकारी दिनुभयो।

images/558942161_24670146929343301_7712558480525161997_n.jpg

काठमाडौँ केन्द्रको परिक्षा इञ्जिनियरिङ्ग अध्ययन संस्थानको सुचना, संचार तथा प्रविधि केन्द्र, पुल्चोकमा हुनेछ भने पोखरा केन्द्रको परिक्षा पस्चिमाञ्चल क्याम्पस, पोखरामा हुनेछ।परिक्षाको तयारी तिब्र रुपमा भै रहेको काउन्सिलले जनाएको छ। 

images/558942161_24670146929343301_7712558480525161997_n.jpg

Leave a Comment

Your email address will not be published. Required fields are marked *