जलेका संरचना अध्ययन गर्न छैनन् विज्ञ, विदेशबाट ल्याउने तयारी
Home News मुख्य समाचार

जलेका संरचना अध्ययन गर्न छैनन् विज्ञ, विदेशबाट ल्याउने तयारी

images/Screenshot_2025-10-12_093543.png
images/Screenshot_2025-10-12_093543.png
Text Size

काठमाडौं : जेन–जी आन्दोलनमा क्रममा जलेर ध्वस्त भएका ठूला र विशिष्ट संरचनाको वास्तविक क्षति आंकलनका हुन सकेको छैन। कसरी वास्तविक क्षतिको आंकलन गर्ने भन्ने निचोडमा नपुगिसकेको सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली बताउँछन्।

images/Screenshot_2025-10-12_093543.png

कम्तीमा २ देखि ३ दिनसम्म आगोले जलेका संरचनामा ठ्याक्कै कति क्षति भयो र कसरी पुनर्निर्माण गर्ने भन्ने अन्योलमा सहरी विकास मन्त्रालय रहेको छ। नेपालको इतिहासमा नै पहिलोपटक यति धेरै संरचनमा एकैपटक जलेका छन्।

images/Screenshot_2025-10-12_093543.png

‘कति जलेपछि कति क्षति हुने त्यसको क्षमता कति हुने र कसरी टेस्ट गर्ने, के–के मेसिन प्रयोग गर्ने भन्ने पनि भेउ पाएका छैनौं। संरचनाको क्षति आंकलनमा ५ घन्टा जले के हुने, ८ घन्टा जले के हुने, २ दिन जले के हुने भन्ने हुन्छ। यसका कारण निचोड निकाल्ने दक्षता हामीसँग भएन,’ प्रवक्ता मैनालीले भने। जलेका संरचनको अहिले सम्बन्धित मन्त्रालयले वा निकायले नै संरक्षण गरिरहेका छन्।

ऐतिहासिक संरचनामा आरसीसी (रेनफ्रोर्स सिमेन्ट कंक्रिछ) (कंक्रिटमा फलाम हालेको वा ढलानलाई बलियो बनाउन सिमेन्टमा छड हालेको) गरिएका छैनन्। आरसीसी भवनका आफैं अध्ययन गर्न सके पनि ऐतिहासिक भवनका क्षति आंकलन गर्न हामीसँग दक्षता नभएको पूर्वाधार विद् एवं पूर्वसचिव किशोर थापा बताउँछन्। 

‘ऐतिहासिक भवनको भ्यालुएसन गर्न गाह्रो हुन्छ। त्यहाँ धेरै किसिमका सामग्रीहरू प्रयोग भएका हुन्छन्। बुट्टा, कलात्मक पक्ष, यी सबैको ठ्याक्कै स्टिमेट गर्न समय लाग्छ। इन्जिनियरङमा सामान्यता यति स्कावयर फिटको क्षति भयो भने यति लाग्छ भन्ने मान्यता हुन्छ। तर, यस्ता संरचनको भ्यालु कसरी नाप्ने,’ थापा प्रश्न गर्छन्। 

अर्का सचिव ई. मणिराम गेलाल पनि जलेका संरचना अध्ययन गर्ने दरबन्दी हामीसँग नभएको बताउँछन्। ‘आगोले कति डिग्री सेल्सिसियसम्म कंक्रिट तातेपछि ग्रे–कलर हुन्छ, रेड कलर हुन्छ, यसले रिइन्फोर्समेन्टसँगको बोन्ड (भित्र राखेको डण्डी र कंक्रिटबीचको बोन्ड) लस हुन्छ र यस्तो संरचना बस्नयोग्य छन् या छैन भन्ने अनुसन्धान गर्न सक्ने हामीसँग दरबन्दी छैन,’ गेलाल बताउँछन्। भएका प्रविधि प्रयोग गर्ने र नभएका प्रविधिका बारेमा बाहिरबाट विज्ञ सल्लाहरूसँग छलफल गर्ने भन्दै गेलालले यस्ता संरचना पुनर्निर्माण जिम्मेवारी भने नेपाल आफैंले लिनुपर्ने बताउँछन्। 

पूर्वसचिव किशोर थापा पनि बाहिरबाट प्राविधिज्ञ ल्याउनेभन्दा पनि उनीहरूसँग सल्लाह तथा सुझाव लिन जरुरी भएको बताउँछन्। नेपालीसँग आगालागीबाट भएको क्षति आंकलन र पुनर्निर्माणका लागि अनुभवको कमी भएकाले विदेशी विज्ञबाट सल्लाह लिन आवश्यक रहेको उनको तर्क छ।

इन्जिनियर गेलाल इन्जिनियरिङको संरचनासम्बन्धी अध्ययनमा आगालागीबाट हुने क्षतिका बारेमा अध्ययन÷अध्यापन सुरु गराउन सुझाउँछन्। 

जलेका ४४० संघीय सरकारी कार्यालय भवनका प्रारम्भिक सर्वेक्षण
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनका अनुसार संघीय सरकारी कार्यालय भवनअन्तर्गत पर्ने ४ सय ४० भवनको भने प्रारम्भिक सर्वेक्षण गरिएको छ। जसमा ५८ वटामा रातो स्टिकर (पूर्णध्वस्त), २४८ वटामा पहेलो स्टिकर (यिनीहरूको विस्तृत अध्ययन गर्नुपर्ने) र बाँकीमा हरियो स्टिकर टाँसिएको (सामान्य मर्मत मात्र गर्नुपर्ने)  छ। सर्वेक्षण गरिएकामा जेन–जी आन्दोलनमा ध्वस्त भएका मन्त्रालय, राष्ट्रपति निवास, सिंहरदरबार, भैंसेपाटिस्थित मन्त्री क्वाटर, सडक विभाग, सर्वोच्च अदालत लगायतका ठूला संरचना पर्दैनन्।

६४ अति विशिष्ट संरचनामा ४ अर्ब ४९ करोड क्षति

प्रमुख संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आफ्नो माताहतका ६४ अति विशिष्ट संरचनाको प्रारम्भिक क्षतिको आंकलन र पुनर्निर्माणको अनुमान गरेको छ। कार्यालयका प्रमुख चक्रवर्ती कंठका अनुसार जेन–जी आन्दोलनमा जलेका ६४ निकायको प्रारम्भिक अवलोकन गर्दा करिब ४ अर्ब ४९ करोड क्षतिको अनुमान गरिएको छ भने करिब ६ अर्ब ७८ करोड पुनर्निर्माणलागत अनुमान गरिएको छ। यो कार्यालयले संघीय सरकारको अति विशिष्ट संरचना परेका बालुवाटार आवास, सिंहदरबार परिसर, भैंसीपाटी परिसर, सर्वोच्च अदालत, स्वास्थ मन्त्रालय परिसर, सडक विभाग लगायतका ६४ कार्यालयको प्रारम्भिक अध्ययन गरेको हो।

images/Screenshot_2025-10-12_093543.png

‘सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालयको पश्चिम भाग प्रयोग गर्न नमिल्ने गरी जलेको छ। बाँकी भाग आंशिक मर्मत गरी प्रयोग गर्न मिल्ने देखिन्छ। गृह मन्त्रालय, शिक्षा मन्त्रालय, संघीय मामिला मन्त्रालयमा पनि आंशिक क्षति भएको छ भने सिंहदरबार भित्रका अन्य मन्त्रालय तथा निकायमा सामान्य क्षति छन्। ती मन्त्रालयमा बाहिरी भाग मात्र जलेको र बाहिरी भागमा रंग लगाइसकिएको छ,’ कंठले जानकारी दिए। 

images/Screenshot_2025-10-12_093543.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *