चौथो तहमा इन्जिनियर माग, एशोसिएसन र काउन्सिलको बिरोध, विनियमावली अनुसार गरेको प्राधिकरणको दाबि
Home News मुख्य समाचार

चौथो तहमा इन्जिनियर माग, एशोसिएसन र काउन्सिलको बिरोध, विनियमावली अनुसार गरेको प्राधिकरणको दाबि

इन्जिनियर खबर - Oct. 13, 2025 2701 views
images/IMG-20251013-WA00041.jpg
images/IMG-20251013-WA00041.jpg
Text Size

राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडले २०८२/०६/२४ मा प्रकाशन गरेको करार सेवामा पदपूर्ति गर्ने सम्बन्धि सुचनाको क्र.स. ३ बिज्ञापन नम्बर ४/०८२/०८३ ले यति बेला इन्जिनियरिङ क्षेत्रमा बहस सिर्जना गरेको छ। कम्पनीले सहायक सुचना प्रविधि पदको चौथो तहका लागी आवश्यक न्युनतम योग्यतामा कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातक वा सो सरह उतिर्ण हुनु पर्ने प्रावधान राखेपछि यति बेला चौतर्फी बिरोध भैरहेको छ।

images/IMG-20251013-WA00041.jpg

स्नातक तहको इन्जिनियरिङ अध्ययन गरी इन्जिनियरको उपाधि हासिल गरेकाहरुको न्युनतम सेवा प्रवेशको तह ७ हुनुपर्ने प्रावधान प्रदेश निजामती सेवा ऐन, २०७९ मा व्यवस्था गरिएको छ । सोही अनुसार लोक सेवा आयोगले इन्जिनियरहरुका लागी सातौं तहबाट सेवा प्रवेश गराए पनि केही संस्थानहरुले छैठो तहबाट सेवा प्रवेश गराइ रहेका थिए । तर अश्विन २४ मा प्रकाशित सुचनामा चौथो तहको व्यवस्था गरेपछि, यसको चौतर्फी बिरोध भैरहेको छ । सो सन्दर्भमा हामीले राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको पदपूर्ति समितिको संयोजक चुडाराज अधिकारीसङ कुराकानी गरेका छौँ । 

images/IMG-20251013-WA00041.jpg

विनियमावली अनुसार गरेका हौँ, इन्जिनियरिङ समुदायलाई मान मर्दन गर्ने उद्देश्य होइन: चुडाराज अधिकारी, सचिव पदपुर्ती समिति सचिव 
राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका तर्फबाट हामीले यो विषयमा पदपुर्ती समितिका सदस्य सचिव चुडाराज अधिकारीसङ सम्पर्क गरेका छौँ । उनले कम्पनीको विनियमावली अनुसार नै बिज्ञापन गरिएको बताए । कम्पनीले संगठनात्मक संरचना अर्थ मन्त्रालयसङ स्वीकृती लिएर पारित गरेको र लोकसेवा आगोगको समेत स्विकृतीमा विनियमावली तयार भएको उनले बताए। विनियमावली तयारीका क्रममा नेपाल इन्जिनियरिङ परिषद् लगाएतका सरोकारवाला निकायहरुसङ समन्वय नगर्नु कमजोरी भएको र यस घटनाबाट सिकेर अघि बढ्ने उनले बताए । उनले नेपाल इन्जिनियरिङ परिषद् एवम नेपाल इन्जिनियर्स एशोसिएसनबाट ध्यानाकर्षण पत्र आएको र अहिलेको बिज्ञापनमा सन्दर्भमा भने पदपूर्ति समितिको संयोजक एवम् प्रमुख कार्यकारी अधिकृत देश बाहिर हुनु भएकाले उहाँ फर्किए लगत्तै समितिमा पेश गर्ने र थप निर्णय गर्ने बताए ।

काउन्सिल र एशोसिएसनले भन्यो बिज्ञापन त्रुटिपूर्ण छ, यधाशिघ्र परिमार्जन होस् । 
यता नेपाल इन्जिनियरिङ काउन्सिल र नेपाल इन्जिनियर एशोसिएसनले उक्त बिज्ञापन त्रुटिपूर्ण भएको भन्दै सच्चाउन कम्पनीलाई पत्राचार गरेको छ । परिषद्का रजिस्ट्रार ई. ध्रुब भट्टराईले प्रदेश निजामती सेवा ऐन, २०७९ अनुसार स्नातक तह उतिर्णको तह सात (७) कायम हुनु पर्ने उल्लेख गर्दै सोही अनुसार बिज्ञापन परिमार्जन गर्न अनुरोध गर्दै ध्यानाकर्षण पत्र पठाएका छन् । नेपाल इन्जिनियर्स एशोसिएसनले पनि इन्जिनियर पद नभइ उपाधी भएको भन्दै उपाधी कै मान मर्दन हुने गरी बिज्ञापन प्रकाशन नगर्न चेतावनी दिएको छ। एशिसिएसनले नेपाल सरकारले इन्जिनियरको सेवा प्रवेशको तह सात (७) कायम गरेकाले सोही अनुसार गर्न अथवा आवश्यक शैक्षिक योग्यता घटाउन माग गर्दै माग पुरा नभएमा थप कदम चाल्ने बताएको छ।

images/IMG-20251013-WA00041.jpg

 

images/IMG-20251013-WA00041.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *