नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा हुने
Home News मुख्य समाचार

नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा हुने

इन्जिनियर खबर - Oct. 26, 2025 4740 views
images/cooding.jpg
images/cooding.jpg
Text Size

विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था (आईईईई) नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा गर्ने भएको छ । आयोजक संस्था आईईईई नेपाल सेक्सनले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिष्पर्धा आईईईई एक्सट्रिम १९.० को आयोजना गर्न लागेको जानकारी दिएको हो ।

images/cooding.jpg

आगामी अक्टोबर २५ मा हुने यो प्रतियोगितामा ७५ भन्दा बढी देशका २० हजार भन्दा बढी विद्यार्थीबीच प्रतिष्पर्धा हुनेछ । आईईईई नेपाल सेक्सनका अध्यक्ष डा. अरुणकुमार तिमल्सिनाले २४ घण्टासम्म निरन्तर सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीले जटिल कोडिङ समस्या समाधान गर्ने बताए । उनका अनुसार कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स पढ्ने विद्यार्थीले कम्प्युटर प्रोग्राम गरेर आईटी सम्बन्धी समस्या निराकरण गर्नेछन् । यसले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान क्षमता र टिमवर्क कौशल वृद्धि गराउने उनले बताए ।

images/cooding.jpg

‘कम्प्युटर, ईन्जिनियरिङ, कम्प्युटर सोसाईटी, कम्प्युटर सिष्टम, आईटीको २४ घण्टे यस्तो प्रतिस्पर्धा हो, जहाँ के हुन्छ भन्दा केही समयको अन्तरालमा नयाँ एउटा समस्या आउँछ, यो समस्या यस्तो कि कम्प्युटर ईन्जिनियरिङ, कम्प्युटर साईन्स पढ्ने विद्यार्थीले कम्प्युटर प्रोग्राम गरेर निराकरण गर्नुपर्ने,’ उनले अघि भने, ‘तर त्यो निराकरण गर्दाखेरी उसले कत्तिको, हामी भन्छौँ नि कुनै सफ्टवेयर अलि स्लो छ, अथवा मेरो मोवाईल अलि स्लो भो भन्छौँ नी । हो, त्यो चिजहरुमा के हुन्छ भन्दा एउटा कम्प्युटरको उसको मेमोरी हुन्छ, अर्को चाँही प्रोसेसिङ हुन्छ, प्रोसेसिङ र मेमोरी दुई वटै चीजमा कसरी अप्टिमल, राम्रो खालको कोड लेख्ने भन्ने कुराको अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हो ।’

images/cooding.jpg

यस कार्यक्रमले युवा प्रविधि प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा आफ्नो सीप प्रदर्शन गर्ने अवसर दिने उद्देश्य राखेको छ । प्रतियोगिता सिद्धार्थ फुडल्याण्ड, पुरानो बानेश्वरमा आयोजना हुनेछ ।

images/cooding.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *