थप व्यवस्थित बन्दै इन्जिनियरिङको लाइसेन्स परिक्षा
Home News मुख्य समाचार

थप व्यवस्थित बन्दै इन्जिनियरिङको लाइसेन्स परिक्षा

इन्जिनियर खबर - Nov. 8, 2025 1931 views
images/engineerkhabar.jpeg
images/engineerkhabar.jpeg
Text Size

नेपाल इन्जिनियरिङ परिषद्को १० औं साधारण दर्ता वाल इन्जिनियरको लाइसेन्स परिक्षा गत कार्तिक १६ गते देखि सुरु भइ रहेको छ। पोखरा केन्द्रमा कार्तिक १६ गते देखि १८ सम्म चलेको परिक्षा काठमाडौ केन्द्रमा भने कार्तिक २१ गते देखि २६ गते सम्म चल्नेछ । यस अघि इन्जिनियरको लाइसेन्स परिक्षा गरेको नौ पटकको अनुभव बटुलि सकेको नेपाल इन्जिनियरिङ परिषद्ले यस पटक परिक्षामा थप सुधारको ब्यवस्था गरेको छ ।

images/engineerkhabar.jpeg

परिक्षा सकिएकै दिन नतिजा 
यस अघि सबै परिक्षा सकिएको दिन नतिजा सार्वजनिक गर्ने गरेको परिषद्ले यसै पटक देखि परिक्षा भएकै दिन नतिजा सार्वजनिक गर्ने अभ्यास गरि रहेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको सुचना, प्रविधि तथा संचार केन्द्र र पश्चिमाञ्चल क्याम्पस, पोखरामा भएको परिक्षा थप ब्यवस्थित रुपमा संचालन भै रहेको परिषद्ले जनाएको छ । अझ महत्वपूर्ण कुरा त इन्जिनियरिङ अध्ययन संस्थानले लिने गरेको प्रवेश परिक्षामा समेत दुवै केन्द्रको परिक्षा सम्पन्न भए पछि मात्र नतिजा सार्वजनिक गर्ने गरेकोमा सोही सिस्टमको प्रयोग गरेर परिक्षा संचालन गरि रहेको परिषद्ले सोही दिन नतिजा सार्वजनिक गरेको छ । 
परिक्षालाई थप ब्यवस्थित र मर्यादित बनाउदै लैजाने क्रममा आगामी परिक्षा देखि विद्यार्थीले तत्काल नै आफ्नो प्राप्ताङ हेर्न सक्ने गरि तयारी गरिरहेको परिषदका रजिष्ट्रार एवम् परिक्षा संचालक समितिका सदस्य सचिव ई. ध्रुब राज भट्टराईले जानकारी दिनुभयो। "नतिजाका लागी विद्यार्थीहरुले धेरै दिन सम्म कुर्न पर्दथ्यो, अहिले सोही दिन नतिजा सार्वजनिक हुनाले परिक्षाको थप पारदर्शीता र विश्वसनियता कायम भएको छ" रजिस्ट्रार भट्टराईले बताउनु भयो । सिभिल इन्जिनियरिङको परिक्षा दिएर फर्किएका एक जना परिक्षार्थीले समेत आजै नतिजा सार्वजनिक हुने कुराले खुशी लागेको बताएका छन् ।

images/engineerkhabar.jpeg

सिसिटिभिबाट निगरानी
परिक्षा संचालनका लागी प्रत्येक कोठामा कम्तीमा दुइजना निरीक्षकको व्यवस्था गरिएको छ भने यसका अतिरिक्त सुचना, संचार तथा प्रविधि केन्द्रको तल्लो तल्लामा रहेको कन्ट्रोल रुमबाट नै सबै कोठामा जोडिएको सिसिटिभिबाट प्रत्यक्ष निगरानी समेत गर्न सकिने हुनाले कुनै शंकास्पद गतिविधि भएमा तुरुन्त नियन्त्रणमा लिन सकिने ब्यवस्था गरिएको छ । परिक्षा संचालनका लागी परिषद्का परिक्षा संचालक समिति, बोर्ड सदस्य, कर्मचारी, प्राविधिक निरीक्षक, सुपरिवेक्षक गरी ६० भन्दा बढी जनशक्तिको प्रयोग भै रहेको छ ।

सुधारिदै पास प्रतिशत
१० औं परिक्षा सम्म आइपुग्दा इन्जिनियरको लाइसेन्स परिक्षामा सहभागी भएकाहरु मध्यको उतिर्ण प्रतिशत समेत सुधारिदै गएको देख्न सकिन्छ । पोखरा केन्द्रमा सम्पन्न भएको परिक्षामा परिक्षा फारम भरेका ४४७ जना मध्य ४०५ जना परिक्षामा सहभागी थिए जसमध्य २४१ जना उत्तीर्ण हुन सफल भएका छन्, उक्त पास प्रतिशत करिब ६०% हुन आउँछ। त्यसै गरी काठमाडौ केन्द्रमा पहिलो दिनका लागी  परिक्षा फारम भरेका ९९० जना मध्य परिक्षामा सहभागी भएका ९२८ परिक्षार्थीमा ५७९ जना उतिर्ण हुन सफल भएका छन्, जुन करिब ६२% ले हुन आउँछ। दोस्रो दिनको नतिजा सार्वजनिक हुँदा पनि ९२४ सहभागी हुदाँ ५९६ जना उतिर्ण हुन सफल भएका छन्, जुन करिब ६४% हुन आउँछ।विश्वविद्यालयको नियमित परिक्षाबाट उतिर्ण भएका विद्यार्थीहरु यस पटकको परिक्षामा सहभागी हुनुका साथै परिक्षार्थीको राम्रो तयारीका कारणले पास प्रतिशतमा वृद्धि भएको परिषद्को बुझाइ छ।

images/engineerkhabar.jpeg

परिक्षार्थीबाट नै सुझाव संकलन 
यस पटकको परिक्षाबाट परिषद्ले लिखित रुपमा नै परिक्षामा सहभागी भएका परिक्षार्थीबाट सुझाव संकलन गरेको छ। यस अघिका परिक्षाहरुमा सिलेवस अनुसार प्रश्न नआएको, कुनै विषयबाट धेरै र कुनैबाट कम प्रश्न परेको जस्ता गुनासो आए पछि यस पटकको परिक्षामा परिषद्ले विद्यार्थीहरुबाट सुझाव संकलन गरि रहेको छ । परिक्षार्थीले परिक्षा दिएर फर्किए पछि सुझाव फारम भर्न सक्नेछन् । सोधिएका प्रश्नहरु सिलेवस बमोजिम थिए वा थिएनन्, समाधान गर्न कत्तिको सहज थियो र अपेक्षा गरिए बमोजिम थिए वा थिएनन् गरी तीन वटा प्रश्न र अन्त्यमा थप सुझाव मागिएको छ । यसबाट आएको सुझावबाट थप सुधार गर्दै लैजाने परिषद्का रजिस्ट्रार ई. ध्रुब राज भट्टराईले बताउनु भयो।

images/engineerkhabar.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *