लुम्बिनी इञ्जिनियरिङ्ग कलेजका अध्यक्ष प्रा.डा. रामचन्द्र आचार्यलाई सात प्रश्न
Home News सात प्रश्न

लुम्बिनी इञ्जिनियरिङ्ग कलेजका अध्यक्ष प्रा.डा. रामचन्द्र आचार्यलाई सात प्रश्न

इन्जिनियर खबर - Jan. 26, 2026 997130 views
-
-
Text Size

नेपालको शिक्षा क्षेत्रमा सजिलै चिन्ने परिचित व्यक्ति प्रा.डा. रामचन्द्र आचार्य ( आर.सि. आचार्य) हुनुहुन्छ । २०४० देखि २०७२ साल सम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन वहाँको शिक्षामा ठूलो योगदान छ । २०४२ २०४६ सम्म न्यूलाइट वोडिङ्ग - स्कुलमा प्रिन्सिपलको रुपमा रहेर, २०४६ सालमा न्यू होराइजन बोडिङ्ग स्कुलको संस्थापक प्राचार्य, २०४९ - २०५१ न्यू होराइजन बोडिङ्ग स्कुल पाल्पाका संस्थापक व्यवस्थापक निर्देशक, २०५३ साल देखि हालसम्म तिलोत्तमा क्याम्पसमा संस्थापक प्राचार्य, २०५६ देखि २०६५ / ०३ / ३० सम्म लुम्बिनी इन्जिनियरिङ्ग कलेजका उपाध्यक्ष र त्यस पछि वर्तमान सम्म लुम्बिनी इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट एण्ड साइन्स कलेजका संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएका प्रा.डा. रामचन्द्र आचार्यसँग इन्जिनियर खबरले शिक्षा क्षेत्रमा आफनो लामो योगदानका साथै शैक्षिक स्तर उठाउन प्रत्यक्ष गरिएको कुराकानीको सारसंक्षेप ।

-

१. लुम्बिनी इन्जिनियरिङ्ग कलेजको स्थापनाको साढे दुई दशकको इतिहास र आज सम्मको यात्राका बारेमा संक्षिप्तमा बताइदिनु होस् ।

-

लुम्बिनी इन्जिनियरिङ्ग कलेजको स्थापना विक्रम सम्बत् २०५६ अर्थात सन २००० मा स्नातक तर्फ सिभिल र कम्प्युटर सन्चालन गर्दै भएको हो । मेरो अगुवाईमा यस क्षेत्रका प्राविधिक शिक्षाको महत्व बुझेका महानुभावहरु श्रीमान् रामचन्द्र ढकालज्यू जो यस कम्पनीका समेत संस्थापक अध्यक्ष र हालपनि अध्यक्षको पदमा आसिन हुनुहुन्छ संस्थापक प्राचार्य ई. ध्रुवराज शर्मा, प्रा.डा. मोहन पन्थी, ई. सुरेन्द्र श्रेष्ठ, डा. के.एन. पाण्डे पछि जोडिनु भएका ई. डा. लेखनाथ पाण्डे, ई. राज कपुर शाह र श्री तुल्सी प्रसाद सापकोटा लगायतको सामुहिक प्रयासमा सन्चालित छ । यस शताब्दिको पचास साठीको दशक प्राविधिक शिक्षा त्यसमा पनि इन्जिनियरिङ्ग विधामा हासिल गर्न नेपाली विद्यार्थीलाई देश बाहिरै जान पर्ने बाध्यता थियो र देशमा प्राविधिक जनशक्ति अभ भर्नौ Digital युगको प्रारम्भिक काल रहेकाले आकर्षण पनि बढदो थियो । यस कलेज स्थापना गर्नुको प्रमुख उद्देश्य देशमै प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्नु र आवश्यक प्राविधिक जनशक्ति तयार गर्नु नै थियो ।

विगत साढे दुई दशकलाई नियाल्दा कलेज संचालनको क्रममा अनगिन्ति चुनौतिको सामना गर्नु परेको अनुभव स्मरण हुन्छ । प्राविधिक शैक्षिक जनशक्तिको अभाव, प्रयोगशालाका आवश्यक सामग्री देशमा उपलब्ध नहुनु र पोखरा विश्वविद्यालय त्यतिबेला नयाँ रहेकोले यस सम्बन्धि अभिभावक र विद्यार्थी वर्गलाई सुसुचित गराउने दायित्व आदि । देशमा मध्यम स्तरको प्राविधिक जनशक्ति आवश्यक छ भन्ने महसुस गरि CTEVT अन्तर्गत ३ वर्षे डिप्लोमा कार्यक्रम पनि थप गरि आगडि बढने क्रममा २०६६ देखि स्नातकोत्तर तहको कार्यक्रम M. Sc. (CM) सन्चालन गरियो । यि तिनै तह डिप्लोमा, स्नातक र स्नातकोत्तर कार्यक्रमको पुर्वाधार र प्रयोशालाको लागि बैकबाट कर्जा लिएर लगानीकर्ताको रकम थप गरि सुविधा सम्पन्न पुर्वाधार तथा प्रयोगशालाको निर्माण र व्यवस्थापन गरियो । जनशक्ति महत्वपूर्ण पाटो रहेकोले वहाँहरुको स्थायित्वको लागि संचय कोष / उपादान / बचत विदाको भुक्तानी समेतको व्यवस्था गरिएको छ । साथै शैक्षिक योग्यता वृद्धि गर्न प्रोत्साहन स्वरुप शैक्षिक भत्ता / प्राविधिक शोधझलक लेख र शोधकार्यको लागि आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था छ ।

लुम्बिनी इन्जियिनरिङ्ग कलेज पोखरा विश्वविद्यालय, शिक्षा विभाग र नेपाल सरकारबाट सम्मानित हुन सफल भएको छ । साथै नेपाल इन्जिनियरिङ्ग काउन्सिलबाट वि.स. २०७६ सालमा स्थाई सम्बन्धन प्राप्त गर्नु नै यस कलेजको शैक्षिक स्तरको सुचक हो ।

२) कलेजका पूर्व विद्यार्थी ( Alumni ) हरु अहिले कुन कुन क्षेत्रमा योगदान दिइरहेका छन् केहि उदाहरण सहित प्रष्ट पारिदिनुस ?

स्थापनाकाल देखि हालसम्म यस कलेजबाट हजारौ इन्जिनियरहरु देश विदेशमा आ आफनो क्षेत्रमा धेरै जसो जागिरेको रुपमा र अन्य केही उद्यमी, केहि Consultant को रुपमा स्थापित भइसकेका छन् । विदेशको हकमा अमेरिकाको टेस्ला कम्पनीमा सिनियर इन्जिनियरको रुपमा सागर बस्नेत, बेलायतमा उद्यमीको रुपमा सन्तोष मण्डल, अष्ट्रेलियामा नवराज पाण्डे, विनोद कुवर जसले नेपालमा पहिलोपटक International लेभलको Extratech Oval Cricket Stadium बनाइसकेका छन् । अन्य सयौ विद्यार्थीहरुले विदेशमा उच्च ओहदामा पुगेर काम गरिरहेका छन् भने नेपालमा रहेर अशोक शाह भौतिक पूर्वाधार मन्त्रालयको सचिव स्तरमा, हरि अधिकारी नागरिक उडययन प्राधकिरण एघारौ तह लगायत गुणनिधि पोखरेल, लालु गिरी, नविन सिंह, होम बहादुर ए. सी., गौतम रौनियार, सुमन श्रेष्ठ का साथै सडक, विद्युत कार्यालय, दुरसंचार कार्यालय भौतिक पूर्वाधार विकास कार्यालय, खानेपानी, सिंचाइ कार्यालय, विभिन्न सिंचाइ नगरपालिकाहरुमा र कतिपय कलेजमा प्राध्यापकको रुपमा लेकबाट उत्तिर्ण इन्जिनियरहरु हजारौको संख्यामा कार्यरत छन् । सबैको नाम लिन सम्भव नभएर उदाहरण मात्र उल्लेख गरेको छु ।

३) विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अवसर दिलाउनका लागि कलेजले के कस्ता सम्बन्ध तथा नेटवर्क निर्माण गरेको छ ?

लुम्बिनी इन्जिनियरिङ्ग कलेजले विद्यार्थीहरुलाई देश भित्र र विदेशमा पनि प्रतिष्प्रर्ध बनाउन विविध शैक्षिक, औद्योगिक र अर्न्तराष्ट्रिय नेटवर्क निर्माण गरेको छ । पोखरा विश्वविद्यालयबाट संचालित राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमीनार, गोष्ठीमा लेकबाट सहभागि भएर उत्कृष्ट क्षमता प्रर्दशन गर्नु भएको इतिहास छ । कक्षा कोठामा सिमित नगराई विद्यार्थीहरुका क्षमता प्रस्फुटन गर्न गराउन हरेक दुई वर्षमा सम्पूर्ण खर्च कलेजको तर्फबाट गर्ने गरी LEC Expo गरिन्छ, त्यसको अवलोकन प्रदेश सरकार, स्थानीय सरकार र रुपन्देही जिल्ला भरका शैक्षिक संस्थाका विद्यार्थी, उद्योगी, समाजसेवीले गर्नुहुन्छ । नेपाल इन्जिनियरिङ्ग काउन्सिलका सम्पूर्ण कार्यक्रममा उल्लेख्य सहभागिता छ । लेकका विद्यार्थीहरुले नेपालका ठूला कम्पनीहरु Kalika Construction, Nepal Electricity, Butwal Power Company, Butwal IT Hub, CAN Federation, IT Company हरुसँग सहकार्य गर्दे Tech Workshop, Hackathon, Robotics, Arduino Training/ Field Survey, E- Tabs Auto Cads, ICT Award, Bridge Design Competition, Community Surveying र Drainage Project Plan समेतमा सहभागिता भएर र कलेजले कार्यक्रम गराएर लाभान्वित गराएको छ । CTEVT को प्रोजेक्ट अन्तर्गत Masonry and Carpentry मा Short Term Training सम्पन्न गरी ४०० जना लाभान्वित भएको अवस्था छ । जसको फलस्वरुप विद्यार्थीहरु लोकसेवा / काउन्सिलको लाइसेन्स प्राप्त गर्ने र अन्य क्षेत्रमा सजिलै काम पाउने र स्थापित भइसकेका छन् । अन्तराष्ट्रिय रुपमा पनि लेकका विद्यार्थीहरु IIT, NIT, Anna University लगायत अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान र अन्य देशहरुमा पनि स्नातकोत्तर पढन छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् । विदेशी संस्था Asian Institute of Technology (AIT), Extra Tech Sydney Australia, Fourth Valley Engineering Institute Japan लगायत स्थानीय ४० भन्दा बढि संघ संस्था र Company हरुसँग MoU गरेर विद्यार्थीहरु अनुबन्धित भएका छन् । यसरी युवा इन्जिनियरहरुलाई Start-up Idea Pitching, Prototype Development, Innovation Grant प्राप्त गर्ने अवसर प्रदान गर्दै अगाडि बढाइएको छ ।

४) कलेजमा उपलब्ध शैक्षिक तथा प्राविधिक पूर्वाधार (जस्तै प्रगोगशाला, अनुसन्धान सुविधा उद्योग सँगको सहकार्य ) कस्तो अवस्थामा छन र विद्यार्थीहरुको समग्र व्यक्तित्व विकासका लागि कलेजले के कस्ता पहलहरु गरेको छ ?

लुम्बिनी इन्जिनियरिङ्ग कलेजले विद्यार्थीहरुको सुविधा र शैक्षिक उन्नयनका लागि कहिल्यै कन्जुस्याई गरेको छैन र गर्ने पनि छैन यो कलेज संचालकहरुको प्रतिवद्धता हो । कक्षा कोठामा मात्र सिमित नराखेर प्रयोगात्मक रुपमा पनि उत्तिकै जोड दिदै आवश्यकता अनुसारको प्रयोगशाला र सामानहरु उपलब्ध गराई कार्य योजना सहित ल्याबमा विद्यार्थीहरुलाई प्रत्यक्ष र लाभान्वित गराइएको छ । जसको प्रतिफल लेकबाट पास भएका विद्यार्थीहरुको Placement असाध्यै राम्रो छ । केहि विद्यार्थीहरु Learning and Earning मा जोडिएका छन्। समय समयमा ट्रेनिंग, सेमिनार, Guest Lecture,  उत्प्रेरणा कक्षाका कार्यक्रमहरुले पनि उनीहरुको व्यक्तित्व विकासमा अग्रणी भूमिका खेलेको छ । Research and Development Cell मार्फत हामीले व्यावहारिक अनुसन्धानमा जोड दिएका छौँ।  नियमित रुपमा अनलाइनमा लेक जर्नलहरु प्रकाशन भएका छन्, यसलाई अनलाइनबाट पढ्न र हेर्न सकिन्छ। 

५) नेपालमा इन्जिनियरिङ्ग शिक्षाको वर्तमान अवस्था र गुणस्तरलाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ?

नेपालमा वर्तमान इन्जिनियरिङ्ग शिक्षाको विद्यमान अवस्था त्यति उत्साहजनक नभएको अवस्था हो । हालको दश जोड दुई उत्तिर्ण हुने बित्तिकै विदेश जाने प्रवृत्तिले गर्दा युवा / युवति पलायन हुने र सरकारले विदेशी विश्वविद्यालयका कलेजहरुलाई बिना गुणस्तर जाचि अनुमोदन त्यो पनि इनटेक संख्या नतोकिकन गर्ने गरेकोले कतिपय प्राविधिक बिषय गैर इन्जिनियरिङ्ग बर्गमा राखेर अध्यापन गराउने प्रवृत्तिले, स्वदेशी विश्वविद्यालय तथा कलेजलाई ठूलो असर परेको अवस्था छ । विद्यार्थीलाई बाहिर पठाउन खोलेका केही कन्सल्टेन्सीहरुले नेपालको पढाइ राम्रो छैन भनेर दुष्प्रचार गरि विद्यार्थीहरुलाई भ्रमित बनाउने र विदेश पठाउने गरेको अवस्था छ । स्वदेशी कलेजहरुलाई विश्वविद्यालय तथ नेपाल इन्जिनियरिङ्ग काउन्सिलले नियमित अनुगमन गर्नु पर्ने विदेशी कलेजहरुको भरपर्दो अनुगमन नहुनु नै इन्जिनियरिङ्ग मात्र नभै नेपालको उच्च शिक्षा सन्चालन गर्ने संस्थाहरुलाई अप्ठ्यारो पर्ने अवस्था कायमै रहन्छ । नेपालमा दिइने इन्जिनियरिङ्ग शिक्षाको गुणस्तर अब्बल दर्जाको छ यसमा कुनै शंका गर्ने ठाउँ छैन् । हाम्रा स्नातक वा स्नातकोत्तर उतिर्ण गरेर गएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्र वा शोध कार्यमा होस आफनो उच्च कोटीको शैक्षिक क्षमता प्रदर्शन गरेका छन् । नेपालमा लिइने इन्जिनियरिङ्ग काउन्सिलको परीक्षाको नतिजा हेर्ने हो भने नेपालमा अध्ययन गरेका विद्यार्थी तथा बाहिरबाट पढेर आएका विद्यार्थीहरुको नतिजा दाँजेर हेर्दा नेपालको ५०% माथि छ भने अन्य बाहिरको १५% भन्दा पनि कम पाइएको तथ्य सार्वजनिक भएको छ । नेपाली विद्यार्थीलाई बाहिर पठाउने सक्रिय गिरोहले ठयाक्कै उल्टो भाष्य निर्माण गरेका छन कि नेपालको इन्जिनियरिङ्ग शिक्षा को स्तर छैन समयमा परीक्षा हुदैन आदि । यस तर्फ नेपाल सरकार तथा नेपाल इन्जिनियरिङ्ग काउन्सिल तथा विश्वविद्यालयहरुले समयमै ध्यान पुयाउन आवश्यक छ ।

६) इन्जिनियरिङ्ग अध्ययन गर्न प्रवेश विद्यार्थीहरुका लागि अझै विशेष गरी पश्चिम क्षेत्रका ब्द्यिार्थीहरुका लागि लुम्बिनी इन्जिनियरिङ्ग कलेज नै किन पहिलो रोजाइ हुनुपर्छ ? 

अत्यन्त महत्वपूर्ण प्रश्न । स्थापनाको समय देखि नै विद्यार्थीहरुलाई यथेष्ट सुविधा दिनुपर्छ भन्दै हामि Rookree IIT India मा पुगेर सो समयमा ख्याति प्राप्त इन्जिनियरिङ्ग संस्थालाई चाहिने आवश्यक पूर्वाधारको बारेमा अध्ययन अवलोकन गरी ल्याब सेट अप, Visiting Professor, पूर्णकालिन शिक्षकको व्यवस्था गर्दै विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रयोगात्मक रुपमा उत्तिकै सवल र सक्षम बनाउने कुरामा आकर्षित गर्दै पोखरा विश्वविद्यालय र नेपाल सरकारबाट पटक पटक सम्मानित तथा पुरस्कृत यस कलेजले नेपाल इन्जिनियरिङ्ग काउन्सिलबाट स्थायी अनुमति समेत प्राप्त गरेको छ । जुन सबै इन्जिनियरिङ्ग कलेजलाई प्राप्त छैन । यहां अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा, उपर्युक्त वातावरण र व्यवहारिक ज्ञान प्रदान गर्दै सन्तुष्ट बनाइएको छ र लेक अहिले पनि पूर्व विद्यार्थीहरुको सिफारिस सहयोग र सम्बन्धले अगाडि बढिरहेको छ । १०% छात्रवृत्तिका अलावा कलेजले प्रत्येक सेमेष्टरको परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई कक्षा प्रथम, द्वितीय र तृतीयलाई क्रमश: २५,०००/, १५,०००/ र १०,००० / नगद पुरस्कार प्रदान गर्दछ । ९०% वा सो भन्दा माथि अंक ( ४ जि.पि.ए.) ल्याउने प्रत्येक विद्यार्थीलाई रु. ६५,०००/ नगद पुरस्कार प्रदान गरिन्छ । आर्थिक अवस्था कमजोर भएका र विचमा भवितब्य घटना घटेर असाहय भएको प्रमाणित भएका विद्यार्थीहरुलाई आर्थिक रुपमा महत्वपूर्ण सहयोग समेत लेकले गरेको छ । माथिका यी प्रमाणित आधारहरु नै हुन जसले गर्दा सुदुर पश्चिमको कञ्चनपूर देखि पूर्वमा जनकपुर सम्मका विद्यार्थीहरुको रोजाईमा लुम्बिनी इन्जिनियरिङ्ग कलेज परेको छ र भविष्यमा पनि रोजाइमा हुनेछ । समग्रमा स्तिरिय शिक्षा उत्कृष्ट नतिजा, विश्वविद्यालयमा पटक पटक सर्वोत्कृष्ट हुने कलेजमा शान्त र शैक्षिक वातावरण, विद्यार्थी मैत्रि गुरुवर्ग क्षमता र व्यक्तित्व विकासका कार्यक्रम प्रशिक्षण यथोचित शुल्क, हाम्रा आदरणिय अभिभावक, Alumini लगायत सम्पूर्ण सहयोगि शिक्षक, प्रतिष्ठान आदिको सदासयताले नै लेक यस क्षेत्रको पहिलो रोजाईमा पर्न गएको हो ।

७) आगामी दिनमा लुम्बिनी इन्जिनियरिङ्ग कलेजले नेपालमा इन्जिनियरिङ्ग शिक्षाको स्तर उठाउन र प्रतिष्पर्धी इन्जिनियर उत्पादन गर्न के कस्ता रणनीति वा योजना बनाएको छ ?

स्थापनाकाल देखि नै यस कलेजले समयको माग अनुसार शुरुमा वि.सं. २०५६ सालमा स्नातकमा सिभिल र कम्प्युटर २०५७ मा CTEVT अन्तर्गत सिभिल, कम्प्युटर, इलेक्ट्रिकल स्नातकमा पछी इलेक्ट्रोनिक्स एण्ड कम्प्युनिकेसन र २०६३ मा सिभिलमा थप सेक्सन थप गरि स्नातकोत्तर तहमा M.Sc. (CM) र स्नातकमा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स र BE IT तथा BCA जस्ता विषय थप गर्नुका साथै अत्याधुनिक ल्याव तथा भौतिक संरचना पुरा गर्दै विद्यार्थीको उपलब्धिलाई प्रदर्शन गर्न Exhibition को समेत व्यवस्था गरिएको छ । इन्जिनियरिङ्ग शिक्षा प्राक्ट्रिकलमा आधारित हुने हुनाले यस्को लागि ल्याबको व्यवस्था र विद्यार्थीहरुलाई प्रोजेक्ट गर्न प्रेरित गर्ने प्राध्यापकहरुको मेहनत अत्यधिक आवश्यकता पर्दछ । हाम्रो कलेजले यस्को राम्रो व्यवस्था गरेको छ । कलेजले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने धेयले प्रत्येक सेमेष्टरको परीक्षाको नतिजाको आधारमा प्रोत्साहन स्वरुप Incetnive को व्यवस्था गरिएको छ । जस्ले गर्दा हाम्रा विद्यार्थी सेमेष्टरको नतिजामा प्रथम, द्धितीय र तृतिय स्थान प्राप्त गर्न सक्षम भै प्रतिस्पर्धी इन्जिनियर बन्ने क्रममा अग्रसर छन् । यस्को दायरा फराकिलो पार्दै विभिन्न किसिमका प्रोजेक्टको उचित पुरस्कार सहित प्रतिस्प्रर्धाको क्रम लामो अझ बढाउन दै जाने योजना छ । साथै श्रम बजारको आवश्यकता अध्ययन गरि विभिन्न Training को व्यवस्था गरि र कलेजमा अध्ययन गर्दा गर्दे अन्तिम वर्षतिर जादा केहि आर्थिक उपार्जन गर्ने अवसर मिलाउन लागि कलेजले Consultancy Services समेत शुरु गर्ने लक्ष्य समेत राखेको छ । यस प्रकार असल शिक्षक र दृढ चाहना भएका विद्यार्थीहरुको संगमले समग्र इन्जिनियरिङ्ग शिक्षाको गुणस्तर नै माथि उठने वातावरणको सृजना हुनेमा हाम्रो दृढ विश्वास छ ।

-

 

-




Leave a Comment

Your email address will not be published. Required fields are marked *