डा. मुकेश राज काफ्ले: प्राध्यापन देखि राजनीतिसम्म
Home News फिचर्ड स्टोरी

डा. मुकेश राज काफ्ले: प्राध्यापन देखि राजनीतिसम्म

इन्जिनियर खबर - Jan. 29, 2026 909825 views
images/WhatsApp_Image_2026-01-25_at_15.28.24.jpeg
images/WhatsApp_Image_2026-01-25_at_15.28.24.jpeg
Text Size

नेपालको बौद्धिक जगतमा डा. मुकेश राज काफ्लेको फरक फरक चिनीरी छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक देखि इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकसम्म । अब यिनको चिनारीमा एउटा नयाँ पहिचान थपिएको , आसन्न फाल्गुन २१ को प्रतिनिधिसभाको  निर्वाचनका लागी नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर का उमेदवार ।

images/WhatsApp_Image_2026-01-25_at_15.28.24.jpeg

२०३१ भाद्र १२ गते महोत्तरीमा जन्मिएका काफ्लेले कक्षा १० सम्मको औपचारिक शिक्षा महोत्तरीको तत्कालीन खरमारा गा.वि. स्थित सामुदायिक विद्यालय लक्ष्मी नारायण जनता मा.वि बाट पुरा गरेका थिए। सानै देखि सामाजिक, राजनैतिक देखि अतिरिक्त क्रियाकलापहरुमा चासो राख्ने काफ्ले वि.सं २०४५ सालमा कक्षा मा पढ्दा तत्कालीन पंचायत बिरुद्द अभिव्यक्ति दिएका कारण दिन सम्म हिरासतमा बस्नुपरेको थियो। २०४६ सालमा एसएलसी परिक्षा दिदा उक्त विद्यालयबाट उनी मात्र प्रथम श्रेणीमा उतिर्ण भएका थिए। महोत्तरीमा पढ्दा नै त्याहाँका सिचाई योजनामा काम गर्न आउने प्राधिविकहरुबाट उत्प्रेरित भै आफु पनि प्राविधिक धार तर्फ पढ्न इछुच्क भएको काफ्लेको बुझाइ छ।यही प्रेरणाले एसएलसी पछि उनलाई पुल्चोक क्याम्पससम्मको यात्रा तर्फ डोरायो। वि.सं २०४७ मा पुल्चोक क्याम्पसमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रममा भर्ना भएका काफ्ले वि.सं २०५१ मा विशिष्ट श्रेणीमा उतिर्ण भए। ओभरसियरको अध्ययन पश्चात काफ्लेले बैतडीमा महिना शिक्षा बिभागमा रहेर ओभरसियरको रुपमा काम गरे।

images/WhatsApp_Image_2026-01-25_at_15.28.24.jpeg

यही बिचमा उनी थप अध्ययन गर्ने निर्णय गर्दै पुल्चोक क्याम्पसमा स्नातक तहको लागी सिभिल इञ्जिनियरिङ कार्यक्रममा वि.सं २०५२ सालमा भर्ना भए। इञ्जिनियरिङ अध्ययन कै दौरानमा वि.सं २०५३ सालमा नेपाल विद्यार्थी संघको इकाई अध्यक्षको औपचारिक जिम्मेवारी प्राप्त गरे। अध्ययनको दोस्रो वर्षमा नै नेविसंघको सभापति बनेका उनले २०५३ सालमा नै भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट सभापति पदमा निर्वाचित भए। काफ्ले कै कार्यकालमा इञ्जिनियरिङमा पूर्ण शुल्किय कार्यक्रम लागु गर्ने कि नगर्ने भन्ने विषयमा ठुलो आन्दोलन भयो अन्तत उक्त कार्यक्रम  लागु भयो। इञ्जिनियरिङ शिक्षामा दुरगामी महत्वका लागी, इञ्जिनियरिङ अध्ययन संस्थानलाई आर्थिक रुपमा सबल बनाउनका लागी उक्त कार्यक्रम आजसम्म पनि लागु भै रहेको छ। त्यही पूर्ण शुल्किय कार्यक्रमले नै आज सम्म पनि इञ्जिनियरिङ अध्ययन संस्थान आर्थिक रुपमा सबल संस्थानको रुपमा रहेको छ। २०५५ सालमा स्ववियु सभापतिको कार्यकाल पुरा गरेका उनले वि.सं २०५६ सालमा इञ्जिनियरिङको अध्ययन पुरा गरे। स्नातक सम्मको औपचारिक शिक्षा पुरा गरे पछि उनी व्यवसायिक कामहरु गर्न लागे।

वि.सं २०५६ मा काफ्ले उतिर्ण भए लगतै स्थानीय बिकास मन्त्रालय अन्तर्गतको दुर्गम क्षेत्र बिकास समितिमा इन्जिनियरको रुपमा काम गरे। दुइ वर्ष काम गरे पछि वि.सं २०५८ मा सरकारले उनलाई लुम्बिनी बिकास कोषको योजना प्रमुखको रुपमा दुइ वर्षका लागी नियुक्त गरेको थियो। उनी लुम्बिनी पुग्दा  लुम्बिनी खण्डहर जस्तै थियो, गुरु योजना अनुसार थुप्रै काम गर्नु पर्ने थियो, मायादेवी मन्दिर नै खरको टहरामा थियो, युनेस्कोको विश्व सम्पदा सुचीमा सुचिकृत लुम्बिनीलाई त्यो अवस्थाबाट निकाल्न उनी नेतृत्वको समितिले निकै काम गरेको थियो। अहिले हामीले देख्ने मायादेवी मन्दिर काल्फेकै नेतृत्वमा निर्माण भएको हो। दुइ वर्ष लुम्बिनीको गुरुयोजनालाई पूर्णता दिन काम गरेका काफ्लेले २०६०मा उक्त परियोजनाबाट अलगिएर वि.सं २०६१ मा पुल्चोक क्याम्पसमा जलस्रोत इञ्जिनियरिङ विषयका लागी स्नातोकत्तर तहमा भर्ना भए। स्नातोकत्तर अध्ययन गरि रहदाँ नै उनी त्रिभुवन विश्वविद्यालयमा करार सेवामा प्राध्यापनमा जोडिएका थिए। २०६१ असर देखि थापाथली क्याम्पसमा करार सेवामा काम गरेका काफ्ले माघ देखि पुल्चोक क्याम्पसमा जोडिएका थिए। पछि वि.सं २०६८ मा उनी त्रिभुवन विश्वविद्यालयका स्थायी शिक्षकको रुपमा नियुक्त भए। स्नातोकत्तर सम्मको अध्ययन पुरा गरेका काफ्लेलाई  वि.सं २०६३ मा नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्यको रुपमा नियुक्त गरेको थियो। राजनैतिक नियुक्तीका कारण सरकार परिवर्तनसँगै करिब दुइ वर्ष पछि उनी संचालक समिति पदबाट हटे र वि.सं २०६६ मा पुन: संचालक समिति सदस्यमा नियुक्ती भए।

वि.सं. २०७१ कार्तिक १३ गतेको मन्त्रीपरिषद बैठकले काफ्लेलाई खुल्ला प्रतिष्प्रधाबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो। दिनहु करिब १२ घण्टा लोडसेडिङ हुने बेलामा प्राधिकरणको नेतृत्व लिएका काफ्लेको कार्यकाल चुनौतीपूर्ण थियो नै। एकातिर माग र आपुर्तीको बीचमा ठुलो खाडल रहेको स्थिति र अर्कातिर बिद्युत पूर्वाधारका क्षेत्रमा बिकास निर्माणका कामहरु ठप्पप्राय: रहेको अवस्थामा चमत्कारिक रुपमा बिजुली आउने अवस्था भने पक्कै थिएन । त्यो बीचमा ठुला मात्रामा भारतबाट बिजुली आयातका लागी कनेक्टीभिटिहरुको बिकास भएको थिएन । कनेक्टीभिटीका अभावले १३२ किलो भोल्टसम्मका रेडिएल मोडमा थोरै बिजुली मात्र आयात गर्नु पर्ने अवस्था थियो।आन्तरिक उत्पादनको वृद्धि गर्ने देखि भारतबाट आयात निर्यात गर्न कनेक्टीभिटीमा जोड दिनु पर्ने निष्कर्ष सहित प्राधिकरण काम गर्न लागेको थियो ।  

काफ्लेले नेतृत्व सम्हाल्दै गर्दा मुलुक पनि जटिल राजनैतिक कोर्समा थियो । वि.सं २०७२ वैशाख १२ को विनाशकारी भुकम्प र २०७२ अशोजको नाकाबन्दीको सामाना मुलुकले गर्नु परेको थियो । बैशाख १२ को भुकम्प सम्झदै डा. काफ्ले भन्दछन्, “भुकम्पले हाम्रा थुप्रै पूर्वाधारहरुमा क्षति भएको थियो त्यो समयमा ४ घण्टामा हामीले हाम्रा सारा इलेक्ट्रिक सिस्टमलाई रिस्टोर गर्न सफल भएका थियौँ, जुन अत्यन्त महत्वपुर्ण थियो, एयरपोर्ट, अस्पताल संचालनका लागी विद्युत आपुर्ती गराएका थियौ आएको थियो।“ १० वर्ष देखि खिम्ती ढल्केवर २२० केभी का प्रसारण लाइनका ६ वटा टावरहरु निर्माण कार्य सिन्धुलीमा अलपत्र अवस्थामा थियो। काफ्ले नेतृत्वको प्राधिकरणको टिमले तिब्रताका उक्त काम गरी प्रसारण लाइन पुरा गरेको थियो । काफ्लेको नेतृत्वमा प्राधिकरणले भारतसँगको विद्युत् प्रसारण तथा आयात व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । २०७२ फागुन ५ गते तत्कालीन कार्यकारी निर्देशकका रूपमा काफ्लेले नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन)बीच भएको द्विपक्षीय सम्झौतापछि भारतबाट नेपालतर्फ मुजफ्फरपुरढल्केबर विद्युत् प्रसारण लाइनमार्फत सिधै प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आयात सुरु गराएका थिए । ऊर्जा मन्त्रालयका तत्कालीन सचिव सुमनप्रसाद शर्माको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक काफ्ले र एनभीभीएनका महाप्रबन्धक ए.के. मग्गुबीच २०७२ फागुन ५ गते विद्युत् आयात निर्यात सम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतापछि भारतबाट नियमित विद्युत् आपूर्ति सुरु हुँदा हिउँद याममा देखिँदै आएको लोडसेडिङ क्रमशः कम हुँदै गएको थियो ।

यस्तै, उर्जा संकट निवारणका लागी प्राधिकरणले तयार गरेको भावी कार्यक्रम सहितको ९९ बुदाँका उर्जा संकट निवारण तथा उर्जा बिकास दशक कार्यक्रमको गुरु योजना २०७२ फाल्गुण ६ गतेको मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको थियो । उक्त योजनामा एक वर्ष भित्र आधारभुत रुपमा सुक्खा यामको लोडसेडिङ अन्त्य हुने र वर्षायामको लोडसेडिङ पूर्णतया अन्त्य हुने विभिन्न योजना पेश गरिएको थियो। आज पनि प्राधिकरण सोही कार्यक्रमको अवधारणामा अघि बढी रहेको काफ्लेको दाबी छ । बिद्युत निर्यात सम्झौता, सब स्टेशन निर्माण, विद्युत पूर्वाधारमा बिकास, काभेली कोरिडोरको दमक खण्ड सम्पन्न गराउने, कोशी कोरिडोरको निर्माण सुरु गर्ने, त्रिशुलीको ट्रान्समिसनलाइन निर्माणको सम्झौता गर्ने जस्ता ट्रान्समिसनलाइनका क्षेत्रमा दीर्घकालीन महत्वका कामहरुमा काफ्लेले जोड दिएका थिए । बदलिदो राजनैतिक परिवेश, पछिल्लो राजनीतिक सहमतिलाई मध्यनजर गर्दै गर्दा काफ्लेले २०७३ भाद्र २४ गतेदेखि प्राधिकरणको कार्यकारी निर्देशक पदबाट  राजीनामा दिए ।  

images/WhatsApp_Image_2026-01-25_at_15.28.24.jpeg

राजीनामा पश्चात् भाद्र २७ देखि पुल्चोक क्याम्पसमा नियमित पठनपाठनमा फर्किएका काफ्लेले वि.सं. २०७७ सालमा पुल्चोक क्याम्पसबाट विद्यावारिधि सम्मको अध्ययन पुरा गरे । उनी पछिल्लो ४ वर्ष देखि एम.एस्सी हाइड्रोपावर प्रोग्रामको संयोजकको जिम्मेवारीमा थिए । यो बिचमा महोत्तरीको शिक्षा, सिचाई, नदि नियन्त्रणका कामहरुमा काफ्लेको भूमिकालाई मध्यनजर गर्दै नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ ले काफ्ले सहित ५ जनालाई प्रतिनिधि सभा सदस्य उमेदवारका लागी सिफारिस गरेको थियो। पूर्णकालीन राजनीतिमा प्रवेशका लागी काफ्लेले २०८२ माघ १ बाट लागु हुने गरी पुल्चोक क्याम्पसको प्राध्यापन पेशाबाट राजिनामा दिएका थिए । २०८२ माघ ६ गते आफ्ना समर्थक सहित उमेदवारी दर्ता गराएका काफ्ले अहिले जनताका समस्या सुन्न र भोट माग्नमा व्यस्त छन्।   काफ्ले महोत्तरी१ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी, नेपाल कम्युनिष्ट पार्टीका गिरिराजमणी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो, राष्ट्रिय प्रजातन्त्र पार्टीका होमप्रसाद पोखरेलसँग भिड्दै छन् । त्यहाँ नेपाल मजदुर किसान पार्टीका कृष्णश्वरी मानन्धर, जनमत पार्टीका वीरेन्द्र महतो, जनता समाजवादी पार्टीका योगनारायण महतो काफ्लेका प्रतिस्पर्धी हुन् । अघिल्लो चुनावमा महोत्तरी१ मा एमालेका उमेदवार लक्ष्मी महतो कोइरीले २३ हजार ४०२ मत ल्याउँदै जित हासिल गरेका थिए । त्यो क्षेत्रमा कांग्रेसले तत्कालीन माओवादीलाई सघाएको थियो । माओवादीका गिरिराजमणि पोखरेलले २२ हजार ३७२ मत पाएका थिए । यसपटक कुनै पनि दलबीच औपचारिक गठबन्धन नहुँदा प्रतिस्पर्धा झनै रोचक हुने अनुमान गरिएको छ ।

images/WhatsApp_Image_2026-01-25_at_15.28.24.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *