सुदुरपश्चिम विश्वविद्यालयमा भोलि देखि तेस्रो अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने
Home News मुख्य समाचार

सुदुरपश्चिम विश्वविद्यालयमा भोलि देखि तेस्रो अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने

इन्जिनियर खबर - Feb. 16, 2026 79479 views
images/WhatsApp_Image_2026-02-16_at_15.57.47.jpeg
images/WhatsApp_Image_2026-02-16_at_15.57.47.jpeg
Text Size

सुदुरपश्चिम विश्वविद्यालयले नेपाल मटेरियल्स साइन्स सोसाइटीसँगको समन्वयमा २०२६ फेब्रुअरी १७ देखि १९ (फाल्गुन ५-७, २०८२) सम्म कन्चनपुरको महेन्द्रनगरमा आयोजना गर्न लागेको International Conference on “Heritage, Innovation and Transformation" को तेस्रो संस्करणको तयारी पुरा भएको छ ।  आज महेन्द्रनगर स्थित केन्द्रिय क्याम्पसमा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारी पुरा भएको जानकारी गराएको हो ।

images/WhatsApp_Image_2026-02-16_at_15.57.47.jpeg

सम्मेलनमा २३ देशका ३०० भन्दा बढी ख्याति प्राप्त विद्वान, अनुसन्धानकर्ता र शिक्षाविद्हरूको सहभागिता रहनेछ। सम्मेलनमार्फत संस्कृति, नवप्रवर्तन र रूपान्तरण जस्ता विषयमा शैक्षिक संवाद, अनुसन्धान निष्कर्ष र अनुभव आदन प्रदान गरिने आयोजकले जनाएको छ।

images/WhatsApp_Image_2026-02-16_at_15.57.47.jpeg

सम्मेलनका कन्भेनर एवम् सुदुरपश्चिम विश्वविद्यालयका इञ्जिनियरिङ संकायका डीन प्रा डा किसन दत्त भट्टका अनुसार सम्मेलनको उदघाटन सत्र भोलि बिहान ९ बजे सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ, "सम्मेलनको तयारी पुरा भएको छ, विभन्न देशबाट प्राध्यापकहरु आउने क्रममा हुनुहुन्छ" प्रा भट्टले भन्नुभयो। यस पटकको सम्मेलनमा सुदुरपश्चिम विश्वविद्यालयका पुर्व उपकुलपति, रजिस्ट्रार सहित सुदुरपश्चिम विश्वविद्यालयको हिजो, आज र भोलिको अवस्थाको बारेमा समेत सत्र आयोजना गर्न लागेको र प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख - उप प्रमुखको सहभागितामा स्थानीय बिकासका आवश्यकता र विश्वविद्यालयका भूमिकाका बारेमा समेत छलफल हुने आयोजकले जनाएको छ।  

सम्मेलनमा चार जना प्लेनरी बक्ता र ४४ जना आमन्त्रित बक्ताले आफ्नो प्रस्तुतीकरण गर्नु हुनेछ भने ३० जना अनुसन्धानकर्ताहरुले आफ्नो अनुसन्धानको पोस्टर प्रस्तुत गर्नु हुनेछ। यस अघि २०२२ को डिसेम्बर र २०२५ को फेब्रुअरीमा सम्मेलनको पहिलो र दोस्रो संस्करण आयोजना भएको छ। गत वर्षका सम्मेलन भन्दा यस वर्षका सम्मेलनमा थप अनुसन्धानकर्ताहरुले आफ्नो अनुसन्धानहरु प्रस्तुत गर्ने विश्वविद्यालयले जनाएको छ।

images/WhatsApp_Image_2026-02-16_at_15.57.47.jpeg

विश्वविद्यालयको शैक्षिक पहुँच विस्तार र ज्ञान प्रसारको उद्देश्यअनुसार सम्मेलनका उदघाटन सत्र, ,प्यानल छलफल तथा विभिन्न सत्रहरू फेसबुकमार्फत प्रत्यक्ष (Live) प्रसारण गरिने समेत आयोजकले जनाएको छ ।समाज, संस्कृति र इतिहास, विज्ञान, इन्जिनियरिङ र प्रविधि, कृषि, वन तथा प्राकृतिक स्रोत व्यवस्थापन, स्वास्थ्य, जनसंख्या र आप्रवासन, विकास, नीति र योजना, सुशासन, शिक्षा र वातावरण, पारिस्थितिकी, उद्यमशीलता र व्यवसाय अर्थतन्त्र लगाएतका विषयबस्तुमा छलफल हुनेछ। 

images/WhatsApp_Image_2026-02-16_at_15.57.47.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *