सगरमाथा संवाद : तीन दिनमा १२ विषयमा छलफल हुने
Home News समाचार

सगरमाथा संवाद : तीन दिनमा १२ विषयमा छलफल हुने

images/Sagarmatha_sambad_OnSiU52.jpg
images/Sagarmatha_sambad_OnSiU52.jpg
Text Size

जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायलाई जानकारी दिने उद्देश्यले काठमाडौंमा हुने सगरमाथा संवादको तयारी पुरा भएको छ । आगामी जेठ २ देखि ४ गतेसम्म हुने सगरमाथा संवादमा विदेशी पाहुनासहित जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका झन्डै ५० देशका तीन सय उच्चपदस्थ अन्तर्राष्ट्रिय पाहुनालाई निमन्त्रणा गरिएको छ । सगरमाथा संवाद सचिवालयले नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’मा उल्लेख्य रूपमा पाहुनाले चासो देखाएको र धेरैले आउने निश्चित गरिसकेको जनाएको छ ।

images/Sagarmatha_sambad_OnSiU52.jpg

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस लाई पनि निमन्त्रणा पठाईएको र उहाँले आउने चाहना भने व्यक्त गरे पनि विश्वमा हुन सक्ने घटनाले अहिलेसम्म आउने/नआउने निर्क्योल भएको छैन । भारत र चीन बाट उच्चस्तरीय प्रतिनिधि मण्डल आउने सरकारको दाबि छ। 

images/Sagarmatha_sambad_OnSiU52.jpg

के-के हुदैंछ सगरमाथा संवादका तीन दिनमा ?

जेठ २ गते काठमाडौँ स्थित होटल सोल्टीमा बिहान साढे ९ बजे प्रधानमन्त्री केपी ओली ले सम्बादको उद्घाटन गर्ने कार्यक्रम रहेको छ र उद्घाटन समारोह ११ बजेसम्म  हुनेछ । सोहीक्रममा उच्चस्तरीय प्रतिनिधिले बढीमा ५ मिनेटको सयम भित्र आफ्ना मन्तव्य राख्ने छन् ।

त्यसपछि प्लेनरी सेसन सुरू हुनेछ । जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य  विषयक प्लेनरी सेसनमा उच्चस्तरीय सत्रमा सम्बोधन गर्न नपाएका वा छुटेका उच्चस्तरका अतिथिहरूले सम्बोधन गर्नेछन्। यसमा विदेशी देशका वन तथा परराष्ट्रमन्त्री समेत सहभागी हुनेछन् । यही सेसनमा जलवायु परिवर्तनको क्षेत्रमा काम गरेका विज्ञहरूले पनि आफ्नो धारणा राख्ने छन् ।

सगरमाथा संवादको मुख्य विषयनै जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य हो । यही विषयभित्र रहेर पाँच वटा थिममा १२ वटा सेसन र तीन वटा प्लेनरी सेसन चल्नेछन् । दुई दिनसम्म सञ्चालन हुने सेसनमा राष्ट्रिय अन्तर्राष्ट्रिय अतिथिले आफ्नो धारणा प्रस्तुत् गर्ने छन् ।

पहिलो दिन

उच्चस्तरीय र प्लेनरी सेसन सकिएपछि पर्वतभन्दा बाहिर : पर्वतलाई महासागरसँग जोड्दै’ थिममा रहेर चार वटा सेसन सञ्चालन हुनेछन् । जसमा हिमनदीहरूलाई संरक्षणको जरुरी, उच्च पहाडी भूभागलाई टापुहरूसँग जोड्दै, खाद्य सुरक्षा र जलवायु अनुकूल कृषि, हिमालमा समुदायको नेतृत्वमा जलवायु सुधारका पहलहरू विषयमा सेसन चल्नेछन् । प्रत्येक सेसनलाई डेढ समय निर्धारण गरिएको छ ।

दोस्रो दिन 

दोस्रो दिन नौ बजेबाटै सेसन सुरू हुन्छ । चारबाट थिममा ८ वटा सेसनमा सहभागी हुन सकिने छ । हरित अर्थतन्त्रभित्र रहेर ‘सशक्त भविष्य : स्वच्छ ऊर्जाको उपयोग’ र ‘पर्वतको प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा सेसन सञ्चालन हुने छ । त्यसलगत्तै हानी नोक्सानीबाट बच्ने र न्यूनीकरण गर्ने उपायको थिममा ‘हिमालको जोखिम र मूल्याङ्कन, हिमालमा हुने क्षति र त्यसको सम्बोधन’ विषयमा सेसन सञ्चालन हुनेछ ।

खाना ब्रेकपछि मानवताको भविष्य र जलवायु न्याय विषयमा दिगो सहर तथा समुदाय, समावेशी भविष्य निर्माण : लैङ्गिक र अन्तरपुस्तागत समानता, हिमाली लचिलोपनका लागि विज्ञान र प्रविधिलाई जोड्ने काम र दिगो पर्वतीय अर्थतन्त्र गरी चार वटा सेसन सञ्चालन हुने छन् ।

अन्तिम थिम ४ बजेर ४५ मिनेटमा क्षेत्रीय तथा विश्वव्यापी साझेदारीमा विभिन्न क्षेत्रका विज्ञहरूले सामूहिक छलफल गर्नेछन् ।

तेस्रो दिन

images/Sagarmatha_sambad_OnSiU52.jpg

तेस्रो दिन अर्थात् जेठ ४ गते बिहान सगरमाथा संवादमा सहभागी उच्चस्तरका पाहुनालाई हवाई उडानमार्फत् सगरमाथाको अवलोकन गराउने कार्यक्रम छ । सो अवलोकनपछि १०  बजे सगरमाथा संवाद २०२५ घोषणापत्र जारी हुनेछ । दिउँसो एक बजे कार्यक्रम समापन हुनेछ । 

images/Sagarmatha_sambad_OnSiU52.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *