सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवको बढुवा गर्ने निर्णय गरेको छ ।
बढुवा हुनेमा इन्जिनियरिङतर्फ दिनानाथ मिश्र र प्रशासनतर्फ भूपाल बराल रहेका छन् ।
इन्जिनियरिङतर्फ बढुवा भएका मिश्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत थिए । प्रशासनतर्फ बढुवा भएका बराल भने वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए ।
इन्जिनियरिङतर्फ मिश्रसहित सहसचिवहरू चिरन्जिवी चटौत र जगदीश्वर कर्माचार्यको नाम पनि सिफारिस भएको थियो । प्रशासनतर्फ भने बरालसहित सहसचिवहरू डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीको नाम सिफारिस भएको थियो ।

Your email address will not be published. Required fields are marked *