नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) ले त्रिभुवन विश्वविद्यालय तथा अन्य विश्वविद्यालयहरूबाट इन्जिनियरिङ तर्फबाट स्ववियु निर्वाचनमा विजयी सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ।
एसोसियसनको Youth Engineer Welfare Committee ले सोमबार साझँ ३ बजे इन्जिनियर्स भवन पुल्चोकमा उक्त कार्यक्रम आयोजना गरेको थियो।
Youth Engineer Welfare Committee का अध्यक्ष ई. हुकुम बहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोसियसनका केन्द्रीय अध्यक्ष सुबास बराल, पुर्व अध्यक्ष हरि दर्लामी लगाएतको उपस्थिति रहेको थियो।
यस्ता कार्यक्रमहरुले नेपाल इञ्जिनियर्स एसोसिएसनप्रति युवा इञ्जिनियरहरूमा विश्वास तथा पहुँच विस्तार गर्न भूमिका खेल्ने सहभागीहरुले बताएका थिए। कार्यक्रम पछी एसोसियसनका ३३ औ कार्यकारीणी समितिका सचिव इ. रवी भुषण झाले सामाजिक संजाल फेसबुकमा लेख्दै, यस्ता कार्यक्रमहरूले NEA र भावी नेतृत्वबीच समन्वय र सहकार्यको मार्ग प्रशस्त गर्ने बताएका छन्।
Your email address will not be published. Required fields are marked *