नेपाल इन्जिनियर्स एसोसिएसन र इन्भेष्टमेन्ट मेगा बैंक बिच व्यावसायिक सम्झौता
Home News समाचार

नेपाल इन्जिनियर्स एसोसिएसन र इन्भेष्टमेन्ट मेगा बैंक बिच व्यावसायिक सम्झौता

images/nimb2025-06-06-01-31-46.png
images/nimb2025-06-06-01-31-46.png
Text Size

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)बिच व्यावसायिक सम्झौता भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)  बिच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो  सम्झौता भएको हो।

images/nimb2025-06-06-01-31-46.png

नेपाल इन्भेष्टमेन्ट  मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका तर्फबाट अध्यक्ष सुभाषचन्द्र बरालले हस्ताक्षर गरेका हुन्। दुवैको हस्ताक्षरसँगै व्यावसायिक सेवा आरम्भ गरिएको छ। यस सम्झौतामार्फत  एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ।

images/nimb2025-06-06-01-31-46.png

सोही सम्झौताअनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी बैंकको २७५ वटा शाखा (https://www.nimb.com.np/personal-banking/branches) मार्फत  प्रोफेसनल बचत खाता खोली १० लाखको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिट/ क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका  प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । 

images/nimb2025-06-06-01-31-46.png

यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)का सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ । 

images/nimb2025-06-06-01-31-46.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *