पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीका उपलब्धि: काउलीका रोग पत्ता लगाउने Plant Care
Home News शिक्षा

पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीका उपलब्धि: काउलीका रोग पत्ता लगाउने Plant Care

इन्जिनियर खबर - June 7, 2025 3173 views
images/WhatsApp_Image_2025-06-07_at_8.22.03_AM.jpeg
images/WhatsApp_Image_2025-06-07_at_8.22.03_AM.jpeg
Text Size

पोखरा । पोखरास्थित इञ्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतको पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहरूले काउलीको पात स्क्यान गरेर रोग पहिचान गर्न सकिने ‘प्लान्ट केयर’ एप तयार पारेका छन् ।

images/WhatsApp_Image_2025-06-07_at_8.22.03_AM.jpeg

कम्प्युटर इञ्जिनियरिङ्ग कार्यक्रममा सातौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु आशिष सिग्देल, इन्द्रप्रसाद सापकोटा, सिजन पौडेल र स्नेहा क्षेत्रीले एप तयार गरेका हुन्। उनीहरुले कम्प्युटर तथा इलेक्ट्रोनिक्स विभागका विभागीय उपप्रमुख नवीन लामिछानेको सुपरिवेक्षणमा छैटौ सेमेस्टरको परियोजना कार्य अन्तर्गत यो एप तयार गरेका हुन्।

images/WhatsApp_Image_2025-06-07_at_8.22.03_AM.jpeg

एप निर्माण गरेकी स्नेहा क्षेत्रीका अनुसार काउली  खेती गर्ने किसानहरूलाई पातमा देखिने सामान्य रोगहरू पहिचान गर्न सहयोग पुर्‍याउने उद्देश्यले प्लान्ट केयर (Plantcare) विकसित गरिएको हो। "यो एक मेसिन लर्निङ्गमा आधारित प्रयोग हो" उनले भनिन्, "यसमा प्रयोगकर्ताहरूले फोटो खिचेर अपलोड गर्ने वा प्रत्यक्ष स्क्यान गरेर संभावित रोगहरूको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन्। रोग पहिचान गरे सँगै त्यसको समाधानका उपायहरु समेत सल्लाह स्वरूप प्रदान गरिन्छ।" उनका अनुसार सामाधानका लागी गर्न पर्ने उपायहरु अंग्रेजी र नेपाली दुवै भाषामा पढ्न र सुन्न सकिनेछ।

सुरुमा विभिन्न अनुसन्धानपत्रको अध्ययन गरेर उपलब्ध डेटाको प्रयोगमा आधारित ‘मसिन लर्निङ मोडेल तयार पार्ने प्रयास गरिएको र पछि पुरानचौर क्याम्पस र मालेपाटन कृषि सहकारीको सहयोगमा विभिन्न प्रजातिका काउलीका पातहरूका ८०० भन्दा बढी फोटो संकलन गरी कृषि विज्ञहरूसँग सहकार्य गरी YOLOv8 मोडेलमा तयार गरिएको उनले बताइन् ।

प्लेस्टोरमा राख्न केही खर्च लाग्ने भएकाले हाल गिटहबमा ‘Plant Care’ नाममा एप उपलब्ध भएको उनले बताइन् । साथै भविष्यमा एपलाई अझ प्रयोगकर्तामैत्री बनाउँदै बजारमा ल्याउने लक्ष्य आफूहरूले राखेको उनले सुनाइन् ।

कसरी बन्यो योजना ?

इञ्जिनियरिङ्ग अध्ययन संस्थानमा कम्प्युटर इञ्जिनियरिङ्ग विषयको छैटौ सेमेस्टरमा Minor Project बिषय छ, जसमा विद्यार्थीहरुले आफुले अध्ययन गरेका बिषयहरुलाई प्रयोगात्मक रुपमा प्रयोग गरी विभिन्न प्रकारका मोडेलहरु बनाने गर्दछन्। पोखरामा काउलीको ठुलो मात्रामा खेती हुने र अधिकांश काउलीहरुमा रोग पनि देखिने गरेको उनीहरुले सुन्दै आएका थिए।  जस अनुरुप यसको समस्या पहिल्याई समाधानका उपायहरु समेत दिने गरी उनीहरुले एप बनाउने निर्णय गरेको र सो जानकारी प्रोजेक्ट सुपरभाइजर नवीन लामिछानेलाई बताए पछि सुपरिवेक्षकको सुपरिवेक्षणमा उक्त काम उनीहरुले गरेका हुन। २०८१को माघ देखि चैत्रसम्म गरिएको अध्ययन, अनुसन्धान, डाटा विश्लेषणको आधारमा मोडेल तयार भएको हो।

images/WhatsApp_Image_2025-06-07_at_8.22.03_AM.jpeg

 

images/WhatsApp_Image_2025-06-07_at_8.22.03_AM.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *