नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजा अनुसार अनेरास्ववियुको ९ सदस्यीय पदाधिकारीमा २ जना इन्जिनियरिङ बिधाका छन् ।
उपाध्यक्षमा निर्वाचित ई. बिकास श्रेष्ठ र सचिवमा निर्वाचित ई. रचना सपकोटा पेशाले इन्जिनियर हुन् ।
ई. बिकास श्रेष्ठले नेशनल कलेज अफ इन्जिनियरिङबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक सम्मको अध्ययन पुरा गरेका छन् । उनले यस अघि प्राबिधिक विद्यार्थी संघ नेपाल (TSAN) का अध्यक्ष र इन्चार्जका समेत भुमिका निभाइ सकेका छन् ।
साथै सचिवमा निर्वाचित ई. सापकोटा पनि पेशाले सिभिल इन्जिनियर नै हुन् । उनले सिभिल इन्जिनियरिङ विषयमा स्नातक गरेका छन् । पोखरा विश्वविद्यालयको भरतपुर स्थित युनाइटेड टेक्निकल कलेजबाट सिभिल इन्जिनियरिङ बिषयमा स्नातक गरेकी उनी हाल सोही कलेजबाट कन्स्ट्रक्सन म्यानेज्मेन्ट विषयमा स्नातकोत्तर गर्दै छिन् ।
पदाधिकारीका अतिरिक्त सचिवालय सदस्य, केन्द्रिय सदस्य तथा बिभिन्न आयोगका पदाधिकारीहरुमा समेत ठुलो संख्याका इन्जिनियर / आर्किटेक्ट निर्वाचित भएका छन् ।

Your email address will not be published. Required fields are marked *