अध्ययन बिदा लिएर नफर्किएका त्रि.वि. का ४ सय प्राध्यापकमाथि कारबाहीको सिफारिस
Home News शिक्षा

अध्ययन बिदा लिएर नफर्किएका त्रि.वि. का ४ सय प्राध्यापकमाथि कारबाहीको सिफारिस

इन्जिनियर खबर - June 13, 2025 364 views
images/6BDF4654-7D1B-465B-89CE-E4D4B39D89EB.jpeg
images/6BDF4654-7D1B-465B-89CE-E4D4B39D89EB.jpeg
Text Size

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा लिएर सेवामा नफर्किने प्रवृत्ति बढेसँगै कारबाही प्रक्रिया अघि बढाइएको छ।

images/6BDF4654-7D1B-465B-89CE-E4D4B39D89EB.jpeg

विश्वविद्यालयले गठन गरेको खोजबिन समितिले ४ सय जना प्राध्यापकको बिदा दुरुपयोग भएको निष्कर्ष निकाल्दै उनीहरूमाथि कडा कारबाहीको सिफारिस गरेको हो। तीमध्ये १ सय ८७ जना विदेश गएर फर्किएका छैनन् भने २ सय १३ जनाले अध्ययन सम्पन्न गरेको प्रमाणसमेत पेश गरेका छैनन्।

images/6BDF4654-7D1B-465B-89CE-E4D4B39D89EB.jpeg

जीवन काफ्लेको संयोजकत्वमा बनेको समितिले साढे चार महिनाको अनुसन्धानपछि तयार पारेको प्रतिवेदन त्रिविका उपकुलपतिलाई बुझाइएको छ।

समितिले बिदा अवधि पूरा भएपछि पनि नफर्केका प्राध्यापकहरूमाथि ५ वर्षको तलब भत्ता र त्यसमा थप १० प्रतिशत ब्याजसहित करिब डेढ अर्ब रुपैयाँ असुल गर्ने सिफारिस गरेको छ।

सम्बन्धित कानुनअनुसार, निर्धारित समयपछि सेवामा नफर्केमा अध्ययन बिदाका नाममा पाएको सम्पूर्ण सुविधा ब्याजसहित फिर्ता गर्नुपर्ने प्रावधान छ।

images/6BDF4654-7D1B-465B-89CE-E4D4B39D89EB.jpeg

यसरी बिदाको नाममा विदेश गएर विश्वविद्यालयमा नफर्किने प्राध्यापकहरूबारे यो पहिलो ठोस कदमको रूपमा लिइएको छ।

images/6BDF4654-7D1B-465B-89CE-E4D4B39D89EB.jpeg

Leave a Comment

Your email address will not be published. Required fields are marked *