वायु प्रदूषणले नेपालीहरूको उमेर तीन वर्षभन्दा धेरैले घटाइरहेको छ: विश्व बैंक
Home News समाचार

वायु प्रदूषणले नेपालीहरूको उमेर तीन वर्षभन्दा धेरैले घटाइरहेको छ: विश्व बैंक

images/world-bank-1750156859.jpg
images/world-bank-1750156859.jpg
Text Size

वायु प्रदूषणको कारण नेपालीहरूको औसत आयु ३ वर्ष चार महिनाले घटिरहेको एक अध्ययनले देखाएको छ। विश्व बैंकको 'टुवाड्र्स क्लिन एयर इन नेपालः बेनिफिट्स, पोलुशन सोर्सेस एण्ड सोलुसन' नामक प्रतिवेदनले यस्तो उल्लेख गरेको हो। सो प्रतिवेदन आज (मंगलबार) सार्वजनिक गरिएको हो।प्रतिवेदनमा भनिएको छ, 'गत एक दशकलाई नै हेर्ने हो भने वायु प्रदूषण सुधारमा कुनै महत्त्वपूर्ण काम हुन सकेको छैन, काठमाडौं र तराई वायु प्रदूषणको मुख्य थलो भएको छ।'

images/world-bank-1750156859.jpg

काठमाडौं र तराईको हावामा २.५ माइक्रोमिटरभन्दा साना धुलोको कण (पार्टिकुलेट म्याटर/पिएम) विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको भन्दा धेरै छ। काठमाडौंमा २.५ पिएमको तह प्रति क्युबिक मिटर ३७ र तराईमा ३९ पाइएको छ। प्रति क्युबिक मिटरमा यस्ता साना धुलोका कण कति एकाग्र भएर रहेका छन् भनेर यसले देखाउँछ। डब्लुएचओले यस्तो २.५ पिएमको तह प्रति क्युबिक मिटर ५ सम्म भएमा हावा एकदमै सुरक्षित मान्ने गरेको छ।

images/world-bank-1750156859.jpg

३५ देखि ५५ सम्म भएमा संवेदनशिल र ५५ देखि १५५ सम्मलाई स्वस्थ मानिस पनि अस्वथ्य हुन थाल्ने मानिन्छ। कतिपय समयमा भने काठमाडौंको हावामा २.५ पिएमको तह प्रति क्युबिक मिटर ४० समेत नाघ्ने गरेको छ। प्रतिवेदनमा थप भनिएको छ, 'वायु प्रदूषणले नेपालीहरूको औसत आयु मात्रै घटाएको छैन, यसैको कारण प्रतिवर्ष करिब २६ हजार मानिसहरूको मुत्यु भइरहेको छ।'प्रतिवेदनका अनुसार नेपालमा कुपोषण र धूमपानबाट हुनेको भन्दा धेरै मृत्यु वायु प्रदूषणबाट हुने गरेको छ। 

'वायु प्रदूषणको कारण आमाको कोखदेखि नै बच्चा अस्वथ्य हुन थालेका छन्,' प्रतिवेदन सार्वजनिक कार्यक्रममा डा. रक्षा पाण्डेले भनिन्,'स्वच्छ हावा मानवको आधारभूत अधिकार हो, यसलाई सुधार्न सरकारले कुनै पहल नगरेर अपराध गरिरहेको छ।' वायु प्रदूषणको असरको आर्थिक लागत समेत रहेको बताइएको छ। यस्तो लागत नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ६ प्रतिशत बराबर हुने प्रतिवेदनमा बताइएको छ। 

images/world-bank-1750156859.jpg

हाल नेपालमा दाउराबाट खाना पकाउने कारणले, सवारी साधनबाट, उद्योगबाट, बनमा लाग्ने डढेलो र सीमापारबाट हुने प्रदूषणले वायुको गुणस्तर घटाइरहेको छ। नेपालमा वायुको गुणस्तर सुधारका लागि नीतिगत रूपमा समेत काम गर्नुपर्ने कार्यक्रमका वक्ताहरूले बताएका छन्। उद्योग क्षेत्रमा रहेका परम्परागत बोइलर (औद्योगिक उत्पादनको कारण निस्किने तापलाई ग्यासमा रूपान्तरण गर्ने ट्युब) परिवर्तन गर्ने, यसको विकल्पमा बायोमासमा जानुपर्ने उनीहरूले बताए।त्यस्तै, स्वच्छ यातायातको रणनीति लिनुपर्ने, घरायसी प्रयोजनमा खाना बनाउन विद्युतीय उपकरणमा प्रोत्साहन गर्नुपर्ने लगायतका सुझाव दिइएको छ।

images/world-bank-1750156859.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *