काठमाडौँ, चितवनको राप्ती नगरपालिका ४ स्थित खहरे खोलाको पुलमा शनिबार बिहान करिब १०:२५ तिर भएको सडक दुर्घटनाबाट ७ जनाको मृत्यु भयो। पुर्व पश्चिम राजमार्गको चल्तीको सडकमा यात्रुबाहक बस र इलेक्ट्रिक माइक्रो एक आपसमा ठोकिदा एकै परिवारको तीन सहित सात जनाको मृत्यु र एक गम्भीर सहित जम्मा २४ जना घाइते हुँदा फेरी एक पटक सडक सुरक्षाको बहस सतहमा आएको छ। अझ गम्भीर कुरा त के छ भने नवजात शिशुलाई जन्म दिन नारायणघाट हिडेकी २७ बर्षीय रेनुका कंडेलले गर्भमा भएको शिशु, श्रीमान् र सासु सहित ज्यान गुमाउनु पर्यो।
नेपालमा भै रहने यस्ता सडक दुर्घटनाका घटना भने कुनै नौला होइनन्। प्रत्यक महिना यस्ता दुर्घटनाहरु दोहोरिरहेको तथ्याङ्क नेपाल प्रहरीसंग छ।
औसतमा दिनहु ६ जनाको मृत्यु
नेपाल प्रहरीका अनुसार अघिल्लो बर्षमा मात्र ३९८२० सवारी दुर्घटनामा पर्दा २३८६ जनाले ज्यान गुमाए ६७१४ जना गम्भिर घाइते भएका छन्। सडक दुर्घटना परी २०२ जना बालबालिकाले समेत अनाहकमा ज्यान गुमाएका छन्।
नेपाल प्रहरीका अनुसार गत वर्षको कार्तिक महिनामा मात्र २५८ जनाको मृत्यु भएको थियो भने ६२५ जना गम्भिर घाइते र २६७५ जना सामान्य घाइते भएका थिए। प्रहरीले उपलब्ध अराएको तथ्यांक अनुसार गत बर्षमा दुर्घटनामा परेका ३९८२० सवारी मध्य २२६३० मोटर साइकल रहेको छ। जुन कुल दुर्घटनाको करिब ६०% हुन आउछ। बर्षेनी सवारी साधनको संख्या बढ्दै जादा दुर्घटनाका प्रकार र संख्यामा समेत वृद्धि हुन लागेको छ। चालकको लापरवाही, चेतनास्तरको कमी, साघुरा र अध्यारा सडकका कारण दुर्घटनाका संख्या बढ्दै बिज्ञहरु बताउछन।
Your email address will not be published. Required fields are marked *