भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
Home News मुख्य समाचार

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

images/1592735627-qahms.jpg
images/1592735627-qahms.jpg
Text Size

नेपाल र चीनको भूभागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीले ठुलो जनधनको क्षति गरेको छ। जल तथा मौसम  विभागले ठुलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ। 
विश्व मौसम सङ्गठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास फ्लड गाइडेन्स प्रणाली) को स्याटेलाइट–आधारित वर्षा अनुमान अनुसार पनि भोटेकोसी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन । 

images/1592735627-qahms.jpg

हिमताल फुटेको आशङ्का
विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन या नेपालको क्षेत्रमा पर्ने कुनै पनि हिमताल एक्कासि फुटेर बाढी गएको हुन सक्ने आशङ्का गर्नुभएको छ। “ठुलो वर्षा नहुँदा पनि बाढी जानु भनेको हिमताल कतै फुटेको पनि हुन सक्छ,” उहाँले भन्नुभयो। “अहिल्यै नै कारण यकिन गर्न त सक्दैनौँ तर कारण खोजिरहेका छाैँ। थप अध्ययन गरेर हामी दुइ–तीन दिनभित्रै सत्यतथ्य वितरण सार्वजनिक गर्ने छौँ।” इन्जिनियरिंग अध्ययन संस्थान अन्तर्गतको विपद अध्ययन केन्द्रका निर्देशक डा. बसन्त राज अधिकारीले हिमनदी माथिको हिउ पग्लेर पानी बगी बाढीको रुप लिएको हुन सक्ने प्रारम्भिक अध्ययन भएको बताउनु भयो।   

images/1592735627-qahms.jpg
images/1592735627-qahms.jpg

प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार आज भोटेकोसी बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। महाशाखाका अनुसार आज  बिहान ३ बजे आसपास भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठुलो बाढी प्रवेश गरेको देखिन्छ। 
“रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्याङ्कअनुसार बिहान ३ :१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३।५ मिटर बढेको देखिन्छ,” महाशाखाका बाढीविद् पराजुलीले भन्नुभयो, “रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल विभागको रसुवास्थित स्याफ्रुबेँसी स्वचालित जलमापन केन्द्रमा बिहान ३ :३० बजे एक्कासि बहाव बढेको देखिन्छ। उक्त केन्द्रमा बिहान ३ :३० बजे ३।६५ मिटर रहेको जलसतह एक्कासि ३ :४० बजे ५।३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको देखिन्छ। उक्त केन्द्रका गेजरिडरसँग बिहान ६ बजे आसपास सम्पर्क कायम भएको र निजका अनुसार केन्द्र बगाएको जानकारी प्राप्त भएको छ।”
रसुवागढी नाकाबाट करिब ४१ किलोमिटर तल यस विभागको नुवाकोटस्थित त्रिशूली वेत्रावती स्वचालित जलमापन केन्द्रमा आज बिहान ५ :०० बजे उक्त बहाव पुगेको प्रतिवेदनमा उल्लेख छ। 

images/1592735627-qahms.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *