६३औं इन्जिनियर्स दिवस दुई दिन मनाइने
Home News मुख्य समाचार

६३औं इन्जिनियर्स दिवस दुई दिन मनाइने

इन्जिनियर खबर - July 14, 2025 306 views
images/1000372955.jpg
images/1000372955.jpg
Text Size

काठमाडौं, असार ३० —
नेपाल इन्जिनियर्स एशोसिएसनले आफ्नो ६३औं स्थापना दिवस आगामी साउन २ र ३ गते भव्यताका साथ मनाउने भएको छ। ‘Engineers and AI: Creating Impact’ भन्ने नारासहित आयोजना हुने कार्यक्रम ललितपुरको द प्लाजा मा सम्पन्न हुनेछ।

images/1000372955.jpg

एशोसिएसनले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार, साउन २ गते (१८ जुलाई २०२५) विभिन्न पाँच वटा प्राविधिक सत्रहरू संचालन हुने छन्। ती सत्रहरूमा स्मार्ट सिटी, ऊर्जा रूपान्तरण, यातायात र डिजिटल पूर्वाधार, तथा जलवायु लचिलो अर्थतन्त्र लगायतका विषयमा नीतिगत र प्राविधिक बहस गरिनेछ। सत्रहरूको अध्यक्षता सम्बन्धित मन्त्रालयका सचिवहरूले गर्नेछन्। प्रत्येक सत्रमा विषयगत विशेषज्ञ, सरकारी प्रतिनिधि, युवा इन्जिनियर तथा निजी क्षेत्रका विज्ञहरूको सक्रिय सहभागिता रहनेछ।

images/1000372955.jpg

कार्यक्रमको दोस्रो दिन साउन ३ गते (१९ जुलाई २०२५) बिहान दुई वटा प्राविधिक सत्रहरू हुनेछन्। ती सत्रहरूमा पूर्वाधारमा इन्जिनियरहरूको उत्तरदायित्व, राष्ट्रिय बजेट २०८२/८३ को समीक्षा र इन्जिनियरिङ् पूर्वाधारको प्राथमिकता जस्ता विषयमा छलफल गरिने एसोसियसनले जनाएको छ।  

images/1000372955.jpg

कार्यक्रमको समुद्घाटन सत्र बेलुका तीन बजेपछि सुरु हुनेछ। समुद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहनेछ भने अन्य मन्त्रीहरू, सचिवहरू, सम्बन्धित निकायका उच्चपदस्थ अधिकारीहरूको पनि उपस्थिति रहनेछ। समारोहमा नेपाल इन्जिनियर्स एशोसिएसनले हरेक वर्षजस्तै प्रदान गर्दै आएको 'इन्जिनियरिङ सम्मान' वितरण गरिनेछ। विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याएका इन्जिनियरहरूलाई सम्मान गरिने तयारी गरिएको छ। यस पटक विभिन्न विधाका सर्वोत्कृष्ट इन्जिनियर्सहरुको नाम सार्वजनिक गरी सकेको छ। 
६३ वर्ष लामो इतिहास बोकेको नेपाल इन्जिनियर्स एशोसिएसनले  यो पटकको इन्जिनियर्स दिवसलाई प्रविधि र उत्तरदायित्वको संगम बनाउँदै, इन्जिनियरिङ पेशाले मुलुकको नीति, पूर्वाधार र वातावरणीय परिवर्तनमा गर्न सक्ने दीर्घकालीन प्रभावबारे केन्द्रित गरिरहेको छ। ‘Engineers and AI: Creating Impact’ भन्ने मूल नाराले इन्जिनियरहरूलाई नयाँ प्रविधिहरू विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्ससँग सुसज्जित बनाई अबको नेपाल निर्माणमा अग्रणी भूमिका खेल्न प्रेरित गर्ने उद्देश्य लिएको छ।
कार्यक्रमपछि साँस्कृतिक प्रस्तुति, संगीत, र रात्री भोजसहितको अनौपचारिक भेटघाट सत्र पनि आयोजना गरिनेछ। यसले सहभागि इन्जिनियरहरूबीच आपसी सम्बन्ध बलियो बनाउने अपेक्षा गरिएको छ।

images/1000372955.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *