नेपाल आयल निगमको सिनामंगल स्थित हवाई इन्धन डिपोको DPR तयार भोलि हस्तान्तरण
Home News मुख्य समाचार

नेपाल आयल निगमको सिनामंगल स्थित हवाई इन्धन डिपोको DPR तयार भोलि हस्तान्तरण

इन्जिनियर खबर - July 23, 2025 137 views
images/Design.jpg
images/Design.jpg
Text Size

नेपाल आयल निगमको सिनामंगल स्थित हवाई इन्धन डिपोको DPR तयार भएको छ। तयार भएको बिस्तृत परियोजना प्रतिबेदन भोलि बिहान ११ बजे कन्सल्टेन्सी सेवाले नेपाल आयल निगमलाई एक विशेष कार्यक्रमका बिच हस्तान्तरण गर्नेछ। नेपाल आयल  निगम र त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान, कन्सल्टेन्सी सेवा बिच गत मङ्सिर ५ मा DPR तयारको लागी १ करोड ९८ लाख नेपाली रुपैयाँमा सम्झौता भएको थियो।  
यस अघि नै इन्जिनियरिङ अध्ययन संस्थानले निगमलाई प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ र बिस्तृतमा प्रस्तुतीकरण समेत दीइ सकेको छ। प्रारम्भिक प्रतिवेदन र पटक पटकको छलफल पछी कन्सल्टेन्सी सेवाले भोलि अन्तिम प्रतिबेदन बुझाउने भएको हो।  
प्रारम्भिक प्रतिवेदनअनुसार डिपो स्थानान्तरण गर्न करिब रु सात अर्ब लागत अनुमान गरिएको छ ।
प्रस्तावित निर्माणस्थलमा ‘अमेरिकी पेट्रोलियम इन्स्टिच्युड’ ए.पि.आई. मापदण्डअनुसारको हवाई इन्धन भण्डारणका लागि तीन हजार किलोलिटर क्षमताका दरले आठ वटा ‘भर्टिकल ट्याङ्क’ र अग्नि नियन्त्रणका लागि दुई पानी ट्याङ्की निर्माण गरिने परियोजना प्रमुख ई. प्रदिप यादवको भनाइ छ । आठ वटा ट्यांकको डिजाइन गरीए पनि पहिलो चरणमा ५ वटा मात्र ट्यांकको निर्माण गर्ने र यसले हालको माग अनुसार करिब ३० दिनको मागलाई धान्न सक्ने कन्सल्टेन्सी सेवाका प्रमुख सह प्रा. नारायण गौतमले बताउनु भयो। यो हवाई इन्धन डिपो नेपालकै अत्याधुनिक हवाई इन्धन डिपो हुने गौतमले बताउनु भयो। 
अन्तरराष्ट्रिय मापदण्डभन्दा बाहिर रहेको सिनामङ्गलस्थित डिपोका कारण हवाई उड्डयन क्षेत्रसमेत जोखिममा रहेको अवस्थालाई मध्यनजर गरी डिपो स्थानान्तरण गर्न लागिएको हो । अन्तरराष्ट्रिय मापदण्डअनुसार विमानस्थलको धावन मार्गदेखि ट्याक्सीे वेबीच हुनुपर्ने निश्चित दूरी कायम गर्न निगमको डिपो करिब आधा हटाउनुपर्ने अवस्था रहेका बताइएको छ ।
मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२ दशमवलव पाँच मिटर हुनुपर्ने अन्तरराष्ट्रिय मापदण्ड भए पनि अहिले विमानस्थलमा सो दूरी करिब ९० मिटर मात्रै रहेको छ । पछिल्लो समय हवाई साधनको चाप बढेको तथा हवाई इन्धनको मौज्दात कम हुँदै गएकाले पनि डिपो स्थानान्तरणको आवश्यक भएको निगमको भनाइ छ ।      

Leave a Comment

Your email address will not be published. Required fields are marked *