नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को ८ औं केन्द्रिय कार्यकारिणी समितिको आगामी भाद्र १४ गते हुने निर्वाचनको लागि ई. धनेन्द्र केसी र ई. रवि भुषण झा ले आ-आफ्नो प्यानल सहित अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
ई. धनेन्द्र केसीको नेतृत्वमा दर्ता गरिएको टिममा रहेका उम्मेदवारहरू:
अध्यक्ष: धनेन्द्र केसी
उपाध्यक्ष: ई. सागर शम्शेर शाही
महासचिव: भुपेन्द्र श्रेष्ठ
उप–महासचिव: सन्तोष नेपाल
कोषाध्यक्ष: ई. रस्मिता बन्जारा
उक्त टिमलाई नेपाल इन्जिनियर्स एसोसिएसनका वर्तमान अध्यक्ष सुवास चन्द्र बराल, पूर्व अध्यक्ष हरि दर्लामी, तथा सिडेनका वर्तमान अध्यक्ष लक्ष्मण केसी लगायतको समूहले समर्थन जनाएको छ।
त्यस्तै, ई. रवि भुषण झाको नेतृत्वमा प्रस्तुत टिममा रहेका उम्मेदवारहरू:
अध्यक्ष: ई. रवि भुषण झा
उपाध्यक्ष: ई. मदन पुरी
महासचिव: ई. सुदर्शन शर्मा
उप–महासचिव: ई. खगेन्द्र अवस्थी
कोषाध्यक्ष: ई. सुजित कोइराला
ई. झाको प्यानललाई सिडेनका पूर्व पदाधिकारीहरू उमेश थानी, नारायण अधिकारी, तथा NEA का वर्तमान महासचिव विनोद प्रकाश पण्डित सहितको समूहले समर्थन गरेका छन्।
दुबै प्यानलले संगठनको सशक्त नेतृत्व, पारदर्शिता, र इन्जिनियरहरूको हकहितका लागि कार्य गर्ने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन्। निर्वाचनको मिति नजिकिंदै जाँदा चुनावी सरगर्मी बढ्दो क्रममा छ।
सोही दिन सातै प्रदेशमा एकै पटक तेस्रो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचन समेत हुनेछ।
Your email address will not be published. Required fields are marked *