काठमाडौं — त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ संस्थान (IOE) द्वारा सञ्चालन भइरहेको BE/BArch प्रवेश परीक्षा 2025 आजसम्म व्यवस्थित, शान्तिपूर्ण र प्रविधिमैत्री ढंगले सञ्चालन भइरहेको छ।
अगस्ट २१ का दिन TU का उपकुलपति प्रा.डा. दीपक अर्याल ले पुलचोकस्थित ICTC परीक्षा केन्द्र*को अवलोकन भ्रमण गरेका थिए। उनलाई IOE डीन प्रा.डा. सुशील बहादुर बज्राचार्यले स्वागत गर्दै परीक्षा प्रणालीबारे जानकारी गराएका थिए। निरीक्षणपछि उपकुलपति डा. अर्यालले भने, “यो मेरो IOE मा पहिलो औपचारिक भ्रमण हो र यहाँको अत्याधुनिक तथा सुव्यवस्थित कम्प्युटर आधारित परीक्षा प्रणाली देखेर म सन्तुष्ट छु।”
प्रवेश परीक्षा अगस्ट १९ देखि देशभरका मान्यता प्राप्त परीक्षा केन्द्रहरूमा सञ्चालन भइरहेको छ। कम्प्युटर आधारित प्रणाली (CBT) मार्फत लिइँदै आएको यो परीक्षा पारदर्शिता, निष्पक्षता र आधुनिक प्रविधिको प्रयोगमा आधारित रहेको IOE प्रशासनले जनाएको छ। परीक्षार्थीहरूको सहभागिता उच्च रहेको र व्यवस्थापन सन्तोषजनक देखिएको IOE ले जनाएको छ। परीक्षा सम्पन्न नभएसम्म निरन्तर निगरानी र आवश्यक सहजीकरण कार्य जारी रहनेछ।
४,३४४ सिटका लागि सञ्चालित यो प्रवेश परीक्षामा करीब ११,५०० विद्यार्थीहरू सहभागी भएका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बद्ध क्याम्पसहरूमा सञ्चालन भइरहेको यो कम्प्युटर आधारित परीक्षा दशौँ हजार विद्यार्थीहरूका लागि ठूलो सहजता र राहतको विषय बनेको छ। महिनौँदेखिको तयारीपछि निष्पक्ष, प्रविधिमैत्री र व्यवस्थित रूपमा परीक्षा सञ्चालन हुनु प्रतिस्पर्धी विद्यार्थीहरूका लागि उत्साहजनक उपलब्धि मानिएको छ
Your email address will not be published. Required fields are marked *