ई. दीपक कुमार साह: बरिष्ठ ऊर्जा विज्ञ देखि माननीय सांसद सम्म
Home News फिचर्ड स्टोरी

ई. दीपक कुमार साह: बरिष्ठ ऊर्जा विज्ञ देखि माननीय सांसद सम्म

इन्जिनियर खबर - March 9, 2026 5544228 views
images/637701563_10164602160199810_1244377466139579872_n.jpg
images/637701563_10164602160199810_1244377466139579872_n.jpg
Text Size

ऊर्जा तथा जलविद्युत क्षेत्रका विज्ञ ई. दीपक कुमार साह सुनसरी ४ बाट  प्रतिनिधि सभा सदस्य पदमा बिजयी भएका छन्। सुनसरी-४ मा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का दीपककुमार साह निर्वाचित भएका हुन् । आइतबार साँझ सम्पन्न मतगणनामा रास्वपा उम्मेदवार साहले ४२ हजार ७४१ मत प्राप्त गर्दै जित निकालेका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पूर्व अर्थमन्त्री कार्कीले १६ हजार ५८७ मतमा सीमित भए । यो फराकिलो मतान्तर केवल व्यक्तिगत विजय होइन, स्थानीय राजनीतिक सन्दर्भमा नयाँ परिवर्तनको संकेत पनि हो ।यस्तै नेकपा एमालेका जगदीश प्रसाद कुशियतले आठ हजार ६३१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका महमद महफुज अन्सारीले तीन हजार ४३२ मत प्राप्त गरेर चौथो स्थानमा रहेका छन् ।

images/637701563_10164602160199810_1244377466139579872_n.jpg

कांग्रेसको गढ मानिने यस क्षेत्रमा साहले पुराना राजनीतिक ढाँचालाई चुनौती दिएर नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन् । ज्ञानेन्द्रबहादुर कार्की यस क्षेत्रका पुराना कांग्रेस नेता हुन् । उनी पटक–पटक मन्त्री बनिसकेका छन् । उनी लामो समयसम्म यस क्षेत्रको राजनीतिक स्थायित्वमा प्रभावशाली मानिने नेता हुन् । त्यसैगरी, जगदीशप्रसाद कुसियैत एमालेका पूर्वमन्त्री हुन् र यस क्षेत्रमा ठूलो प्रभाव राख्ने नेताका रूपमा परिचित थिए । तर, फागुन २४ को नतिजाले देखायो कि मतदाताले अब परम्परागत अनुभव भन्दा नवीन सोच र कार्यक्षमतालाई प्राथमिकता दिइरहेका छन् । साहको विजयले मतदातालाई संकेत दिएको छ कि मतदाताले अब परम्परागत राजनीतिक प्रभाव र अनुभवभन्दा नयाँ नेतृत्व, प्राविधिक दक्षता र परिणाममुखी योजनालाई प्राथमिकता दिइरहेका छन् ।

images/637701563_10164602160199810_1244377466139579872_n.jpg

इन्जिनियरिङ पृष्ठभूमिका साहसँग नेपालका जलविद्युत आयोजना सञ्चालन, व्यवस्थापन र प्राविधिक सुधारमा विशेषज्ञ स्तरमा काम गरेको अनुभव छ। उनी विभिन्न जलविद्युत आयोजनाहरूको सञ्चालन, मर्मतसम्भार  र उत्पादन दक्षता वृद्धि सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न भएका छन्। उनले ISO 9001:2015 प्रमाणित कम्पनी Hydro Operation & Maintenance Services Pvt. Ltd. (HOMES) का सल्लाहकारका रूपमा कार्यरत रहँदै जलविद्युत व्यवस्थापन, ऊर्जा दक्षता र संस्थागत सुधारका क्षेत्रमा योगदान दिएका छन्। नेपालको ऊर्जा क्षेत्रमा उत्पादन वृद्धि, प्राविधिक दक्षता, पारदर्शिता र दिगो ऊर्जा विकासका लागि नीति र कार्यान्वयन स्तरमा अनुभव हासिल गरेका साह जलविद्युत तथा ऊर्जा क्षेत्रमार्फत युवाहरूलाई प्राविधिक सीप, रोजगारी र स्वरोजगार सिर्जना गर्न पहल गर्दै आएका छन्।

नेपालको ऊर्जा आत्मनिर्भरता, विद्युत निर्यात, ग्रामीण विद्युतीकरण तथा ऊर्जा सुरक्षाका लागि स्पष्ट दृष्टिकोण र नेतृत्व क्षमता भएका साह संसदयी राजनीतिमा पहिलो पटक निर्वाचित भएका हुन्। पुल्चोक क्याम्पसबाट सन् १९९९ मा मेकानिकल इञ्जिनियरिङ विषयमा स्नातक सम्मको अध्ययन गरेका साहले पुल्चोक क्याम्पसमा रहदा नै नेतृत्व शैलीको बिकास गरेका थिए। पुल्चोक क्याम्पसको नेपाल तराइ विद्यार्थी नवजागरण संघको सदस्य, सचिव हुदै अध्यक्ष सम्मको भूमिका निर्वाह गरेका  थिए। पछि मधेशमा जनमत पार्टीले पार्टी निर्माण गरेसंगै साहले पनि जनमतको स्थायी कमिटि सदस्य हुदै उपाध्यक्ष सम्मको भूमिका निर्वाह गरेका थिए।

images/637701563_10164602160199810_1244377466139579872_n.jpg

जनमतमा आएको बिद्रोहसँगै साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर निर्वाचन लडेका थिए र नेपाली कांग्रेसको दबदबा रहेको क्षेत्रबाट काङ्ग्रेसकै हेवी वेट उमेदवार कार्कीलाई फराकिलो मतान्तरले हराएर निर्वाचित भएका हुन्।  सुनसरी - ४ मा भेटिएका अधिकांश मतदाताले साहको बिजयले एउटा योग्य व्यक्ति सांसद भएको भन्दै उनलाई मन्त्रालयको जिम्मा दिए अझै नतिजा आउनेमा आफुहरु विश्वस्त रहेको बताए।  ४२ मेवा को मिस्त्री खोला हाइड्रो देखि २२ मेवाको बागमती, ४५ मेवाको भोटेकोशी हाइड्रोमा काम गरेका साह भारत, चीन, कतार मलेशिया जस्ता देशहरु भ्रमण समेत गरि सकेका छन्। साहले मधेश इनिसिएटिभ नामक संस्थाबाट मधेशको ग्रासरुटमा बसेर यहाँको बिकास, समस्या पहिचान र समाधनका लागी समेत ६ वर्ष भन्दा बढी काम गरेका छन्। 

images/637701563_10164602160199810_1244377466139579872_n.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *