नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को ८ औं केन्द्रिय कार्यकारिणी समितिको आगामी भाद्र १४ गते हुने निर्वाचन नजिकिए संगै चुनावी सरगर्मी समेत बढ्दो छ। सिडेनको केन्द्रिय निर्वाचनका लागी लागि ई. रवि भुषण झा र ई. धनेन्द्र केसीको नेतृत्वमा प्यानलै सहित उमेदवारी दर्ता भएको छ। सिडेनको आवश्यकता, उमेदवारी लगाएतका विषयमा केन्द्रित रहेर इन्जिनियर खबरले संचालन गर्न लागेको सिडेन उमेदवारलाई ७ प्रश्नको पहिलो शृंखलामा हामीले महासचिवका उमेदवार ई. सुदर्शन शर्मासँग कुराकानी गरेका छौँ।
१. संक्षिप्तमा तपाइँको परिचय
म ई. सुदर्शन शर्मा स्याङ्जा मा जन्म भई, I.Sc. पाटन संयुक्त क्याम्पस बाट उत्तीर्ण गरेर पुल्चोक क्याम्पस बाट २०६६ - २०७० मा इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इञ्जिनियरिङ्ग विषयमा स्नातक र २०७० ब्याचमा इन्फर्मेसन कम्यूनिकेशन इञ्जिनियरिङ्ग विषयमा स्नातकोत्तर तह सम्मको अध्ययन गरेँ। मैले नेपालमै रहेर हालसम्म सबै अध्ययन सरकारि सँस्थाहरुमा गर्ने सौभाग्य प्राप्त गरेँ र स्नातक र स्नातकोत्तर दुबै तहमा पूर्ण छात्रवृतिमा अध्ययन गरे। स्नातक पश्चात नै अध्यापन र कन्सल्टेन्ट इन्जिनियरको रुपमा काम गर्दै छु। साथै डिजिटल Literacy, Digital Finance, IT System लगायतका क्षेत्रमा लामो समय देखि काम गरि रहेको छु र जागरणको कलम चलाईरहेको छु।
२. व्यवसायिक रुपमा इञ्जिनियरिङ्ग क्षेत्रमा तपाईका भूमिका हरु के कस्ता छन्?
पेशागत रुपमा मैले पुल्चोक क्याम्पसमा स्नातकोत्तर पढ्दा पढ्दै Teaching Assistant को रुपमा काम गरे र केही समय पार्ट टाइम लेक्चरर समेत भएर अन्य विभिन्न कलेजहरूमा समेत अध्यापन गरे। अहिले म सुचना तथा सञ्चार क्षेत्रमा स्वतन्त्र परामर्शदाताको रूपमा काम गरि रहेको छु। म यस भन्दा अगाडि ICAN संस्थाको IT system Consultant का रुपमा काम गरेको थिएँ। त्यो भन्दा अगाडी Khalti मा Business Development Section मा Assistant Manager को रूपमा थिए। Team Nepal Air Conditioning Pvt. Ltd. स्थापना गरी निश्चित सफलताको उचाईमा पुर्याउने काम गरेँ। साथै त्यस अगाडि इन्जिनियर साथी सहकारीमा सीईओ भएर समेत काम गरिसकेको छु । यसबाहेक केहि असफल व्यवसायका प्रयत्नहरुबाट पनि मैले धेरै कुराहरू सिक्ने मौका पाएँ।
३. सिडेन नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था समेत हो, त्यसैले तपाइँका व्यवसायिक योगदानका अतिरिक्त राजनैतिक रुपमा तपाइँका भूमिकाले समेत यसमा महत्व पक्कै राख्ला, यस सन्दर्भमा तपाइँका भूमिकाहरु के कस्ता छन् ?
स्नातक तहको अध्ययनको दौरानमा मैले वि.सं २०६८ मा पुल्चोक क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको २४ औँ इकाईको अध्यक्ष भएर थुप्रै काम हरु गरेको छु। त्यो समयमा वि.सं २०६९ मा ई. अ. सं. को प्रवेश परिक्षाको प्रश्न पत्र बाहिरिएको घटना सार्वजनिक भए लगत्तै मेरो नेतृत्वमा बनेको संयुक्त संघर्ष समितिले निरन्तर दबाब दिएर पुन: परिक्षा संचालन भएको थियो। साथै नेपाल इञ्जिनियरिङ्ग परिषदले इञ्जिनियरको प्रमाण पत्र वितरणमा निकै ढिलाई गरि रहेको र त्यसले लोकसेवा लगायत थुप्रै अवसर छुट्ने अवस्था देखेर मैले आमरण अनसनको समेत घोषणा गरी, बसी त्यसलाई छिटो गराउने वातावरण को सृजना गरे। साथै निरन्तर रुपमा इञ्जिनियर को पेशाको मर्यादा र उन्नतिको लागि लागी रहेको छु लोकतन्त्रवादी इञ्जिनियरको संस्था सिडेनमा निरन्तर काम गरेको छु । मैले आज सम्म योग्य साथी हरुलाई जिम्मेवारी दिने ठाउँमा पुर्याउन काम गरिरहेको छु। साथै मैले नेपाल इञ्जिनियर्स एसोसियसनमा Research & Development कमिटीको सह संयोजकको जिम्मेवारी निर्वाह गरे , त्यस भन्दा अगाडि Publication Committee मा सह संयोजकको जिम्मेवारी निर्वाह गरे र धेरै जसो इभेन्टहरुमा हामीले महत्वपुर्ण ढंगले जिम्मेवारी निभाईरहेका छौँ, साथीहरुले त्यसलाई नजिकबाट बुझ्नु भएको छ।
४. अस्ति भर्खर भएको NEA को निर्वाचनमा सिडेन भित्रका पनि अर्को एउटा समूहसँग गठबन्धन गर्नु भयो, अहिले फेरी अर्को समूहसँग गर्दै हुनुहुन्छ, तपाईंहरूलाई समुह परिवर्तन गरिरहने टीम पनि भन्ने सुनिन्छ,यसलाई कसरी लिनुहुन्छ?
यो टीम हरु भनेको कुनै समयमा सुरु हुन्छन्, केही निश्चित उद्देश्यलाई बनाइन्छन् तिनको निश्चित आयु हुन्छ, त्यो उदेश्य पूरा भए संगै टुंगिन्छ। आज तपाईँले चर्चा गरेका टिमहरु पनि हामीले हेर्दा हेर्दै जन्मेका हुन र हाम्रो जिवन पर्यन्त यि रहन्छन जस्तो भाष्य निर्माण गरेर नयाँ पुस्तालाई अराजक रुपमा प्रयोग गर्नु हुदैन । साथै यो प्रोफेसनल राजनीतिमा बन्ने टीम हरु भनेको प्रोफेसनमा एक खालको सेन्टिमेन्ट, एक खालको उद्देश्य लिएर बन्ने हुनुपर्छ। यस्तो पेशागत निर्वाचन र संगठनहरूमा आफ्नो जय र पराजयको विषयमा पार्टी राजनीतिका सम्मानित नेतृत्वलाई दुरुपयोग गरिदिने सँस्कार राम्रो पनि होईन। निर्वाचन भनेको स्वाभाविक रुपमा आन्तरिक लोकतन्त्रको सुन्दर पक्ष हो, लोकतान्त्रिक अभ्यासका लागी समूह बनाएर चुनाव लड्नु आवश्यक पनि छ तर भाद्र १५ पछि फेरी हाम्रा यी सबै समूहहरु स्वत: हराउछन् र सिडेन हामी सबैको साझा समूह हुन्छ।
५. महासचिवको रुपमा सिडेनमा तपाइँका योजनाहरु के कस्ता छन् ?
म, इन्जिनियरिङ पेशामा लाग्ने साथीहरूको व्यवसायिक संवर्धनका लागि काम गर्नेछु। देशमा लोकतान्त्रिक समाजवादको मूल्य र मान्यतालाई व्यबहारिक रुपमा स्थापित गर्न अहोरात्र विकासका क्षेत्रमा लागि पर्ने इन्जिनियर हरुलाई एकजुट गरी काम गर्नु अपरिहार्य भएको छ। यसमा लोकतन्त्रवादी इन्जिनियर हरुको साझा धारणा बनाउने र त्यसलाई नेपाली कांग्रेस पार्टी मार्फत स्थापित गर्न दबाब दिने काम गर्नेछु। इन्जिनियरहरुको एउटा भावनात्मक एकता, समृद्धि र वहाँ हरुको मर्यादित जीवन यापन गर्ने वातावरण र त्यस्तो खालको जीवन जिउने समाज निर्माण गर्ने काम गर्न म निरन्तर लागी नै रहको छु। यस व्यक्तिगत चरित्रलाई सँस्थागत स्वरुपमा बदलेर काम गर्ने छु। संस्थालाई प्रविधिको प्रयोग गरी सक्षम, प्रभावकारी संस्था निर्माण गर्ने काम गर्नेछौँ। महासचिवको रुपमा यो संस्थालाई सबै भन्दा सवल र धेरै भन्दा धेरै साथीहरुले अपनत्व गर्न सके संस्थाको रुपमा निर्माण गर्नेर्छु, र त्यो आवाजलाई पार्टीमा मात्र हैन आम इन्जिनियर सम्म त्यो कुरा पुर्याउने र इञ्जिनियरिङ्ग पेशाको समग्र वृद्धिका लागी हामी अन्य बैचारिक धारणाका संस्थाहरु साथै पेशागत / विषयगत विभिन्न व्यवसायिक संस्थाहरुसँग आवश्यक समन्वय गर्नु पर्नेछ मा त्यसमा केन्द्रित हुनेछु।
६. इञ्जिनियरिङ्ग क्षेत्रमा राजनैतिक दलका शुभेच्छुक संस्थाहरुको आवश्यकता छैन भन्ने आवाज पनि सुनिदै छ, यस्तो अवस्थामा महासचिवको उमेदवार हुनुहुन्छ, यसलाई कसरी लिनु हुन्छ ?
हेर्नुस्, म विचारका हिसाबले लोकतान्त्रिक समाजवादी मानिस हुँ। पेशाका हिसाबले इन्जिनियर। दलका हिसाबले म नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य पनि हुँ। अब यस्तो मानिसले लोकतान्त्रिक नजरबाट हेर्दा यस्तो सँस्था हरुलाई स्वाभाविक देख्छ। समुह, संगठन, सँस्थाहरु निर्माणका विभिन्न आधारहरू हुन्छन्। नाचगान गर्नेहरू ब्याण्ड बनाउँछन्, फुटबल खेल्नेहरू टिम बनाउँछन्। यस्तै लोकतन्त्रलाई आदर्श मान्ने इन्जिनियरहरू सङ्गठित भएर सिडेन बनेको हो। र यो सँस्थाको गरिमा र मर्यादालाई बुझैर नै नेपाली काङ्ग्रेस पार्टीले सलाई आफ्नो शुभेच्छुक सँस्थाको मान्यता दिएको हो। यस सँस्थाका उद्देश्यहरु परिमार्जित र समयानुकुल बन्नुपर्छ भन्ने कुरा सत्य हो। तर आवश्यकता नै छैन, भन्ने कुरा बेकारको कुरा हो। मानव जातीलाई हरेक समयमा संगठनको आवश्यकता छ।
७. अन्त्यमा तपाइँका मतदातालाई छोटकरीमा तपाइँको सन्देश?
मैले लामो समय देखि योग्य मानिसहरूलाई संस्था हरुमा अघि बढाउनुपर्छ भनी लागि रहेको छु। राजनीति र नेतृत्वमा योग्य मानिसहरु पुगुन् भन्ने मेरो आजिवन अभियान हो। म आफै पनि शैक्षिक र पेशागत योग्यता सहित नेतृत्व र व्यक्तित्व निर्माण गर्दै अगाडि बढी रहेको छु। त्यसैले मैले जिम्मेवारी पाएको खण्डमा आम इन्जिनियरको हक हितका लागी मैले परिकल्पना गरेको योजनालाई सही ढंगले कार्यान्वयन गर्न सक्छु। तसर्थ महासचिवका रुपमा म लगाएत हाम्रो समूहलाई निर्वाचित गराइदिनु हुन अनुरोध गर्दछु।
Your email address will not be published. Required fields are marked *