नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को ८ औं केन्द्रिय कार्यकारिणी समितिको आगामी भाद्र १४ गते हुने निर्वाचन नजिकिए संगै चुनावी सरगर्मी समेत बढ्दो छ। सिडेनको केन्द्रिय निर्वाचनका लागी लागि ई. रवि भुषण झा र ई. धनेन्द्र केसीको नेतृत्वमा प्यानलै सहित उमेदवारी दर्ता भएको छ। सिडेनको आवश्यकता, उमेदवारी लगाएतका विषयमा केन्द्रित रहेर इन्जिनियर खबरले संचालन गर्न लागेको सिडेन उमेदवारलाई ७ प्रश्नको पहिलो शृंखलामा हामीले महासचिवका उमेदवार ई. भुपेन्द्र श्रेष्ठ सँग कुराकानी गरेका छौँ।
१. संक्षिप्तमा तपाइँको परिचय
मेरो नाम भुपेन्द्र श्रेष्ठ हो। म वालिङ–१४ नम्बर वडामा जन्मिएको हुँ। मैले पुडाली विद्यालयबाट एसएलसी गरे, त्यसपछि WRC मा २०६१ सालमा ओभरसियर पढ्न सुरु गरेँ। त्यतिबेला २०६२–६३ को आन्दोलनमा पनि सहभागी भएँ। म १६ वर्षको उमेरमा डिप्लोमा पढ्दै गर्दा नै नेवि सङ्घको इकाई सदस्य भएर राजनीतिक यात्रा सुरु गरेको हुँ। डिप्लोमा सकेपछि नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण, पोखरा विश्वविद्यालय अन्तर्गत सिभिल इन्जिनियरिङमा प्रवेश लिएँ ।
२. तपाईंको प्रोफेशनल जीवनको बारेमा थोरै जानकारी दिनुस् न ।
नेपाल इन्जिनियरिङ कलेज सकेपछि म सर्वोच्च अदालतमा करिब चार वर्ष इन्जिनियरको रूपमा काम गरेँ। पछि आफ्नै कम्पनी स्थापना गरेर एन्टरप्रेनरको रूपमा काम गर्न थालेँ। अहिले म Wave Furniture Factory, Smart Gear Technology र Himalayan Yantra Nirman Sewa जस्ता कम्पनीहरूलाई लिड गरेर काम गरिरहेको छु। मैले भवनसम्बन्धी धेरै प्रोजेक्टहरूमा काम गरेको छु। सर्वोच्च अदालतको नयाँ भवन मा म डिजाइन टीममा संलग्न थिएँ। त्यस्तै उच्च अदालतको भवनमा पनि काम गरेको छु।
३. सिडेनको महासचिव उम्मेदवार हुनुहुन्छ, तपाईँको राजनीतिक यात्रा र भूमिकाका बारेमा थोरै जानकारी दिनुस् न ।
मैले डिप्लोमा पढ्दाखेरि नै नेवि सङ्घमा सदस्यता लिएँ। इकाई सचिव, इकाई अध्यक्ष हुँदै वालिङ नगरपालिका–१४ मा क्षेत्रीय प्रतिनिधि बनेँ। सिडेनमा उपमहासचिव र प्रादेशिक संरचना विस्तार समितिको सदस्य सचिवको रूपमा पनि काम गरेको छु। मैले चौथो अधिवेशनमै सदस्यता लिएको हुँ (२०१४ तिर)। त्यतिबेला चुनाव पनि लडेँ तर हार भएको थियो।
४. महासचिवका रुपमा तपाईंका योजनाहरू के–के छन्?
सिडेनलाई स्थानीय तहदेखि प्रादेशिक तहसम्म विस्तार गर्ने, प्रदेशस्तरीय सम्मेलन/वर्कसप आयोजना गर्ने, इन्जिनियरहरूको क्षमता विकास गर्ने कार्यक्रम ल्याउने, र राजनीतिसँग इन्जिनियरहरूलाई जोड्ने मेरो प्रमुख योजना हो।
५. भुगोलको हिसाबले तपाईंहरु महासचिवका दुबै जना उमेदवार एउटै क्षेत्रका हुनुहुन्छ, मतदाताले विश्वास गर्छन भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ?
म एकदमै विश्वस्त छु। चौथो अधिवेशनदेखि नै निरन्तर सक्रिय छु। विभिन्न प्रदेशका साथीहरूसँग दैनिक सम्पर्कमा छु। त्यसैले मेरो उम्मेदवारी सफल हुन्छ भन्नेमा ढुक्क छु। सिडेन भनेको विद्यार्थी राजनीति भन्दा फरक धारको राजनीति हो । आम प्रवुद्ध इन्जिनियर तथा आर्किटेक्ट साथीहरुले यसलाई बुझ्नु हुन्छ भन्ने विश्वास लिएको छु । अर्को महत्वपूर्ण कुरा हेर्नुस यतिबेला इतिहासकै संगीन मोडमा नेपालको राजनिती प्रबेश गरिसकेको छ । पपुलिजमको बेगले राजनितिमा इमान, निष्ठा र धैर्यता लाई चुनौती दिएको छ । ती कुरा हाम्रा इन्जिनियरहरुले राम्रोसङ बुझ्नु भएकै छ । म काम गर्न सक्ने धरातल कै बिच आएको छु, काम गर्दै आएको छु, पेशागत राजनितीमा सकृय नै छु, यहि सिडेनमा सदस्य पदमा पराजित भए, पछि उपमहासचिवमा निर्वाचित भए, काम गरे, अनुभव बटुले, सिके , सिकाए, उपमहासचिब बनेको दुई कार्यकाल पछि महासचिबमा उमेदवारी दिए, साथीहरु उत्साह पुर्ण रुपमा लागी रहनु भएको छ, जित्छु भन्नेमा विश्वस्त छु । आबेग भन्दा बिबेक, अशान्त भन्दा शान्त र सौम्य, म भन्दा हामी आजको आबश्यकता हो, त्यस्को लागी म परिपक्व छु। आफ्नो परिपक्वता र अनुभवका आधारमा निर्वाचनमा होमिएको छु, तसर्थ प्रतिश्प्रधि को छ भन्नेले त्यति मिनिग राख्दैन जस्तो लाग्छ ।
६. हाल इन्जिनियरिङ संस्थाहरू व्यवसायिक आधारमा हुनुपर्छ भन्ने मतहरू उठिरहेका छन्। यसलाई कसरी लिनुहुन्छ?
हाम्रोसँग धेरै पेशागत संस्थाहरू भए पनि सिडेन अझै आवश्यक छ। यसले इन्जिनियरहरूको समस्या र आवाजलाई राज्यसम्म पुर्याउने काम गर्छ। सिडेन लोकतान्त्रिक हरुको साझा सस्था हो, यो सस्थाहरुको मुख्य उदेश्य भनेको राजनीतिको सुरुवात आवस्यक छ र त्यसलाई सुरू गर्न आवस्यक छ। समाजम भएको ब्यथिति चीर्न इंजीनियर राजनीतिमा आउनु आवश्यक छ। नेतृत्वमा इन्जिनियरहरू पुग्नुपर्छ भन्ने मेरो धारणा छ।
७. अन्तिममा, मतदाताहरूसँग तपाई के भन्न चाहनुहुने सन्देश ?
सम्पूर्ण मतदातालाई म के भन्न चाहन्छु भने, मलाई ढाट, छल गर्न आउदैन। म तपाइहरु संग भीझ्दै आएको हो, मेरो इमन्दिरती तपाइहरुले प्रत्यक्ष सधैभरी देखनुभएको छ। मलाई बिस्वास छ तपाइहरुले पनि बिस्वाक्ष गरी म र मेरो टिमलाई जिताईदिनुहुन्छ।
Your email address will not be published. Required fields are marked *