सिडेन उपाध्यक्ष पदका उमेदवार ई. मदन पुरीलाई ७ प्रश्न
Home News सात प्रश्न

सिडेन उपाध्यक्ष पदका उमेदवार ई. मदन पुरीलाई ७ प्रश्न

इन्जिनियर खबर - Aug. 29, 2025 3348 views
images/madan_jiii_9CgpDHc.jpg
images/madan_jiii_9CgpDHc.jpg
Text Size

नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को ८ औं  केन्द्रिय कार्यकारिणी समितिको आगामी भाद्र १४ गते हुने निर्वाचन नजिकिए संगै चुनावी सरगर्मी समेत बढ्दो छ। सिडेनको केन्द्रिय निर्वाचनका लागी लागि ई. रवि भुषण झा र ई. धनेन्द्र केसीको नेतृत्वमा प्यानलै सहित उमेदवारी दर्ता भएको छ। सिडेनको आवश्यकता, उमेदवारी लगाएतका विषयमा केन्द्रित रहेर इन्जिनियर खबरले संचालन गरि रहेको सिडेन उमेदवारलाई ७ प्रश्नको पाचौँ शृंखलामा हामीले उपाध्यक्ष पदका उमेदवार ई. मदन पुरीसँग कुराकानी गरेका छौँ। 

images/madan_jiii_9CgpDHc.jpg

१. तपाईंको संक्षिप्त्त परिचय

images/madan_jiii_9CgpDHc.jpg

म, मदन पुरी, पुल्चोक क्याम्पसबाट Geotechnical Engineering मा MSc र सगरमाथा इन्जिनियरिङ कलेजबाट Civil Engineering मा Bachelor गरेका सिविल इन्जिनियर हुन्। हाल म Himalaya Geo Solution Pvt. Ltd. का Managing Director र अंशकालिक अध्यापक गर्छु। विद्यार्थी राजनीति अन्तर्गत ने.वि.संघ, सगरमाथा इन्जिनियरिङ कलेज इकाईका संस्थापक अध्यक्ष भईसकेको छु। म CDEN ५औं कार्यसमितिको केन्द्रीय सदस्य, NEA बागमती प्रदेशका पूर्व निर्वाचन प्रमुख पनि रहेको  थिए। अहिले म CDEN ८औं केन्द्रीय समितिको उपाध्यक्ष पदका उम्मेदवार छु।

२. व्यवसायिक रुपमा इञ्जिनियरिङ्ग क्षेत्रमा तपाईकाभूमिका हरु के कस्ता छन्?

म व्यावसायिक रुपमा भूप्राविधिक (Geotechnical) इन्जिनियरिङ क्षेत्रमा संलग्न छु। मैले Himalaya Geo Solution Pvt. Ltd. स्थापना गरेर Managing Director को रूपमा काम गर्दै आएको छु। यसरी म व्यावसायिक रुपमा इन्जिनियरिङ व्यवसायलाई भूप्राविधिक अनुसन्धान, निर्माण पूर्व तयारी, परामर्श र अध्यापन मार्फत योगदान दिँदै आएको  छु।

३. सिडेन नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था समेत हो, त्यसैले तपाइँका व्यवसायिक योगदानका अतिरिक्त राजनैतिक रुपमा तपाइँका भूमिकाले समेत यसमा महत्व पक्कै राख्ला, यस सन्दर्भमा तपाइँका भूमिकाहरु के कस्ता छन् ?

मेरो जीवनको यात्रा व्यावसायिक इन्जिनियरिङसँगै राजनीतिक सङ्गठन र नेतृत्वमा पनि घनिष्ठ रुपमा जोडिएको छ। विद्यार्थी जीवनमै मैले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (ने.वि.संघ) को संगठनमा सक्रिय भूमिका निर्वाह गरेको हुँ। म सगरमाथा इन्जिनियरिङ कलेजमा अध्ययनरत समयमा ने.वि.संघ इकाई समितिको संस्थापक अध्यक्ष भएर काम गरेँ। त्यस क्रममा शैक्षिक वातावरण सुधार, विद्यार्थी हकहित र संगठन विस्तारमा पहल गर्न पाएँ।त्यसपछि पेशागत जीवनमा प्रवेश गरेपछि पनि मैले लोकतान्त्रिक मूल्य र मान्यतालाई अँगाल्दै CDEN (Center for Democratic Engineers Nepal) मा सक्रिय रहेर योगदान दिंदै आएको छु। म CDEN को ५औं कार्यसमितिको केन्द्रीय सदस्य भएर काम गरेको अनुभव बोकेको छु, जहाँ इन्जिनियरहरूको हकहितका सवाललाई संस्थागत स्वरूप दिन सकियो। यस्तै, म नेपाल इञ्जिनियर्स एसोसियसन (NEA) बागमती प्रदेशको निर्वाचन प्रमुख भएर पनि जिम्मेवारी सम्हालिसकेको छु। यी भूमिकाहरूले मलाई संगठन निर्माण, लोकतान्त्रिक अभ्यास र कांग्रेसप्रति प्रतिबद्ध अभियन्ता बन्न प्रेरणा दिएका छन्। त्यसैले, मेरो राजनीतिक यात्रा विद्यार्थी संगठनदेखि लिएर पेशागत संस्थासम्म फैलिएको छ, र मैले सदैव योग्य नेतृत्वलाई अघि बढाउने र लोकतान्त्रिक इन्जिनियरहरूको साझा आवाजलाई सबल बनाउन योगदान गर्दै आएको छु।

४.सिडेनमा तपाइँका योजनाहरु के कस्ता छन् ?

उपाध्यक्षको जिम्मेवारी पाएपछि मेरो प्राथमिकता सिडेनलाई अझ व्यवस्थित, प्रभावकारी र समावेशी बनाउनु हुनेछ। मेरा योजनाहरू यसप्रकार छन् ।

५. लामो समय देखि तपाईंहरु सिडेनमा हुनुहुन्छ, सिडेनले नै NEA को समेत नेतृत्व गरि रहेको छ, तर पनि इन्जिनियरिङ क्षेत्रका समस्या त्यति समाधान भएको पाइदैन यसलाई कसरी लिनु हुन्छ?

पहिलेको तुलनामा अहिले अवस्था निकै राम्रो हुँदै गएको छ। सिडेनको नेतृत्वमा धेरै सुधार भएका छन् र इन्जिनियरिङ क्षेत्रका चुनौती समाधान गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ। अझै केही समस्या बाँकी भए पनि क्रमशः समाधान हुँदै जानेछ र भविष्यमा अझ राम्रो हुनेछ भन्ने विश्वास छ।

६. इञ्जिनियरिङ्ग क्षेत्रमा राजनैतिक दलका शुभेच्छुक संस्थाहरुको आवश्यकता छैन भन्ने आवाज पनि सुनिदै छ, यस्तो अवस्थामा उमेदवार हुनुहुन्छ, यसलाई कसरी लिनु हुन्छ?

म यसलाई सकारात्मक दृष्टिले लिन्छु। इन्जिनियरिङ्ग क्षेत्र आफैंमा प्राविधिक भए पनि हामीले गर्ने काम प्रत्यक्ष रूपमा नीति, योजना र विकाससँग जोडिन्छ। त्यसैले शुभेच्छुक संस्था हुनु भनेको दलको गुटबन्दी गर्नु होइन, बरु हाम्रो प्राविधिक सीपलाई पार्टीमार्फत देशको नीति निर्माणमा पु¥याउने माध्यम हो। यसले इन्जिनियरहरूको व्यावसायिक अधिकार र अवसर विस्तार गर्न सहयोग पुर्‍याउँछ, र दीगो विकासमा योगदान पुर्‍याउने साझा थलोको रूपमा काम गर्छ।

७. अन्त्यमा तपाइँका मतदातालाई छोटकरीमा तपाइँको सन्देश

images/madan_jiii_9CgpDHc.jpg

म सधैं पेशागत मर्यादा, एकता र अवसर विस्तारको पक्षमा रहेँ। उपाध्यक्षमा निर्वाचित भएमा तपाईँहरूको आवाजलाई संस्थागत रूपमा सबल बनाएर, सिडेनलाई अझ प्रभावकारी र सबैको साझा मञ्च बनाउन प्रतिबद्ध छु। तपाईंहरूको विश्वास र समर्थन मेरो सबैभन्दा ठूलो ऊर्जा हुनेछ।

images/madan_jiii_9CgpDHc.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *