सिडेन उपाध्यक्ष पदका उमेदवार ई. सागर शमशेर शाहील़ाई ७ प्रश्न
Home News सात प्रश्न

सिडेन उपाध्यक्ष पदका उमेदवार ई. सागर शमशेर शाहील़ाई ७ प्रश्न

इन्जिनियर खबर - Aug. 29, 2025 5599 views
images/WhatsApp_Image_2025-08-29_at_6_uCcod9D.48.09_AM.jpeg
images/WhatsApp_Image_2025-08-29_at_6_uCcod9D.48.09_AM.jpeg
Text Size

नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को ८ औं  केन्द्रिय कार्यकारिणी समितिको आगामी भाद्र १४ गते हुने निर्वाचन नजिकिए संगै चुनावी सरगर्मी समेत बढ्दो छ। सिडेनको केन्द्रिय निर्वाचनका लागी लागि ई. रवि भुषण झा र ई. धनेन्द्र केसीको नेतृत्वमा प्यानलै सहित उमेदवारी दर्ता भएको छ। सिडेनको आवश्यकता, उमेदवारी लगाएतका विषयमा केन्द्रित रहेर इन्जिनियर खबरले संचालन गरि रहेको सिडेन उमेदवारलाई ७ प्रश्नको छैठौ शृंखलामा हामीले उपाध्यक्ष पदका उमेदवार ई. सागर शमशेर शाहीसँग कुराकानी गरेका छौँ। 

images/WhatsApp_Image_2025-08-29_at_6_uCcod9D.48.09_AM.jpeg

१. तपाईंको संक्षिप्त्त परिचय

images/WhatsApp_Image_2025-08-29_at_6_uCcod9D.48.09_AM.jpeg

म इन्जिनियर सागर शमशेर शाही, दैलेखको  स्थायी बासिन्दा। मैले प्लसटु(+2) भक्तपुरबाट सकेर स्नातक कान्तिपुर इन्टर्नेशनल कलेज (KIC) बाट सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरेँ। अहिले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत हिमालयन इन्जिनियरिङ कलेज (HIST) मा इन्जिनियरिङ म्यानेजमेन्टमा स्नातकोत्तर अध्ययनरत छु।

२.तपाईँको व्यवसायिक यात्रा कसरी सुरु भयो?

ब्याचलर सकेपछि म करार सेवामार्फत सरकारी सेवामा प्रवेश गरेँ। पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहि करिब दुई वर्षभन्दा बढी अबधी  पनौती नगरपालिका (काभ्रे) मा इन्जिनियरको रूपमा काम गर्ने अवसर पाएँ र सो समयमा स्थानीय जनता र उनिहरुको समस्या र भावनालाई नजिकबाट बुझ्ने अवसर पाएँ। त्यसपछि निजी क्षेत्रमा आफ्नै परामर्श सेवा तथा निर्माण व्यवसाय सुरु गरें ड्रिम हाउस इन्जिनियरिङ कन्सलटेन्सी र पवित्र कन्स्ट्रक्सन कम्पनी, जहाँ अहिले म म्यानेजिङ डाइरेक्टरको भूमिकामा छु। साथै, म भ्यालुएसन एसोसिएसन सँग पनि आबद्ध छु र सम्पत्ति मूल्यांकनसम्बन्धी काममा सक्रिय छु। बिगत ८ बर्ष देखि इन्जिनियरिङ परामर्श, निर्माण र सम्पत्ति मूल्याकंन सम्बन्धि काममा रहेर निरन्तर इन्जिनियरिङ पेशालाइ सबलताका साथ अपनाउँदै आएको छु।

३.तपाईंको राजनीतिक यात्राबारे बताइदिनुहोस्।

म विद्यार्थी राजनीतिबाटै सक्रिय थिएँ। ८ कक्षामै नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) इकाइ सचिव बनेँ र पछि सभापति। कलेजमा पढ्दा कान्तिपुर इन्टरनेशनल कलेजमा संस्थापक सचिव र पछि इकाइ सभापति भएर नेतृत्व गरें। पूर्वाञ्चल विश्वविद्यालय समन्वय समितिमा पनि सचिव र पछि सभापति भएँ। नेपाल कांग्रेस पार्टीमा म १२औँ महाधिवेशनदेखि क्रियाशील सदस्य हुँ र त्यसैको प्रतिनिधि बनेर पार्टी राजनीतिमा आबद्ध छु। उमेरका कारण अहिले सक्रिय विद्यार्थी राजनीतिबाट बाहिरिए पनि संगठनलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको छु। र, यहि भाद्र १४ गते हुन गइरहेको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN)को आसन्न ८औं केन्द्रिय कार्यकारिणी समिती निर्वाचन अन्तर्गत केन्द्रमा ई. धनेन्द्र के.सी. नेतृत्वको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको छु।

४. सिडेनको उपाध्यक्ष पदमा तपाईंको उमेदवारी किन?

मेरो सरकारी र निजी दुवै क्षेत्रको अनुभवलाई प्रयोग गरेर सिडेनलाई अझ संस्थागत बनाउन चाहन्छु। विगतमा सिडेनले धेरै काम गरे पनि अझै संगठन विस्तार, आन्तरिक पारदर्शिता, इन्जिनियरहरूको पेशागत हकहित र पार्टीसँगको सहकार्यमा कमी छ। म यी कुरामा सुधार ल्याउन चाहन्छु।

५.उपाध्यक्ष पदमा निर्वाचित भएमा तपाईँका मुख्य योजना केके छन्?

मैले बुदाँगत रुपमा नै राख्छु:

अवसर नभएको होइन, तर व्यवस्थापनको समस्या छ। सरकार, निजी क्षेत्र र पेशागत संस्थाबीच सहकार्यको कमी छ। इन्जिनियरहरूले शिक्षा लिन धेरै खर्च गर्छन्, तर रोजगार र तलब न्यून हुन्छ। इन्टर्नशिपलाई औपचारिक बनाउनुपर्छ, न्यूनतम सरकारी स्केल लागू गर्नुपर्छ। साथै, आईटी, मूल्यांकन, आर्किटेक्चर, कन्स्ट्रक्सन जस्ता क्षेत्रमा ठूलो सम्भावना छ,तर त्यसलाई सफा नियत, पारदर्शिता र दीर्घकालीन दृष्टिकोणसहित व्यवस्थापन गर्नुपर्छ।

७. अन्त्यमा तपाइँका मतदातालाई छोटकरीमा तपाइँको सन्देश

images/WhatsApp_Image_2025-08-29_at_6_uCcod9D.48.09_AM.jpeg

मैले विद्यार्थी राजनीतिबाटै संगठनमा योगदान दिँदै आएको छु। आजसम्मको मेरो अनुभव, प्रतिबद्धता र इमानदारीलाई मतदाताले मूल्याङ्कन गर्नुहुनेछ भन्ने विश्वास छ। म कुनै पद वा नियुक्तिका लागि होइन, पेशागत हकहित, समावेशीकरण, र सिडेनलाई बलियो बनाउन उम्मेदवार भएको हुँ। म सबै अग्रजदेखि नयाँ पुस्तासम्मलाई न्याय दिलाउने नेतृत्व गर्नेछु। त्यसैले, मलाई इमानदार मत दिएर सेवा गर्ने अवसर दिनुहोस् ।

images/WhatsApp_Image_2025-08-29_at_6_uCcod9D.48.09_AM.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *