सिडेनका कोषाध्यक्ष पदका उम्मेदवार इ. रस्मिता बन्जारालाई ७ प्रश्न
Home News सात प्रश्न

सिडेनका कोषाध्यक्ष पदका उम्मेदवार इ. रस्मिता बन्जारालाई ७ प्रश्न

Engineer Khabar - Aug. 29, 2025 3231 views
-
-
Text Size

नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को ८ औं  केन्द्रिय कार्यकारिणी समितिको आगामी भाद्र १४ गते हुने निर्वाचन नजिकिए संगै चुनावी सरगर्मी समेत बढ्दो छ। सिडेनको केन्द्रिय निर्वाचनका लागी लागि ई. रवि भुषण झा र ई. धनेन्द्र केसीको नेतृत्वमा प्यानलै सहित उमेदवारी दर्ता भएको छ। सिडेनको आवश्यकता, उमेदवारी लगाएतका विषयमा केन्द्रित रहेर इन्जिनियर खबरले संचालन गरि रहेको सिडेन उमेदवारलाई ७ प्रश्नको छैठौ शृंखलामा हामीले कोषाध्यक्ष पदका उमेदवार ई. रस्मिता बञ्जारा सँग कुराकानी गरेका छौँ

-

१. संक्षिप्तमा तपाईको परिचय

-

नमस्कार म ई. रस्मिता बञ्जारा। मेरो घर गोरखा रहेको र हाल काठमाडौँमा बसोबास गर्दै छु । म हाल Alternative Energy and Promotion Centre (AEPC) मा कन्सल्टेन्ट इन्जिनियरको रूपमा कार्यरत छु ।

२. व्यावसायिक रुपमा इन्जिनियरिङ क्षेत्रमा तपाईंका भूमिकाहरू के कस्ता छन्?

म Alternative Energy and Promotion Centre (AEPC) मा कन्सल्टेन्ट इन्जिनियरको रूपमा कार्यरत छु र NBSM गुणस्तर परिषदमा बोर्ड सदस्य छु। मेरो मुख्य भूमिकाहरू निम्न छन्:

जानकारी र अनुसन्धान सहयोगी

दस्तावेजीकरण र सम्प्रेषण सहयोगी

समस्या समाधान र विश्लेषण सहयोगी

म विशेष गरी ग्रामीण क्षेत्रको सबलीकरण, कृषि आधुनिकीकरण र माइक्रो हाइड्रो क्षेत्रमा विगत ५ वर्षदेखि परामर्शदाताको रूपमा काम गर्दै आएको छु ।

३. सिडेन नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था समेत हो, त्यसैले तपाईंका व्यावसायिक योगदानका अतिरिक्त राजनैतिक रूपमा तपाईंका भूमिकाहरूले समेत यसमा महत्त्व पक्कै राख्ला, यस सन्दर्भमा तपाईंका भूमिकाहरू के-कस्ता छन्?

पेसागत सेवाका अतिरिक्त, म नेपाली कांग्रेस, गोरखा जिल्लाबाट गण्डकी प्रदेश प्रतिनिधिको रूपमा रहेको छु। यस सन्दर्भमा, मेरो भूमिका निम्न प्रकारका छन्:

इन्जिनियरिङका विषयहरूमा आवाज उठाउने: इन्जिनियरका विविध विषयहरूमा मेरो राजनीतिक कार्यक्रमहरूमा आवाज उठाउनु मेरो जिम्मेवारी हो।

युवा पलायन र इन्जिनियरको भूमिका: हाल देशमा युवा शक्तिहरूको पलायन र इन्जिनियरको भूमिका विषयमा म विशेष रूपमा लागेको छु।

नीतिगत बहस र नीति निर्माणमा प्रभाव: हामी इन्जिनियरहरूले युवालाई देशमै रमाउन सकिने, देशमै श्रम गर्ने र भविष्यमा देशको मुहार फेर्न सकिने अवस्था सिर्जना गर्नका लागि नीतिगत स्तरमा बहस गर्नुपर्छ। नीति निर्माणमा राजनीतिज्ञहरूको प्रभाव रहने भएकाले, म यस यात्रामा लागेको छु।

४.सिडेनमा तपाईंका योजनाहरू के कस्ता छन्?

सिडेनमा मेरा योजनाहरू निम्न प्रकारका छन्:

-आर्थिक पारदर्शिता र उत्तरदायित्व

-लेखा प्रणालीमा सुधार

-कोष वृद्धिको पहल

-व्यवस्थापन

-आपतकालिन अवस्थामा हक र हितको लागि निरन्तर आवाज उठाउने

 

४. इन्जिनियरिङ क्षेत्रमा राजनैतिक दलका शुभेच्छुक संस्थाहरूको आवश्यकता छैन भन्ने आवाज पनि सुनिँदै छ, यस्तो अवस्थामा उम्मेदवार हुनुहुन्छ, यसलाई कसरी लिनुहुन्छ?

इन्जिनियरिङ क्षेत्रमा राजनैतिक दलका शुभेच्छुक संस्थाहरूको आवश्यकता छैन भन्ने आवाज गलत हो। विशेषगरी महिला इन्जिनियरहरूको भूमिका न्यून रहेको नेपालमा, राजनैतिक रूपमा सक्रिय महिला इन्जिनियरको उपस्थिति बढाउन यसपटक उम्मेदवारी दिएको हो। व्यावसायिक महिला इन्जिनियरहरूले नेतृत्व गरेका धेरै आयोजना तथा संस्थाहरूमा आर्थिक पारदर्शितामा अग्रस्थानमा रहेको कुरालाई मध्यनजर गर्दै, यस संस्थालाई पनि पूर्ण रूपमा पारदर्शी रूपमा चलाउन र यसपटकको आन्तरिक प्रतिस्पर्धामा आफ्नो उपस्थिति रहेको छ।

 

५) सिडेनमा महिला उम्मेदवारहरू थोरै मात्रामा छन् अझ पदाधिकारीहरूमा तपाईको एकल उम्मेदवारी छ, यसजाई कसरी लिनु भएको छ ? महिना इन्जिनियर‌को आकर्षण घटेको वा अवसर नपाएको?

नेपालमा इन्जिनियरिङ सेवामा विशेष गरी महिला इन्जिनियरको भूमिका न्यून रहेको र त्यसमाथि पनि राजनैतिक रूपमा सक्रिय महिला इन्जिनियरहरु‌को उपस्थितिलाई सार्थकता दिन यसपटक मेरो उम्मेदवारी रहेको छ। महिला या पुरुष अवसर‌मा मात्र होइन प्रतिस्पर्धामा पनि हामी महिलाहरू हरेक क्षेत्रमा अब्बल छौं र जिम्मेवारी बहन गर्न र यो देशमै केही गर्न सकिन्छ र सकेको देशमै गर्ने हो भन्ने अभिप्रायले राजनितिमा लाग्नु पर्छ र समय अनुसारको नेत्रित्व चयन हुनुपर्छ भनेर म तयार भएर लागेको छु । आकर्षण घटेको वा अवसर नपाएको दुवै कारण देखिन्छ । केही क्षेत्रमा महिला इन्जिनियरहरुको लागि वातावरण अझै पनि अनुकूल छैन, जसले आकर्षण घटाइरहेको छ। अर्कोतर्फ, हामीहरूले पाउनुपर्ने अवसरहरु पनि प्राय: सिमित छन् । पदाधिकारी तहमा महिला नेतृत्वको अभावले हामीहरुलाई आफू पनि यसको भाग बन्न सक्ने भन्ने आत्मविश्वास र दृष्टिकोण विकास‌मा अवरोध पुन्याउँन । यसरी यो चक्र लगातार दोहोरिने रहेको छ । त्यसैले मेरो उम्मेदवारीले यसै चक्रलाई तोड्ने र साथै हजुरहरुको साथ सह‌योगले सबैमाझ प्रेरणाको स्रोत बन्न सक्ने एउटा प्रयास हो।

 

(६) पदाधिकारीमा एकल महिला हुनाका कारणले महिला इन्जिनियर लक्षित तपाईंका केकस्ता योजना / रणनीतिहरु छन ?

पदाधिकारीमा एक महिला हुनाको कारणले महिला इन्जिनियरह‌रू प्रति केही योजना/रणनीतिहरू यस प्रकारका छन् ।

(क) आर्थिक सशक्तिकरण कार्यक्रम

(ख) मेन्टरशिप र नेटवर्किङ्ग

(ग) विशेष छात्रवृत्ति र प्रोत्साहन

(घ) लिङ्ग-अनुकूल कार्य वातावरण

(ङ) दृश्यता बढाउने कार्यक्रम

त्यसैले मेरो लक्ष्य केवल पदमा बस्नु मात्र होइन महिला इन्जिनियरहरूका लागि एउटा सशक्त, समावेशी र अवसरपूर्ण वातावरण निर्माण गर्नु पनि हो जहाँ उनीहरुले आफ्नो पूर्ण क्षमता हासिल गर्न सकुन् ।

७. अन्त्यमा तपाईंका मतदातालाई छोटकरीमा तपाईंको सन्देश?

-

महिला या पुरुष अवसरमा मात्र होइन प्रतिस्पर्धामा पनि हामी महिलाहरू हरेक क्षेत्रमा अब्बल छौ र जिम्मेवारी बहन गर्ने प्रतिवद्धता जनाउदै हजुरहरुको अमूल्य भोटको आशा राखेको छु। म लगायत मेरो टिमलाई अमूल्य मत दिइ विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु। यसका साथै म महिला इन्जिनियरहरुलाई प्रेरणाको श्रोत बन्ने छु भन्ने आशा राखेको छु।

-




Leave a Comment

Your email address will not be published. Required fields are marked *