इन्जिनियरिङ शिक्षामा आन्दोलनको असर....
Home News इञ्जिनियरिङ्ग

इन्जिनियरिङ शिक्षामा आन्दोलनको असर....

इन्जिनियर खबर - Sept. 12, 2025 6221 views
images/Aaaa_3.png
images/Aaaa_3.png
Text Size

भाद्र २३ गते माइतीघरमा जेनजी पुस्ताले देशमा भएको चरम भ्रष्टाचार, बेथिति विरुद्धको आन्दोलन गरिरहँदा सोही पुस्ताका युवाहरु (स्नातक तह दोस्रो वर्ष दोस्रो खण्ड) इन्जिनियरिङ अध्ययन संस्थान परिक्षा नियन्त्रण महाशाखाको तालिका अनुसार कक्षाकोठामा परिक्षा दिँदै थिए भने अरू विद्यार्थीहरु परीक्षाको तयारीमा व्यस्त थिए। देशमा सधैं आन्दोलन र शान्तिपूर्ण बिरोधका स्वरहरु गुन्जिने माइतीघर मण्डलाबाट केही मिटर मात्र पर रहेको थापाथली क्याम्पसमा परिक्षा दिइरहेका विद्यार्थीहरु जेन जीका मागहरु सजिलै सुनिरहेका थिए । उपत्यकाको सवारी अवागमन समेत प्रभावित भएकाले कयौं विद्यार्थीहरु समयमै परिक्षा हलमा पुग्न सकेका थिएनन् । एकातिर विद्यार्थी परिक्षा दिदै थिए अर्का तिर आन्दोलन उग्र हुदै थियो, जेन जीको आन्दोलन उग्र भए पछि प्रशासनले पानीको फोहोरा हुँदै गोली सम्म चलाएको थियो र पछि कर्य्यु आदेश सम्म जारी गर्यो । जसो तसो परिक्षा दिएका विद्यार्थी घर सम्म पुगे तर विकसित घटनाक्रमले २४ गतेको परिक्षा थप अन्योलता तर्फ धकेल्दै थियो । २३ गते बेलुका ई.अ.सं का सहायक डीन डा. सुरज लामिछानेसङ इन्जिनियर खबरका प्रधान सम्पादकले परिक्षा सर्ने नसर्ने सम्बन्धमा कुरा गर्दा मन्त्रीपरिषद् चलिरहेकाले मन्त्रीपरिषद् बाटै केही निर्णय होला कि परिक्षा सार्दा क्यालेन्डर नै बिग्रने हो कि भन्ने अन्योलता बिच फोन राखेका उनले केही पछि म्यासेज मार्फत २४ गतेको परिक्षा स्थगन हुने जानकारी पठाए र इन्जिनियर खबरले एक्सक्लुसिभ सार्वजनिक गर्यो । २४ गते आन्दोलन थप चर्किदै गए पछि IOE ले २५ र २६ को परिक्षा पनि स्थगित गर्यो । यता इन्जिनियरिङ अध्ययन संस्थानको एकिकृत भर्ना समितिको तालिका अनुसार शैक्षिक वर्ष २०८२/८३ को लागि २३ गते क्याम्पसहरूले आवेदकहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो र क्याम्पसहरूको तालिका अनुसार २४ गते बि.आर्क पढ्न चाहने विद्यार्थीहरुलाई झुकाव परिक्षा लिने तालिका थियो। झुकाव परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुमा समेत अन्योलता थियो । त्यसका साथ साथै इ.अ.सं कै स्नातकोत्तर तहका परीक्षा पनि संचालनमा थियो। यि सबै गतिविधि २४ गतेका लागी स्थगित भएको सुचना जारी भयो।  

images/Aaaa_3.png

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानमा मात्र होइन देशमा इन्जिनियरिङ अध्यापन गराउने पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय मा समेत भाद्र २३ गतेको परिस्थितिले अन्यौलता सिर्जना गरेको छ। विश्वविद्यालयहरुले अहिले सुचना निकालेर परिक्षा, पढाई, एवं भर्ना लगायतका पुर्वनिर्धारित कार्यक्रमहरु छठ सम्मको लागि स्थगित गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले सुरुमा २४ र त्यस पछि २५ र २६ को मात्र परिक्षा स्थगन गरे पनि पछि सुचना जारी गर्दै अर्को सुचना जारी नभए सम्मका लागी परिक्षा सम्बन्धि सबै काम स्थगन भएको जनाएको छ। स्रोतका अनुसार दशै र तिहारका बिच परिक्षा लिने तयारी भए पनि स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरुमा आर्थिक भार थपिने भएकाले तिहार पछि मात्र परिक्षा संचालन गर्न अनुरोध गरिरहेका छन् भने त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठसम्म ठप्प  छ । पुर्वाञ्चल विश्वविद्यालयको भाद्र २५ गते तय गरेको प्रवेश परिक्षा २८ गतेलाई सरेर अहिले अनिश्चितकालीन सरेको छ। सुदुर पश्चिम विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ संकायको प्रवेश परिक्षाको नतिजा सार्वजनिक भए पनि भर्ना प्रक्रिया स्थगित छ, सेमेस्टर परिक्षाहरु पनि तत्काललाई स्थगन गरिएको छ । पोखरा विश्वविद्यालयको परिक्षा सम्बन्धि सबै काम कारवाही तत्कालका लागी स्थगित भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थानको आङिक र सम्बन्धन प्राप्त क्याम्पस / कलेजहरुको भर्ना प्रक्रिया अर्को सुचना जारी नभए सम्मका लागी स्थगित छ ।

images/Aaaa_3.png

भाद्र २३ गतेको घटनाले नेपाल इन्जिनियरिङ परिषद् समेत अछुतो रहन सकेन। मीनभवनमा रहेको परिषद्को नयाँ भवनमा समेत क्षति पुगेको छ । विश्वविद्यालयबाट ट्रान्सक्रीप्ट र क्याम्पस/कलेजबाट क्यारेक्टर निकाल्न नपाएकाले दोब्बर दस्तुर तिरेर लाइसेन्स परिक्षाको फारम भर्ने दिन लम्बाइदिने काममा सहजीकरण गरिदिन कयौं विद्यार्थीले इन्जिनियर खबरलाई म्यासेज गरे लगत्तै हामीले काउन्सिलका रजिस्ट्रारसङ समन्वय गरी फारम भर्ने दिन लम्बाउन अनुरोध गर्यौ र लम्बिने प्रतिवद्दता आएको भोलिपल्ट काउन्सिलले तय गरेको दशौं साधारण दर्ता परिक्षा सम्बन्धी सबै प्रक्रियाहरु समेत सुचना जारी गरेर अनिश्चितकालीन स्थगित गरेको छ।

यसरी भाद्र २३ गतेको आन्दोलनले केवल सडक र राजनीतिको मात्र नभई शैक्षिक क्षेत्रमा समेत गम्भीर असर पारेको स्पष्ट देखिन्छ। विशेषगरी इन्जिनियरिङ शिक्षा र पेशागत नियामक निकायहरूमा परेको प्रत्यक्ष प्रभावले विद्यार्थी, शिक्षक, अभिभावक र संस्थानहरूलाई असमञ्जसमा पारेको छ। अब आगामी दिनमा परीक्षा, कक्षाकक्ष, भर्ना प्रक्रिया तथा पेशागत दर्ता कसरी अघि बढाइने भन्ने प्रश्न अझै अनुत्तरित छ।

 

images/Aaaa_3.png

images/Aaaa_3.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *