इञ्जिनियरिङ्ग अध्ययन संस्थानका स्थगित परिक्षा र भर्ना कहिले देखि
Home News शिक्षा

इञ्जिनियरिङ्ग अध्ययन संस्थानका स्थगित परिक्षा र भर्ना कहिले देखि

इञ्जिनियर खबर - Sept. 15, 2025 4719 views
images/download.jpg
images/download.jpg
Text Size

भाद्र २३ गते माइतीघरमा जेनजी पुस्ताले देशमा भएको भ्रष्टाचार र  बेथिति विरुद्ध आन्दोलन गरिरहँदा इन्जिनियरिङ अध्ययन संस्थानमा चौथो सेमेस्टरमा इन्जिनियरिङ अध्ययन गरिरहेका सोही पुस्ताका युवाहरु भने परिक्षा नियन्त्रण महाशाखाको तालिका अनुसार कक्षाकोठामा परिक्षा दिँदै थिए भने अरू विद्यार्थीहरु परीक्षाको तयारीमा व्यस्त थिए। शान्तिपूर्ण भनिएको आन्दोलन बानेश्वरसम्म पुग्दा निकै चर्को भै सकेको थियो र स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी भै सकेको थियो। २३ गते बेलुका सम्म नै १९ जनाको ज्यान गइ सकेकाले २४ गते हुने परिक्षा अनिश्चित जस्तै थियो। २३ गते बेलुका ई.अ.सं का सहायक डीन डा. सुरज लामिछानेसङ इन्जिनियर खबरका प्रधान सम्पादकले परिक्षा सर्ने नसर्ने सम्बन्धमा कुरा गर्दा मन्त्रीपरिषद् चलिरहेकाले मन्त्रीपरिषद् बाटै केही निर्णय होला कि परिक्षा सार्दा क्यालेन्डर नै बिग्रने हो कि भन्ने अन्योलता बिच फोन राखेका उनले केही पछि म्यासेज मार्फत २४ गतेको परिक्षा स्थगन हुने जानकारी पठाए र इन्जिनियर खबरले एक्सक्लुसिभ सार्वजनिक गर्यो । २४ गते आन्दोलन थप चर्किदै गए पछि IOE ले २५ र २६ को परिक्षा पनि स्थगित गर्यो र पछी फेरी सुचना प्रकाशन गर्दै अर्को सुचना जारी नभए सम्मका लागी परिक्षा स्थगन भएको जनाएको थियो।

images/download.jpg

यता इन्जिनियरिङ अध्ययन संस्थानको एकिकृत भर्ना समितिको तालिका अनुसार शैक्षिक वर्ष २०८२/८३ मा आर्किटेक्ट अध्ययन गर्ने विद्यार्थीका लागि २४ गते  झुकाव परिक्षा (Aptitude Test) लिने तालिका थियो। झुकाव परिक्षा समेत स्थगित भए संगै स्नातक तहका भर्ना प्रक्रिया समेत स्थगन भएको छ र स्थगित भएका परिक्षा र भर्नाका सन्दर्भमा हामीले  इन्जिनियरिङ अध्ययन संस्थानमा डीन र सहायक डीनसँग कुराकानी गरेका छौँ। 
नियमित परिक्षा छठ पछि मात्र: सहायक डीन लामिछाने 
इञ्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डीन डा. सुरज लामिछानेका अनुसार स्थगन भएका नियमित परिक्षाहरु छठ पछी मात्र संचालन गर्ने गरी तयारी भै रहेको छ । कार्तिक १४ बाट स्थगन भएका परिक्षाहरु र मंगसिर १५ बाट नयाँ सेमेस्टरका कक्षा सुरु गर्ने IOE को तयारी छ।  त्यसको लागी शैक्षिक क्यालेण्डर सच्चिने प्रक्रियामा रहेको छ। परिक्षा नियन्त्रण महाशाखाले दशै र तिहारका बिच परिक्षा लिने तयारी गरे पनि स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरुमा आर्थिक भार थपिने भएकाले तिहार पछि मात्र परिक्षा संचालन गर्न अनुरोध गरेका थिए। परिक्षा तालिका दशैँ अगाडी नै प्रकाशन हुनेछ। 

images/download.jpg
images/download.jpg

भर्ना प्रक्रिया दशैँ पछि:  डीन बज्राचार्य 
इञ्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा. डा. सुशीला बहादुर बज्राचार्यले स्थगन भएको भर्ना प्रक्रिया दशैँ पछी मात्र सुरु हुने बताए। कोजाग्रत पुर्णिमाको भोलिपल्ट अर्थात आश्विन २१ गते पुल्चोक, थापाथली, धरान र चितवन तथा काठमाडौँ इन्जिनियरिङ कलेज र हिमालय कलेज अफ इन्जिनियरिङमा एकै साथ झुकाव परिक्षा हुने र त्यस पछी भर्नाको प्रथम सुची सार्वजनिक हुने उनले बताए। दशैँ र तिहारको बिचमा पहिलो, दोस्रो र तेस्रो भर्ना सुची प्रकाशन गरी भर्ना गर्ने गरी तयारी भै रहेको उनले बताए। संसोधित भर्ना तालिका छिट्टै प्रकाशन हुनेछ।

images/download.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *