काठमाडौं । हालैका आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको मूल्याङ्कन तथा पुनःनिर्माणका लागि नेपाल इञ्जिनियर्स एशोसिएसन (NEA) ले सुरु गरेको निःशुल्क प्राविधिक सहयोग अभियानले युवा सिभिल र आर्किटेक्चरल इञ्जिनियरहरूका लागि नयाँ अवसरको ढोका खोल्ने भएको छ।
एशोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार, यो अभियानमा युवा इञ्जिनियरलाई प्रत्यक्ष संलग्न गराइनेछ, जसले उनीहरूलाई प्राविधिक सीप प्रयोग गर्ने मात्र नभई व्यावहारिक अनुभव हासिल गर्ने मौका पनि दिनेछ। उहाँले भन्नुभयो, “युवा इञ्जिनियरले यस अवसरलाई नजिकबाट NEA सँग काम गर्ने माध्यमका रूपमा उपयोग गर्न सक्छन्। यसले उनीहरूको व्यावसायिक विकासमा ठूलो योगदान पुर्याउनेछ।” यसका साथै युवा इन्जिनियरहरुलाई पहिला प्राविधिक ज्ञान तथा ट्रेनिङ्ग समेतको व्यवस्था गरेर मात्र काममा लगाउने अध्यक्ष बरालले बताउनु भयो।
यस अभियान अन्तर्गत युवा इञ्जिनियरहरूले क्षतिग्रस्त संरचनाको तत्काल अवलोकन र क्षति मूल्याङ्कनमा प्रत्यक्ष संलग्न भै काम गर्नेछन् र जोखिम मूल्याङ्कन, प्रयोग योग्यता परीक्षण र पुनःनिर्माण सम्भाव्यता अध्ययनमा अनुभव हासिल गर्नेछन। एशोसिएसनले यस अभियानलाई दीर्घकालीन रूपमा पनि विस्तार गर्ने तयारी गरेको छ। यसका कारण युवा इञ्जिनियरले राष्ट्रिय पुनःनिर्माण र पूर्वाधार विकासमा आफ्नो सक्रिय भूमिका खेल्न सक्नेछन्।
यस अभियानमा काम गर्न इछुच्क इन्जिनियरहरुले नेपाल इन्जिनियर एसोसियसनमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
Your email address will not be published. Required fields are marked *