नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४ औँ कार्यसमिति चयन भएको १ वर्ष पुरा भएको छ। गत वर्षको भाद्रमा सम्पन्न निर्वाचनबाट ई. सुबास चन्द्र बरालको नेतृत्वमा कार्यसमिति चयन भएको थियो।दुइ वर्षे कार्यकालको १ वर्षे कार्यअवधि सकिदा निर्वाचनमा व्यक्त गरेका प्रतिबद्दता के कति पुरा भए, के कती अधुरा रहे, एशोसिएसनको आगामी कार्ययोजना, पुनर्निर्माण प्रक्रियामा एशोसिएसनको भूमिका लगाएत समसामयिक विषयमा केन्द्रित रहेर एशोसिएसनका महासचिव ई. विनोद प्रकाश पण्डितसँग हामीले सात प्रश्नको यो शृंखलामा विशेष कुराकानी गरेका छौँ।
१. NEA को वर्तमान कार्यसमिति चयन भएको एक वर्ष पूरा हुँदैछ। यो अवधिमा एशोसिएसनले प्रमुख रुपमा के–के कार्यहरू सम्पन्न गरेको छ?
नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) को वर्तमान कार्यसमिति गठन भएको एक वर्ष पूरा हुँदै गर्दा यस अवधिमा संस्थाले संस्थागत सबलीकरणदेखि पेशागत विकास, नीति वकालत र अन्तर्राष्ट्रिय सहकार्यसम्मका विभिन्न महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ।
• संस्थागत सबलीकरणका लागि NEA ले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गरी आफ्नो सेवा वितरणमा पारदर्शिता र अन्तर्राष्ट्रिय विश्वसनीयता मजबुत बनाएको छ।
• सदस्य सेवामा अभिवृद्धिका लागि रोजगारी अवसर र अधिकार सम्बोधनका विभिन्न प्रणालीहरू सञ्चालनमा आएका छन्। Job Portal मार्फत रोजगारी अवसरसँग जोडिएको छ, तथापी यसलाई थप बिकास गर्दै लैजाने छौँ। Grievance Management System मार्फत सदस्यलाई प्रत्यक्ष पहुँच दिलाइएको छ ।Engineer Welfare Fund मार्फत आकस्मिक राहत, स्वास्थ्य सहायता र आर्थिक सहयोगको व्यवस्था गरिएको छ। मेडिसिटी अस्पतालसँगको MoU मार्फत स्वास्थ्य सेवामा छुट दिइएको छ ।नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) सँगको MoU मार्फत पेशागत ऋण, बीमा तथा स्टार्टअप सहयोग सुविधा दिइएको छ ।NEA_Er_Ar SMS Alert System सञ्चालन, सदस्यहरूसँग छिटो र प्रभावकारी आधिकारिक सञ्चारको व्यवस्था भएको छ।
• क्षमता अभिवृद्धि तथा पेशागत विकासका क्षेत्रमा NEA ले Power Distribution System Design and Safety, Nepal National Building Code (NBC), Building Construction Working Procedures (BCWP) and Electronic Building Permit System (e-BPS), Occupational Health and Safety (OHS) Awareness लगायतका विषयमा विभिन्न तालिम र कार्यशाला सम्पन्न गरेको छ। प्रदेशस्तरीय तालिमहरू पहिलोपटक सञ्चालन गरी समान अवसर सुनिश्चित गरिएको छ। यो बिचमा Tools & Techniques कोर्स कोशी, गण्डकी, सुदूरपश्चिम, मधेश, कर्णाली र लुम्बिनीमा सम्पन्न भएको छ भने बागमतीमा तयारी गर्दै छौँ ।
• राष्ट्रिय आवश्यकता पर्दा एशोसिएसनले शीघ्र काम गर्दै आइरहेको छ। २०८१ को Monsoon seasonमा Rapid Visual Damage Assessment (RVDA) का लागि ईन्जिनियरहरूको परिचालन गरिएको थियो अहिले जेन जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरुमा Post Fire RVDA कार्य देशभर संरचनागत विज्ञहरूको नेतृत्वमा DUDBC, नेपाल सरकार र पेशागत संस्थाहरूसँग सहकार्यमा सम्बन्धित NEA प्रदेशको अगुवाइमा सञ्चालन भइरहेको छ।
• ज्ञान आदानप्रदानका लागि NEA Weekly Talk Series निरन्तर सञ्चालनमा छ, यो बिचमा ३४ भन्दा बढी कार्यक्रम सम्पन्न भएका छन्। जसले पेशागत संवाद र प्रविधि सञ्जाल निर्माणमा ठूलो योगदान पुर्याएको छ।
• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण रणनीतिक साझेदारी तथा सम्झौताहरू (MoUs) गरेर तालिम, अनुसन्धान, नीति निर्माण र उद्यमशीलतामा सहकार्य विस्तार गरिएको छ।भएका छन्। नगर बिकास कोषसँग प्रदेशस्तरीय तालिममा समन्वय भएको छ, नेपाल इन्जिनियरिङ परिषदसँग पेशागत अभिमुखीकरणका लागी सम्झौता भएको छ। त्यस्तै Japanese Universities Alumni Association, Nepal (JUAAN) सँग तालिम तथा अनुसन्धानका लागी, ICE, UK सँग अन्तर्राष्ट्रिय नीतिमा, नेपाल विद्युत प्राधिकरणसँग पूर्वाधार र ऊर्जा तालिमका लागी, जल तथा उर्जा आयोगसँग प्राविधिक सहकार्यका लागी, Doko Recyclers सँग फोहोर व्यवस्थापनमा सहकार्य गरिएको छ।
• नीति वकालतका क्षेत्रमा NEA ले MuHAN, NARMIN र सरकारसँग सहकार्य गरी इन्जिनियर तथा आर्किटेक्टहरूलाई निजामती सेवाको सातौँ तहमा मान्यता दिलाउने पहल गरेको छ। राष्ट्रिय AI नीति तथा कोड निर्माणमा पनि एशोसिएसन सक्रिय रूपमा संलग्न छ।
• अन्तर्राष्ट्रिय रूपमा म्यान्मार भूकम्प पुनःस्थापना अभियानमा सहभागिता जनाउँदै NEA ले आफ्नो पहिचान विश्व स्तरमा विस्तार गरेको छ। साथै, राष्ट्रिय स्तरमा भूकम्प प्रतिरोधात्मक मोडेल प्रतियोगिता, फोटो प्रदर्शनी, र ६३औँ इन्जिनियर दिवसका अवसरमा पहिलो पटक विविध प्राविधिक सत्र र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी इन्जिनियर समुदायको एकता र सहभागिता बलियो बनाइएको छ।
२. निर्वाचनका बेला प्रस्तुत गरिएको घोषणापत्रमा उल्लेखित योजनाहरू मध्ये कति कार्यान्वयन भइसकेका छन्? कति कार्यान्वयनका चरणमा छन्?
घोषणापत्रका अधिकांश योजना अब कार्यान्वयनमा पुगेका छन् भने केही कार्यान्वयनको चरणमा छन्।
• ने.इ.ए. का सदस्यहरूको अभिलेखको अद्यावधिकरण र डिजिटलाइजेशनको प्रक्रिया सम्पन्न भइसकेको छ।
• देशभर इन्जिनियर तथा आर्किटेक्टहरूको लागि रोजगार अवसरहरूको सिर्जना गर्न नीतिगत पहल भै रहेको छ।
• इन्जिनियरिङमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्ने सुविधाहरूको लागी नवप्रवर्तन तथा इन्क्युबेशन केन्द्रको स्थापना भएको छ, इन्जिनियर र आर्किटेक्टहरूलाई कानूनी सहयोग तथा परामर्श सेवा उपलब्ध गराइएको छ। अध्ययन र प्राविधिक स्रोतहरूमा पहुँच सुनिश्चित गर्न हाइब्रिड ज्ञान केन्द्र विकास गरिएको छ।
• ने.इ.ए.को अन्तर्राष्ट्रिय विस्तार गरिएको छ। ने.इ.ए. हाल अस्ट्रेलिया, थाइल्याण्ड (ब्याङ्कक), जापान, कतार, बेलायतमा रहेको छ र अन्य देशहरूमा पनि विस्तार गरिने प्रक्रियामा छ।
• श्रावण ३ गते इन्जिनियर्स दिवसको अवसरमा विभिन्न विधाका इन्जिनियरहरुलाई पुरस्कृत गरिएको छ। परामर्श र पेशागत सहभागिताका लागि प्राविधिक विशेषज्ञहरूको विशेषज्ञको सूची तयार भैरहेको छ।
• इन्टर्नशिप, क्षमता विकास, र अन्य पहलहरूको लागि मुख्य सरोकारवालासँग निरन्तर सहकार्य भै रहेको छ।
• सदस्य सेवाहरू र सहभागिता बढाउन मोबाइल एपको विकास हुने प्रक्रियामा छ।
• राष्ट्रिय स्तरका परियोजनाहरूमा इन्टर्नशिप र रोजगार अवसरहरूका लागी आकस्मिक परियोजना कोषमार्फत (contingency) इन्टर्नशिप र रोजगार अवसरको सुविधा दिन पहल भै रहेको छ।
३. घोषणापत्रमा उल्लेख भएका तर पनि हालसम्म कार्यान्वयनमा जानका लागी चुनौतीहरु के कस्ता रहेका छन्?
ISO प्रमाणिकरणपछि संस्थागत SOP तयार छ तर आन्तरिक व्यस्थापन, अडिट र स्रोतको निरन्तर व्यवस्थापनमा चुनौती देखिएको छ। सबै प्रदेशमा आफ्नै भवन र भौतिक सुविधा निर्माणका लागि आवश्यक जग्गा र स्रोतको अभाव देखिएको छ।। साथै, स्टाफ कलेज स्थापनाका लागी हामीले विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौँ, तर कार्यन्वयनमा चुनौती देखिइरहेको छ। सरोकारवाला निकाय लाई यसको आवश्यकताका सन्दर्भमा हामीले भनि रहेका छौँ।
४. आगामी वर्षका लागि NEA को दीर्घकालीन दृष्टि र प्राथमिकता के छन्?
• एशोसिएसनको दीर्घकालीन दृष्टि देशको सुरक्षित, दिगो र गुणस्तरीय पूर्वाधार विकासमा केन्द्रित छ। यसका लागि Rapid Visual Damage Assessment (RVDA) लाई विस्तृत Rapid Detailed Damage Assessment (RDNA) मा रूपान्तरण गर्दै लैजाने हाम्रो तयारी छ। स्थानीय सरकारसँग प्राविधिक टास्क-फोर्स गठन गर्ने तयारी भइरहेको छ। यसले पूर्वाधार पुनर्निर्माणमा प्राविधिक दक्षता र गुणस्तर सुनिश्चित गर्ने विश्वास लिएका छौँ ।
• दिगो ऊर्जा क्षेत्रमा नवीकरणीय ऊर्जा परियोजनाको प्रवर्द्धन, ऊर्जा दक्षता, र क्लाइमेट-रेसिलियेन्ट प्रविधिको प्रयोग लाई प्राथमिकता दिइएको छ।बैकल्पिक उर्जाको प्रयोगका नीतिहरु सिफारिस गरेका छौं।
• यससँगै प्राविधिक शिक्षा सुधारका लागि विश्वविद्यालय र उद्योगसँग MoU गरेर इन्डस्ट्री-अलाइन्ड कोर्स, इन्टर्नशिप, नवप्रवर्तन केन्द्र र हाइब्रिड ज्ञान केन्द्र स्थापना गर्ने योजनामा छौँ । “Ethical Engineering for Social Responsibility” कार्यक्रम विस्तार गर्दै लैजाने छौँ।
• युवा इन्जिनियरहरूको सहभागिता र पेशागत विकासका लागी Job-Portal र Job-Fair मार्फत रोजगारी, स्टार्टअप र मेन्टोरिङका अवसर उपलब्ध गराउने लक्ष्य लिएका छौँ। स्टार्टअप–इन्क्युबेशन, “Engineer-to-Society” पहल र रोस्टरिङ्ग/मेन्टोरिङ्ग कार्यक्रम हाम्रा प्रमुख प्राथमिकतामा छन् ।
५. NEA पनि सरकारको एउटा जिम्मेवार पक्ष हो, तपाईं अहिले त्यसको महासचिव हुनुहुन्छ। नागरिक अभियन्ताको रुपमा, जिम्मेवार स्टेक होल्डरको रुपमा पछिल्लो समय विकसित राजनैतिक घटनाक्रमलाई कसरी हेरिरहनु भएको छ?
संस्थागत रूपमा NEA गैर-दलीय, पेशेवर र सेवा–मुखी संस्था हो। सार्वजनिक संरचना नष्ट गर्ने हिंसात्मक गतिविधिको समर्थन गर्न नहुने स्पष्ट धारणा एशोसिएसनको छ। सार्वजनिक जवाफदेहिता र अभिव्यक्तिको स्वतन्त्रता दुबै सुरक्षित हुने संयमित मार्ग चाहिन्छ।डिजिटल पहुँच बन्द जस्ता कदममा पनि मध्यमार्गी बाटो लिइनु पर्थो भन्ने चाही मेरो व्यक्तिगत विचार हो ।
६. हालै देशभर आन्दोलनपछि सार्वजनिक संरचनामा क्षति पुगेको अवस्थामा Rapid Visual Damage Assessment (RVDA) अभियान NEA ले गरि राखेको छ? यसको मुख्य प्रारम्भिक निष्कर्षहरू के के छन् र दीर्घकालीन रुपमा NEA कसरी अघि बढ्ने सोचि रहेको छ?
क. प्रारम्भिक निष्कर्षहरू
सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संरचना र अन्य पूर्वाधारमा मध्यमदेखि उच्च स्तरको क्षति देखिएको छ। RVDA मार्फत तत्कालीन जोखिम मूल्याङ्कन, प्राथमिक मर्मत आवश्यकताहरू र प्रभावित संरचनाहरूको प्राथमिक सूची तयार गरिदै छ ।स्थानीय सरकार र सरोकारवालासँग सहकार्य गर्नुपर्ने प्राथमिकता क्षेत्रहरू पहिचान भै रहेको छ । आपतकालीन राहत र क्षतिको प्रभाव न्यून गर्ने उपायहरूको प्रारम्भिक योजना तयार भएका छन्।
ख. दीर्घकालीन रणनीति
RVDA बाट संकलित डेटा आधारमा विस्तृत RDNA तयार गर्नुपर्ने देखिन्छ। प्रभावित संरचनाहरूको गुणस्तरीय पुनर्निर्माणका लागि स्थानीय सरकारसँग प्राविधिक टास्क-फोर्स स्थापनाका लागी सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नेछौँ। डिजिटल प्रणालीमार्फत निरीक्षण र अनुगमन प्रक्रियालाई दिगो बनाउने योजनामा छौं। यसका लागी हाम्रा सदस्य र स्थानीय समुदायलाई प्रशिक्षण, Capacity Building र Awareness कार्यक्रम संचालन गर्ने योजनामा छौँ, यसका लागी सरकारका अन्य निकायहरुसँग आवश्यक समन्वय गर्नेछौँ।
७. देश फेरी एक पटक पुन: निर्माणको चरणमा छ। केही नीतिगत र प्राविधिक कामहरु गर्न पर्नेछन्। इन्जिनियरहरुमा पनि निराशाको अवस्था पक्कै सिर्जना भएकै छ। यस्तो अवस्थामा आम इन्जिनियरहरुलाई NEA को सन्देश के छ?
NEA सम्पूर्ण इन्जिनियरिङ समुदायसँग मिलेर राष्ट्रिय मानक, गुणस्तरीय पूर्वाधार र दिगो विकासको मार्गदर्शन निर्माण गर्न प्रतिबद्ध छ। त्यसका लागी आम इन्जिनियर / आर्किटेक्टहरुलाई आफ्नो सीपको सदुपयोग गरी समुदायको सेवामा सक्रिय रुपमा सहभागी हुन आग्रह गर्दछौँ । “हामी इन्जिनियरहरू केवल संरचना निर्माण गर्ने होइनौं; हामी समाजको जीवनस्तर सुधार्ने, सुरक्षा सुनिश्चित गर्ने र भविष्य निर्माण गर्ने काम गर्छौं।” Ethical Engineering for Social Responsibility को मूल मन्त्र आत्मसात गर्दै, प्रत्येक इन्जिनियरले आफ्नो पेशागत गर्व र जिम्मेवारीसहित राष्ट्रको दिगो विकासमा योगदान दिन नेपाल इन्जिनियर्स एशोसिएसनको तर्फबाट आह्वान गर्दछौँ।
(NEA का महासचिव ई. बिनोद प्रकाश पन्डितसङ गरेको कुराकानीमा आधारित)
Your email address will not be published. Required fields are marked *