प्रिसा मृत्यु प्रकरण : छानबिन समिति गठन, १० दिनभित्र प्रतिवेदन बुझाउन आदेश
Home News शिक्षा

प्रिसा मृत्यु प्रकरण : छानबिन समिति गठन, १० दिनभित्र प्रतिवेदन बुझाउन आदेश

images/kiit-1746148102_dxPrf2z.jpg
images/kiit-1746148102_dxPrf2z.jpg
Text Size

काठमाण्डु

images/kiit-1746148102_dxPrf2z.jpg

भारतको उडिसा राज्य राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा एक नेपाली छात्राको मृत्यु भएपछि विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले तथ्य खोजी समिति गठन गरेको छ । इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नू) का पूर्वउपकुलपति नागेश्वर रावको अध्यक्षतामा चार सदस्यीय समिति बनाइएको छ । समितिलाई १० दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन भनिएको छ । समितिले केआईआईटीमा भएको २ नेपाली विद्यार्थीको मृत्युको अनुसन्धान गर्नुका साथै विद्यार्थी कल्याण, सुरक्षा नियमन र त्यस्ता घटनाहरूको रोकथामका लागि उपायका बारे पनि सुझाव दिनेछ । समितिलाई केआईआईटीको मानसिक स्वास्थ्य सहयोग प्रणालीको जाँच गर्न पनि भनिएको छ । केआईआईटीमा बीटेक कम्प्युटर साइन्स इन्जिनियरिङ प्रथम वर्षकी छात्रा प्रिसा साहको शव उनको होस्टेल कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो । यसअघि फेब्रुअरीमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या गरेकी थिइन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *