काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले केही कार्यक्रमका परीक्षा पुनः सञ्चालन गर्ने भएको छ । आज एक सूचनामार्फत सीटीईभीटीले डिप्लोमा प्रमाणपत्र र प्रिडिप्लोमा तहको स्थगन भएको तथा जलेका उत्तरपुस्तिकाको पुन: परीक्षा गरिने जनाएको हो ।
“मिति २०८२ भदौ २४ गतेदेखि २०८२ भदौ २७ गतेसम्मका लागि स्थगन गरिएका र सोभन्दा अगााडिका मितिमा सञ्चालन भएका विभिन्न परीक्षाहरूको उत्तरपुस्तिकाहरू सुरक्षाका लागि प्रहरी कार्यालयहरूमा रहेकामा मुलुकमा उत्पन्न भएको विषम परिस्थितिका कारण प्रहरी कार्यालयहरू आगजनीमा परी नष्ट भएका विभिन्न परीक्षाहरूको उत्तरपुस्तिकाको पुनः परीक्षा सञ्चालन गर्ने परीक्षा निर्णय भएको छ,” सूचनामा भनिएको छ ।
सूचनामा स्थगन भएका उत्तरपुस्तिकाको पुनः कात्तिक ३० गतेदेखि र जलेर नष्ट भएका उत्तरपुस्तिकाको परीक्षा मंसिर ४ गतेदेखि सञ्चालन गर्ने गरी सूचना प्रकाशित गरिएको हो ।
उक्त परीक्षाहरू परीक्षा तालिकाबमोजिम बिहान ७ बजेदेखि सञ्चालन गर्नै पनि जनाइएको छ ।
Your email address will not be published. Required fields are marked *