ललितपुरमा पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस
Home News शिक्षा

ललितपुरमा पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस

इन्जिनियर खबर - Oct. 18, 2025 849 views
images/Unknown.png
images/Unknown.png
Text Size

पोखरा विश्वविद्यालयले काठमाडौं उपत्यकामा पनि आंगिक क्याम्पस सञ्चालनमा गरेको छ। विश्वविद्यालयले ललितपुरको च्यासलमा रहेको श्रमिक शान्ति क्याम्पसलाई आंगिक बनाएको छ। पत्रकार सम्मेलन गरेर पोखरा विश्वविद्यालयले यो जानकारी दिएको हो। विश्वविद्यालयका पोखरामा चार वटा आंगिक क्याम्पस सञ्चालनमा छन्। विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले  विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार ललितपुरमा आंगिक  क्याम्पस सञ्चालनमा ल्याइएको जानकारी दिए।

images/Unknown.png

पोखरा विश्वविद्यालयअन्तर्गत यो क्याम्पसमा अब ब्याचलर अफ ल (बीएएलएलबी), ब्याचलर अफ कम्युटर सिस्टम एन्ड इन्फर्मेसन टेक्नोलोजी (बीएस्सीसीएसआईटी) र ब्याचलर अफ आर्टीफिसियल एन्डा डाटा साइन्स (बीएआईडीएस) कार्यक्रम सञ्चालन हुनेछ।  उनका अनुसार यी कार्यक्रमहरू ८० प्रतिशत शुल्क लिने र २० प्रतिशत छात्रवृत्ति पाउनेछन्।  सेमेस्टर प्रणालीमा सञ्चालन कक्षा सञ्चालन हुनेछ। 

images/Unknown.png

विश्वविद्यालयले सामुदायिक विद्यालयमा पढेका, दुर्गम, सिमान्तकृत, द्वन्द्वपीडितलाई छात्रवृत्तिमा  प्राथमितका दिइनेछ। प्रत्येक सेमेस्टरको टपरले पनि छात्रवृत्ति पाउनेछ। मानविकी डिन सुरेन्द्र तिवारीलेक्याम्पसमा भर्नाको प्रक्रिया सुरु भइसकेको  जानकारी दिए । २६ कात्तिकसम्म आवेदन दिने सकिनेछ भने २८ कात्तिकमा इन्ट्रान्स लिइनेछ।

images/Unknown.png

विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रका निर्देशक दिपाञ्जल श्रेष्ठले एआई र डेटाको कोर्स सञ्चालन गर्न लागिएको  जानकरी छ। चालु वर्ष स्नातक तहको कार्यक्रम सञ्चालन गरे पनि आगामी वर्षदेखि स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका पत्रकार सम्मेलन जानकारी गराइएको छ। 

images/Unknown.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *