पूर्वाञ्चल युनिभर्सिटी र नेपाल इन्जिनियरिङ काउन्सिङबीच सम्झौता
Home News शिक्षा

पूर्वाञ्चल युनिभर्सिटी र नेपाल इन्जिनियरिङ काउन्सिङबीच सम्झौता

इन्जिनियर खबर - Oct. 18, 2025 688 views
images/WhatsApp-Image-2025-10-18-at-7.58.35-AM.jpeg
images/WhatsApp-Image-2025-10-18-at-7.58.35-AM.jpeg
Text Size

काठमाडौं । पूर्वान्चल विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद  बिच वाशिंगटन सम्झौता (Washington Accord) अन्तर्गत इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार र मान्यता प्राप्तिको सुनिश्चितता गर्न एक महत्वपूर्ण सम्झौता(MoU) मा हस्ताक्षर भएको छ ।

images/WhatsApp-Image-2025-10-18-at-7.58.35-AM.jpeg

यस सम्झौताले इन्जिनियरिङ विद्यार्थीहरुलाई विश्वव्यापी प्रतिष्ठा प्राप्त संस्थाहरुमा मान्यता प्राप्त हुने अवसर प्रदान गर्नेछ । 

images/WhatsApp-Image-2025-10-18-at-7.58.35-AM.jpeg

सम्झौतामा  पूर्वान्चल विश्वविद्यालय का उपकुलपति  प्रा. डा. बिजु कुमार थपलिया र परिषद का अध्यक्ष प्रा. डा. पदम बहादुर शाहीले हस्ताक्षर गर्नुभएको थियो । यसमा पूर्वान्चल विश्वविद्यालयका इञ्जिनियरिङ्ग संकायका डीन प्रा.डा. भोलानाथ शर्मा घिमिरे र परिषदका रजिष्ट्रार डा. ध्रुब राज भट्टराईले उक्त सम्झौता कार्यान्वयनको प्रतिवद्वता जनाउँदै हस्ताक्षर गर्नुभएको थियो ।

यस सम्झौताले  विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ् कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरू वाशिंगटन सम्झौता अन्तर्गत रहेका देशहरूमा ती देशका प्रतिष्ठित संस्थाहरुबाट मान्यता प्राप्त हुनेछन्। यसले विद्यार्थीहरुको भविष्य उज्जवल बनाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन महत्वपूर्ण अवसर उपलब्ध गराउनेछ ।

यस उपलब्धिलाई उच्च महत्त्व दिइएको छ र यसले नेपालमा इन्जिनियरिङ्ग शिक्षाको गुणस्तर र अन्तर्राष्ट्रिय मान्यतालाई थप बल पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

images/WhatsApp-Image-2025-10-18-at-7.58.35-AM.jpeg

images/WhatsApp-Image-2025-10-18-at-7.58.35-AM.jpeg

Leave a Comment

Your email address will not be published. Required fields are marked *