नेपाल इन्जिनियरिङ परिषद्ले संचालन गर्न लागेको १० औँ साधारण दर्ता वाला इन्जिनियरको लाइसेन्स परिक्षा आज देखि पोखरामा सुरु हुदैंछ। पोखरा केन्द्रमा आज बाट सुरु हुने परिक्षामा सबै भन्दा बढी सिभिलका २४६ र सबै भन्दा कम केमिकल, एरोनोटिकल, IT र Electronics का १/१ गरी जम्मा ४४७ परीक्षार्थीले फारम भरेको परिषदका रजिष्ट्रार ई. ध्रुब राज भट्टराईले जानकारी दिनुभयो।
आज देखि तीन दिन सम्म संचालन हुने परिक्षामा पहिलो दुइ दिन दिन तीन सिफ्टमा र अन्तिम दिन एक सिफ्टमा परिक्षा संचालन हुनेछ। आज बिहान ९ बजे देखि पहिलो सिफ्टको परिक्षा सुरु हुनेछ, जसमा सिभिल इञ्जिनियरिङका ६५ परीक्षार्थी सहभागी हुँदैछन्। पोखरा केन्द्रमा एक सिफ्टमा जम्मा ६५ विद्यार्थी सहभागी हुन सक्ने क्षमता छ, आज दिनभर सिभिलको परिक्षा हुने र भोली बिहानको पहिलो सिफ्टमा समेत केही संख्यामा सिभिल र अन्य कार्यक्रमका परीक्षार्थी सहभागी हने परिषदले जनाएको छ।
पोखरा केन्द्रमा आज र भोली १९५ परीक्षार्थी सहभागी हुनेछन् भने पर्सि पहिलो सिफ्टमा ५७ परीक्षार्थी सहभागी भए संगै पोखरा केन्द्रको परिक्षा सकिने छ। केन्द्रको नतिजा सोही दिन सार्वजनिक गर्ने गरी तयारी भै रहेको परिषदले जनाएको छ। परिक्षा संचालन गर्न परिषदका रजिस्ट्रारको नेतृत्वमा टोली पोखरामा छ।
काठमाडौँ केन्द्रमा भने कार्तिक २१ गते देखि कार्तिक २६ सम्म परिक्षा हुनेछ। काठमाडौँ केन्द्रमा ५०७३ परीक्षार्थीले फारम भरेका छन्। काठमाडौँ केन्द्रको परिक्षा इञ्जिनियरिङ्ग अध्ययन संस्थानको सुचना, संचार तथा प्रविधि केन्द्र, पुल्चोकमा हुनेछ।
Your email address will not be published. Required fields are marked *