नेपाल इन्जिनियरिङ परिषद्ले संचालन गर्न लागेको १० औँ साधारण दर्ता वाला इन्जिनियरको लाइसेन्स परिक्षा अन्तर्गत पोखरा केन्द्रको परिक्षा आज देखि सकिएको छ। पोखरा केन्द्रमा सबै भन्दा बढी सिभिलका २४६ र सबै भन्दा कम केमिकल, एरोनोटिकल, IT र Electronics का १/१ गरी जम्मा ४४७ परीक्षार्थीले फारम भरेका थिए।
केन्द्रको पहिलो दिनको परिक्षामा १७६ जना परीक्षार्थी सहभागी भएकामा ९९ जना उत्तीर्ण भएका थिए, त्यस्तै दोस्रो दिन १७६ जना परीक्षार्थी सहभागी भएकामा ११२ जना उत्तीर्ण भएका थिए भने अन्तिम दिन आज ५३ जना परीक्षार्थी सहभागी भएकामा ३० जना उत्तीर्ण भएको परिषदका रजिष्ट्रार ई. ध्रुब राज भट्टराईले जानकारी दिनुभयो।
पोखरा केन्द्रमा परिक्षा फारम भरेका ४४७ जना मध्य ४०५ जना परिक्षामा सहभागी थिए जसमध्य २४१ जना उत्तीर्ण हुन सफल भएका छन्, उक्त पास प्रतिशत करिब ६०% हुन आउँछ।
काठमाडौँ केन्द्रमा कार्तिक २१ गते देखि कार्तिक २६ सम्म परिक्षा हुनेछ। काठमाडौँ केन्द्रमा ५०७३ परीक्षार्थीले फारम भरेका छन्। काठमाडौँ केन्द्रको परिक्षा इञ्जिनियरिङ अध्ययन संस्थानको सुचना, संचार तथा प्रविधि केन्द्र, पुल्चोकमा हुनेछ।
Your email address will not be published. Required fields are marked *