२०८२ साल कार्तिक २१ गते मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सरकार बीच मध्यपश्चिम विश्वविद्यालयग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका लागि आवश्यक प्रयोगशाला सामग्री तथा उपकरण खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट माननीय मन्त्री घनश्याम भण्डारीज्यू र सचिव धोलकराज ढकालज्यू तथा विश्वविद्यालयतर्फबाटउपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यू, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलज्यू, र डिन सह-प्रा. डा. राजन सुवालज्यूले हस्ताक्षर गर्नुभएको थियो।
सम्झौता बमोजिम सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि रु. ४ करोड बजेट मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुलअफ इन्जिनियरिङमा आवश्यक प्रयोगशाला सामग्री तथा उपकरण खरिद गर्न विनियोजित गरीसकेको छ भने सम्झौताको मुख्य उद्देश्यइञ्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुको व्यवहारिक सिकाई, अनुसन्धान र परिक्षण क्षमता अभिवृद्धि गर्न आवश्यक उपकरण तथासामग्रीहरुको उपलब्धता सुनिश्चित गर्नु रहेको छ। कार्यक्रममा प्रमुख अतिथि एवं उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यूले विश्वविद्यालयलेसबै नियम, कानुन र सम्झौता अनुसार पारदर्शी र प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्णाली प्रदेश सरकार, माननीय मन्त्री तथामन्त्रालयका पदाधिकारीहरूलाई सहकार्यका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले यो सहकार्यले विश्वविद्यालयलाई अझ सक्षम, अनुसन्धानमैत्री र प्राविधिक रूपमा सबल संस्थाका रूपमा अघि बढाउने र कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वासव्यक्त गर्नुभएको थियो।
कार्यक्रमका अध्यक्ष तथा माननीय मन्त्री घनश्याम भण्डारीज्यूले विश्वविद्यालयले प्रवाह गरिरहेका सेवा तथा विशेषगरी सिभिल इन्जिनियरिङ, निर्माण तथा पूर्वाधार विकासका क्षेत्रमा गर्दै आएको कार्य र योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँले जाजरकोट भूकम्प तथा पुलमूल्याङ्कनजस्ता महत्वपूर्ण कार्यमा विश्वविद्यालयले देखाएको प्राविधिक दक्षता उल्लेखनीय रहेको बताउँदै आधुनिक ल्याब स्थापनाले नयाँआयाम थप्ने र आगामी दिनमा मन्त्रालय र विश्वविद्यालयबीच थप सहकार्यको सम्भावना समेत रहेको धारणा व्यक्त गर्नुभएको थियो। त्यसै गरीग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका डिन सह-प्रा. डा. राजन सुवालज्यूले ग्रयाजुएट स्कुल अफ इञ्जिनियरिङ्गमा आधारभूत प्रयोगशालासामग्रीदेखि लिएर अनुसन्धानका उपकरण र परीक्षण प्रविधिसम्म उपलब्ध गराउन यो सहयोग अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्रालयप्रतिआभार व्यक्त गर्नुभएको थियो। मन्त्रालयका सचिव धोलकराज ढकालज्यूले प्रदेश सरकारले विश्वविद्यालयसँग गरेको सहकार्य ऐतिहासिकभएको उल्लेख गर्दै विनियोजित बजेट, खरिद प्रक्रिया तथा सम्झौताका कानुनी प्रावधानबारे जानकारी प्रस्तुत गर्नुभएको थियो । उहाँले चारकरोडको बजेट विनियोजन विश्वविद्यालयमार्फत प्रभावकारी रूपमा कार्यान्वयन हुने र सोका लागि मन्त्रालयका तर्फबाट आवश्यक समन्वयकारीभूमिका सदैव सकारात्मक रहने उल्लेख गर्नुभएको थियो।
सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका तर्फबाट बिभिन्न निर्देशानलयका कार्यकारी निर्देशकज्यूहरु, विभागीय प्रमुखज्यू, उपकुलपतिसचिवालयका सदस्य, रजिस्ट्रार सचिवालयका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । मन्त्रालयका तर्फबाट शैक्षिक विकासमहाशाखा प्रमुख, माननीय मन्त्रीज्यूका सचिवालय सदस्य लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन प्रशासन तथायोजना महाशाखा प्रमुख एवं उपसचिव देवी प्रसाद पौड्यालज्यूले गर्नुभएको थियो। सम्झौतासँगै विश्वविद्यालय र प्रदेश सरकारबीचको सहकार्यनयाँ चरणमा प्रवेश गरेको छ भने आगामी दिनमा अत्याधुनिक उपकरणयुक्त प्रयोगशालाको स्थापना भई क्याम्पसको शिक्षण, सिकाइ, अनुसन्धान तथा परीक्षण क्षमतामा गुणात्मक सुधार हुने र समग्र कर्णाली प्रदेशको भौतिक विकास निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षागरिएको छ।
Your email address will not be published. Required fields are marked *