त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (IOE) अन्तर्गतको घोराही क्याम्पस, दाङले शैक्षिक भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। २०८२ साल बैशाख २३ गते सुचना प्रकाशित गरी क्याम्पसले भवन निर्माणको लागि बोलपत्र आह्वान गरेको हो।
बोलपत्र प्रक्रिया National Competitive Bidding अन्तर्गत Single Stage Two Envelope Procedure मा आधारित हुने क्याम्पसले जनाएको छ। जसअनुसार निर्माण व्यवसायीहरूले प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै खाममा पेश गर्नुपर्नेछ।
बोलपत्रमा सहभागी हुन चाहने कम्पनीहरूले पछिल्ला १० वर्षमा कम्तीमा ३ वर्षको औसत निर्माण कारोबार १९ करोड ५३ लाख रुपैयाँ बराबर गरेको हुनु पर्नेछ भने, समान प्रकृति र आकारको आरसीसी संरचनाको निर्माण अनुभव समेत हुनपर्ने बताइएको छ। इच्छुक कम्पनीहरूले बोलपत्र कागजातहरू ई–जीपी प्रणाली www.bolpatra.gov.np/egp बाट डाउनलोड गर्न सक्नेछन्।
बोलपत्र पेस गर्ने अन्तिम मिति २०८२ जेठ २२ गते को दिउँसो १२:०० बजे तोकिएको छ भने सोही दिन दिउँसो २:०० बजे प्राप्त बोलपत्रहरुलाई खोलिनेछ।
Your email address will not be published. Required fields are marked *