नेपाल इन्जिनियरिङ परिषद्ले संचालन गरेको १० औँ साधारण दर्ता वाला इन्जिनियरको लाइसेन्स परिक्षा सम्पन्न भएको छ। परिक्षा अन्तर्गत पोखरा केन्द्रमा कार्तिक १६ देखि सुरु भएको परिक्षा कार्तिक १८ देखि सकिएको थियो भने काठमाडौँ केन्द्रमा कार्तिक २१ देखि सुरु भएको परिक्षा कार्तिक २६ देखि सकिएको थियो । काठमाडौँ केन्द्रको परिक्षा इञ्जिनियरिङ अध्ययन संस्थानको सुचना, संचार तथा प्रविधि केन्द्र, पुल्चोकमा भएको थियो भने पोखरा केन्द्रको परिक्षा पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा भएको थियो।
पोखरा केन्द्रमा परिक्षा फारम भरेका ४४७ जना मध्य ४०५ जना परिक्षामा सहभागी थिए जसमध्य २४१ जना उत्तीर्ण हुन सफल भएको परिषदका रजिष्ट्रार ई. ध्रुब राज भट्टराईले जानकारी दिनुभयो। उक्त पास प्रतिशत करिब ६०% हुन आउँछ।
त्यस्तै, काठमाडौँ केन्द्रमा परिक्षा फारम भरेका ५०७३ जना मध्य ४७७० जना परिक्षामा सहभागी थिए जसमध्य ३००९ जना उत्तीर्ण हुन सफल भएको परिषदका रजिष्ट्रार ई. ध्रुब राज भट्टराईले जानकारी दिनुभयो। उक्त पास प्रतिशत करिब ६३% हुन आउँछ।
यसरी १० औँ साधारण दर्ता वाला इन्जिनियरको लाइसेन्स परिक्षामा परिक्षा फारम भरेका जम्मा ५५२० परीक्षार्थी मध्य ५१७५ परीक्षार्थी परिक्षामा सहभागी थिए जसमध्य ३२५० जना उतिर्ण हुन सफल भएका छन्। जम्मा पास प्रतिशत करिब ६२% ले हुन आउँछ।
Your email address will not be published. Required fields are marked *