१७ औँ ASA आर्किटेक्चर प्रदर्शनी - २०८२ पुल्चोक क्याम्पसमा भोली देखि सुरु हुदैँ
Home News शिक्षा

१७ औँ ASA आर्किटेक्चर प्रदर्शनी - २०८२ पुल्चोक क्याम्पसमा भोली देखि सुरु हुदैँ

इन्जिनियर खबर - Jan. 17, 2026 237 views
images/584498814_122120560022997620_1037575731211056087_n.jpg
images/584498814_122120560022997620_1037575731211056087_n.jpg
Text Size

“Between Possibilities and Precision” भन्ने नारा सहित  पुल्चोक क्याम्पसको स्वतन्त्र विद्यार्थी संस्था Association of Students of Architecture (ASA) ले आयोजना गर्न लागेको १७औँ राष्ट्रिय ASA आर्किटेक्चर प्रदर्शनी २०८२ भोली देखी पुल्चोक क्याम्पसमा सुरु हुदैछ। प्रदर्शनीको सबै तयारी पुरा भएको र भोली बिहान एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमको उद्घाटन  हुनेछ। प्रदर्शनी माघ ६ गते सम्म पुल्चोक क्याम्पसको आर्किटेक्चर विभागमा आयोजना हुनेछ। यस प्रदर्शनीले सृजनशीलता, सहकार्य र व्यावसायिक विकासको गौरवपूर्ण परम्परालाई निरन्तरता दिनेछ।

images/584498814_122120560022997620_1037575731211056087_n.jpg

यस वर्षको प्रदर्शनीको विषयवस्तु “संभावनाहरू र शुद्धताबीच” रहेको छ, जसले आर्किटेक्चर अभ्यासमा कल्पनाशीलता र कार्यान्वयनबीचको सन्तुलनलाई उजागर गर्दछ।

images/584498814_122120560022997620_1037575731211056087_n.jpg

Concept & Creativity, Academic Projects, Professional Works, तथा Materials & Technology गरी प्रदर्शनीका चार प्रमुख क्षेत्रहरू रहने आयोजकले जनाएका छन्।   जसले विद्यार्थी, शिक्षक तथा पेशागत आर्किटेक्टहरूको योगदानलाई एकैसाथ प्रस्तुत गर्नेछ।

images/584498814_122120560022997620_1037575731211056087_n.jpg

शैक्षिक कामहरू बाहेक प्रदर्शनीमा कला, ल्यान्डस्केप डिजाइन, इन्स्टलेशन, फोटोग्राफी, साथै अन्तरक्रियात्मक कार्यशाला, सेमिनार र संवाद कार्यक्रमहरू पनि समावेश हुनेछन्। यस प्रदर्शनीमा व्यावसायिक, विद्यार्थी तथा बाह्य आगन्तुकहरू सहभागी हुने अपेक्षा गरिएको छ, जसले यसलाई विविध दृष्टिकोण र साझा वास्तुकला प्रेमको जीवन्त जमघट बनाउनेछ।

images/584498814_122120560022997620_1037575731211056087_n.jpg

Leave a Comment

Your email address will not be published. Required fields are marked *