आजदेखि देशभर एसईई परीक्षा सुरु: ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी।
Home News शिक्षा

आजदेखि देशभर एसईई परीक्षा सुरु: ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी।

Engineer Khabar - yesterday 239 views
images/see_exam.jpg
images/see_exam.jpg
Text Size

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षा पूर्ण तयारीका साथ सञ्चालनमा आएको हो ।
यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । जसमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य रहेका छन् । देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन् भने एक केन्द्र जापानमा पनि सञ्चालनमा छ, जहाँबाट २३ जना विद्यार्थीले परीक्षा दिँदैछन् ।

images/see_exam.jpg


आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा सञ्चालनका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका, जनशक्ति तथा सुरक्षा व्यवस्थासमेत मिलाइएको छ । सबै केन्द्रमा केन्द्राध्यक्ष र कर्मचारी खटाइसकिएको बोर्डले जनाएको छ ।

images/see_exam.jpg


शैक्षिक क्यालेन्डरअनुसार चैतको पहिलो साता परीक्षा हुनुपर्ने भए पनि २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण परीक्षा १९ चैतमा सारिएको हो ।

images/see_exam.jpg


यस वर्षदेखि उत्तरपुस्तिका परीक्षण प्रणालीमा पनि परिवर्तन गरिएको छ । अब उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गरिनेछ, जसले नतिजा सार्वजनिक गर्ने प्रक्रिया छिटो बनाउने अपेक्षा गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले छिटो नतिजा प्रकाशन गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीलाई लामो समय कुर्नु नपर्ने बताएका छन् ।
‘पहिलेभन्दा अहिले प्रविधि फरक भएको छ । नतिजाका लागि विद्यार्थीले किन ३ महिना कुर्नु ? तीन महिनासम्म विद्यार्थीलाई तनाव हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘एक महिनामात्र होइन, अझ चाँडो पनि गर्न सकिन्छ ।’
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ । साथै, एसईईपछि सञ्चालन हुने ब्रिज कोर्सजस्ता तयारी कक्षामा रोक लगाउँदै विद्यार्थीलाई आफ्नै रुचिअनुसार सीप विकास, खेलकुद तथा सिर्जनात्मक गतिविधिमा लाग्न पनि प्रोत्साहित गरिएको छ ।

images/see_exam.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *