नेपालमा विश्वस्तरीय इन्जिनियरिङ सम्मेलन, ५०+ अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुने
Home News इञ्जिनियरिङ्ग

नेपालमा विश्वस्तरीय इन्जिनियरिङ सम्मेलन, ५०+ अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुने

images/ACECC.jpeg
images/ACECC.jpeg
Text Size

काठमाडौं — नेपाल इन्जिनियर्स एसोसिएसन ले एसियन सिभिल कोअर्डिनेटिङ्ग काउन्सिल (एसिइसिसि)सँगको सहकार्यमा आगामी वैशाख ९ देखि ११ गते ( तद्नुसार अप्रिल २२ देखि २४, २०२६) सम्म अन्तर्राष्ट्रिय स्तरको इन्जिनियरिङ सम्मेलन आयोजना गर्ने भएको छ।

images/ACECC.jpeg

यस महत्वपूर्ण कार्यक्रममा एसिइसिसिका १७ सदस्य राष्ट्रहरूबाट ५० भन्दा बढी उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनले इन्जिनियरिङ क्षेत्रका विज्ञ, अनुभवी इन्जिनियर तथा सरोकारवालाहरूलाई एकै मञ्चमा ल्याई ज्ञान आदान–प्रदान, नवप्रवर्तन र दिगो पूर्वाधार विकासका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।सम्मेलन अन्तर्गत वैशाख १० गते( अप्रिल २३) मा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ, जसमा विश्वभरका विशेषज्ञहरूले आफ्नो अनुभव, अनुसन्धान र नवीन प्रविधिबारे प्रस्तुति दिनेछन्।

images/ACECC.jpeg

यसैगरी, एसिइसिसि विशेष प्राविधिक सत्रहरू पनि सञ्चालन गरिने छन्, जसमा गोरखा भुकम्प २०१५ को स्मरण गर्दै त्यसबाट सिकिएका पाठ र भविष्यका लागि पूर्वाधार सुदृढीकरणबारे गहन छलफल हुने कार्यक्रम रहेको छ।

images/ACECC.jpeg

कार्यक्रमका लागि दर्ता प्रक्रिया खुला गरिएको छ। आयोजकले सम्पूर्ण नेपाली इन्जिनियर तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूलाई सहभागिताका लागि आह्वान गरेको छ।
यस सम्मेलनले नेपालमा दिगो, सुरक्षित र सुदृढ पूर्वाधार निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

images/ACECC.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *