नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटी बीच MOU
Home News शिक्षा

नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटी बीच MOU

इन्जिनियर खबर - May 24, 2025 6742 views
images/500620541_10161583858447809_8524238870062632490_n.jpg
images/500620541_10161583858447809_8524238870062632490_n.jpg
Text Size

सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकाय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबीच आपसी शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र आदान–प्रदान गरिएको छ।

images/500620541_10161583858447809_8524238870062632490_n.jpg

काङ्वोन युनिभर्सिटीतर्फबाट विभाग प्रमुख प्राडा वाङ चो र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन किसनदत्त भट्टद्वारा हस्ताक्षर गरिएको उक्त समझदारीपत्र  सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तको उपस्थितिमा आदान–प्रदान गरिएको हो।

images/500620541_10161583858447809_8524238870062632490_n.jpg

दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्यको उद्देश्यले गरिएको एमओयुमा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संयुक्त प्रस्ताव तयारी, तथा गोष्ठी, सम्मेलन र कार्यशालाजस्ता शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने व्यवस्था गरिएको छ।

images/500620541_10161583858447809_8524238870062632490_n.jpg

समझदारीपत्र पाँच वर्षसम्म कायम रहनेछ। यस अवधिमा दुवै विश्वविद्यालयले आपसी विश्वास, मित्रवत् सम्बन्ध र साझा हितका आधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

images/500620541_10161583858447809_8524238870062632490_n.jpg

Leave a Comment

Your email address will not be published. Required fields are marked *