इन्जिनियर बसन्त लेखकको प्रेरणादायी यात्रा : योग्यता र निष्ठाले बनाएको पहिचान
Home News इञ्जिनियरिङ्ग

इन्जिनियर बसन्त लेखकको प्रेरणादायी यात्रा : योग्यता र निष्ठाले बनाएको पहिचान

images/0EA04B9A-CA13-4D4D-8D0A-DF3702DC0FE2.jpeg
images/0EA04B9A-CA13-4D4D-8D0A-DF3702DC0FE2.jpeg
Text Size

काठमाडौं । नेपाली इन्जिनियरिङ क्षेत्रमा बसन्त लेखकको नाम आज एक प्रेरणाको प्रतीक बनेको छ । व्यावसायिक निष्ठा, शैक्षिक उत्कृष्टता र अथक मेहनतको संगम हो उहाँको यात्रा, जसले प्रष्ट पार्दछ कि योग्यतालाई कुनैपनि रुकावटले लामो समय रोक्न सक्दैन ।

images/0EA04B9A-CA13-4D4D-8D0A-DF3702DC0FE2.jpeg

उहाँको सुरुवाती यात्रा शिक्षण क्षेत्रबाट सुरु भएको थियो । थापाथली क्याम्पसमा असिस्टेन्ट प्रोफेसर बन्ने उहाँको चाहना केवल जागिरको लागि थिएन, त्यो चाहना विद्यार्थीहरूलाई जीवन उपयोगी ज्ञान प्रदान गर्ने उद्देश्यले भरिएको थियो । उहाँको स्पष्ट पढाउने शैली, व्यवहारिक दृष्टिकोण र विद्यार्थीहरूसँगको आत्मीय सम्बन्धले छिट्टै उहाँलाई धेरैको मनमा बसेको गुरु बनायो ।

images/0EA04B9A-CA13-4D4D-8D0A-DF3702DC0FE2.jpeg

तर समयक्रममा क्याम्पसको नियुक्ति प्रक्रियामा राजनीतिक प्रभाव र सिफारिसको भूमिकाले स्थान लिंदै गयो । जसले गर्दा यथार्थमा योग्य उम्मेदवारले पनि अवसर गुमाउनु पर्ने अवस्था सिर्जना भयो । बसन्त लेखकले भने यस्तो अवस्थालाई निराशाको कारण बनाउनुको सट्टा अर्को विकल्प रोज्नुभयो ।

उहाँले निष्पक्ष र प्रतिस्पर्धात्मक माध्यम लोकसेवा आयोगमार्फत आफ्नो क्षमता प्रमाणित गर्नुभयो । कठिन परीक्षाहरू पार गर्दै अन्ततः नेपाल सरकारअन्तर्गत सडक विभागमा इन्जिनियरको जिम्मेवारी सम्हाल्न पुग्नुभयो । जहाँ उहाँको ज्ञान र दक्षताको यथोचित मूल्याङ्कन भयो ।

बसन्त लेखकको कथा केवल एकजनाको सफलताको विवरण होइन, यो हजारौं युवा इन्जिनियरका लागि प्रेरणाको स्रोत हो । उहाँले देखाउनुभएको मार्ग स्पष्ट छ — योग्यता, मेहनत र आत्मविश्वासको बलमा सही अवसरमा पुग्न सकिन्छ । राजनीतिक हस्तक्षेप र सिफारिसले केही समय रोके पनि अन्ततः सत्य र सीपको विजय हुन्छ ।

images/0EA04B9A-CA13-4D4D-8D0A-DF3702DC0FE2.jpeg

इन्जिनियर बसन्त लेखकको सफलताले नेपाली इन्जिनियरिङ क्षेत्रमा पारदर्शिता, मेहनत र नैतिकताको अपरिहार्यता झल्काउँछ । उहाँको जीवन यात्रा आगामी पुस्ताका लागि मार्गदर्शनको दीप बनोस् ।

images/0EA04B9A-CA13-4D4D-8D0A-DF3702DC0FE2.jpeg




Leave a Comment

Your email address will not be published. Required fields are marked *